logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मुख्य सचिवमा वैरागी नियुक्त,अमेरिकाको राजदुतमा   डा. युवाराज र  बेलायतको राजदूत लोकदर्शन सिफारिस


  • जन आकाश
  • बिहिबार, असोज १५ २०७७

 



काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा शंकरदास वैरागी, बेलायतको राजदूतमा लोकदर्शन रेग्मी र अमेरीकाको राजदूतमा डा.यूवराज खतिवडालाई नियूक्ति गर्ने निर्णय गरेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै बैठकले शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कात्तिक ३ गते रेग्मीको कार्यकाल सकिँदै थियो। यदि उनले राजीनामा नदिएको भए सचिवहरु वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी तीन सचिवले नै अवकास पाउने थिए । तर लोकदर्शनले राजीनामा दिएर मार्ग प्रसस्त गरेपछि मुख्य सचिवको दौडमा ३ जना नै लागेका थिए।

अन्तत: बाजि भने शंखरदास बैरागीले मारेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend