जन आकाश
मोहन कार्की
कोरोनाको महामारीको हल्ला र संक्रमण सँगै शुरु भएको काठमाडौ उपत्यकामा खानाको अभावमा मानिसहरु कुनै दयावान मानिसहरुले बाड्ने खाना थाप्न लाईन बसेको त सवैले देखेकै कुरा हो । ति त मर्नुभन्दा बाच्नुपर्छ भन्न सक्ने आट भएका मानिसहरु लाईन बसेर भएपनि खाना थापेर बाचे केही गरौला भन्नेहरु हुन् । उनिहरुको पीडाको बयाँन गरिसाध्य छैन । तै पनि हरेस खाएका देखिदैनन् ।
अर्को समुदाय जो मध्यम बर्गीय परिवार पनि छ काठमाडौ उपत्यकामा , जुन समुदाय कसैसँग माग्न पनि जान्दैनन् र आफ्नै बलबुताले कमाएर खाईरहेको र कसैले बाडेको खानेकुरा वा सामान लिन चाहादैनन् । उनिहरु स्वाभिमानकासाथ बाचेका थिए । छन् । तर पछिल्लो समय त्यो समुदायको दिनदैनिकी कठिन बन्दै गएको छ । आर्थिक अभाव, मानसिक तनाव पनि त्यति कै बढेको छ । मध्यम बर्गीय परिवारका छोराछोरीहरु पढ्ने र काम गर्ने गरी धेरै जति अष्ट्रिेलिया, केही केही इरोपका राष्ट्रहरुमा गएका देखिन्छन् । भने कतिपयका खाडी मुलुकमा काम गर्न यो वेला कोरोनारोगको डरभन्दा पनि पारिवारिक बिछोडको पीडाले धेरैमा असर पु¥याएको छ । कतिपयका आफन्त बिदेशमा नै मृत्यु भए रे भन्ने समाचार सुन्दा ति बिदेशमा आफन्त हुनेहरुको मनमा परेको पीडाले अन्यौलता छाएको छ । अव के हुने हो जस्ता समस्याहरु सम्झेर बिस्तारै उठ्न लागेको अर्थतन्त्र प्रति पनि उनिहरु उत्साहित देखिदैनन् ।
यतपर्टी सरकारले बिग्रेको आर्थिक अवस्था र तनावमा रहेका समुदायलाई आडभरोसा दिन आटिलो खालका कार्यक्रम केही दिन सकेको छैन । काठमाडौ उपत्यकामा घर भएकाहरुका लागि त भाडा मात्र तिर्नु नपर्दा पनि जिवन त्यति असहज छैन । धेरै बैकको रिन लिएकाहरुका लागि भने त्यो पनि कठिन अवस्था होला नै ।
सवैभन्दा बढी पीडा भोगिरहेका समुदाय
जसको काठमाडौमा सामान्य जागिर थियो । त्यो झण्डै २० सौ बर्षदेखि त्यही मार्षिक २०÷३० हजारको जागिरले बालबच्चा पढाउने देखि कोठा भाडा तिर्ने खाने सामान्य जीविकोपार्जन गदै आएका समुदाय जसलाई अहिले मार पर्नु पर्न थालेको छ । एउटै घरमा बषौ देखि बस्दै आएको सपरिवार चटक्कै छोडेर काही जाने ठाउँपनि नभएको गाउँमा जग्गा जमिन भएपनि घर भत्केको लडेको अवस्थामा जान नसक्ने र त्याहा गएर आजको भोलि कमाई गर्ने ठाउँपनि नभएको मानिसहरुलाई काठमाडौमा बस्दा आज आज भोलि भोलि भन्दा भन्दै जसो तसो ३ महिना लकडाउनको अवधिभर त खाना भाडा छोराछोरीको पढाईखर्च धानेका तर त्यसपछि सवै आयस्रोत ठप्प भएका परिवारको लागि उधारो लिदै आएका पसलहरुमा पनि उधारो बन्द भएका छन् । काला ब्यापारीहरुले सामान अभाव भयो भनेर हल्ला फिजाउदै जसले पैशा तिर्न सक्छ त्यो पसललाई मात्र खाद्यन्न लत्ताकबडा झारीदिने र पैशा महगो र तुरुन्तै तिर्न नसक्ने पसललाई सामान रोक्ने गरेर बजारमा अव पैशा हुनेहरु मात्रै बाच्न सक्ने गरी बातावरण बन्दै गएको छ । यस्तो बातावरण बनेपछि छोराछोरी हुकाईरहेका बाबुआमालाई पीडाले छटपटेर हैरान पार्न थालेको छ । चिनेका जानेका साथीभाईसँग दुखः ब्याक्त गर्न जान पनि कोरोना संक्रमणको डरले जान सक्ने अवस्था छैन । यो पीडा छोराछोरीले देख्लान् र उनिहरुमा मानवीय असर गर्ला भनेर भित्तापर्टी फर्केर धेरै आमा बृुबाहरुले उपत्यकामा आँशु चुहाईरेका छन् ।
काठमाडौमा घर हुनेहरुको समेत चुलो बल्न छोड्यो ।
काठमाडौमा एउटा घर हुने बित्त्रिकै के के होला भनेर सोच्नेहरुको लागि त भन्ने शब्द नै नहोला । काठमाडौमा घरभाडा लगाउन कै लागि थुप्रै घर बनाएर ब्यापारीलाई पैशा हुनेहरुलाई दिन बिचौलिया राख्नेहरुलाई तत्कालै यो समस्या नहोला । दिर्धकालमा असर पर्ला तर जो पुराना काठमाडौका बासिन्दा छन् जसको एउटा घर छ । त्यो घरको भाडा बाहेक अर्को पेशा ब्यवसाय नभएकाको लागि यो ७ महिनाको अवधिमा भएका भाडावालहरु कोठा खाली गरेर छोडेर गए भने कतिपय चाबी लगायर कोठा बन्द गरेर गएका र भाडा आउन छोडेपछि दिनदैनिकी उनिहरुको पनि कष्टकर बन्न थालेको छ । अचेल जताततै घरको झ्यालको सिसाहरुमा टुलेट लेखेर राखेको देखिन्छ । काठमडौ उपत्यका मानवीय चापको हिसावमा झण्डै १० बर्ष अगाडीको तुुलनामा आईपुगेको छ । महिनै पिछे भाडा उठाएर र्गजो टार्ने घरबेटीहरुको पनि मर्म भित्रभित्रै पिल्सीना लागेको छ ।
घरबेटीहरुको अबिवेक र भाडावालको बाध्यता
काठमाडौ उपत्यकामा अचेल धेरै ठाउँहरुमा कोठावाट सामान ओसार पसार गरेको देखिन्छ । एउटै घरमा बषौ बर्ष बसेका समेत यतिवेला घर छोडेर अन्त सरिरहेका छन् । सर्वोच्च अदालतले समेत बसिरहेका भाडावालहरुलाई जर्वजस्त ननिकाल्न आदेश जारी गरेको थियो । तर कतिपय घरवेटीहरुले भाडाका निम्ति किचकिच गरेको ग¥यै गरेका कारण लकडाउनको एक महिनको भाडा छुट हुने आशमा बसेका भाडावालहरु सरकारको बाध्यकारी निर्णय आउछकी भनेर बसे तर कुनै स्वबिवेकले भाडा छुट दिए तर कतिपयले दिएनन् । त्यसको असर बिस्तारै भाडा नतिर्ने तिर भाडावालहरु बस्दै गए त्यसो गर्दागदै महिनौ बित्न थाल्यो आम्दानी पनि केही नभएको बेला निषेधज्ञा खुलेपछि बिस्तारै तङरिदै गरेको अर्थतन्त्रले जीवन धान्न सस्तो कोठा खोज्न थाले र जाहा सस्तो पाईन्छ भाडावाल त्यही सर्न थाले घर छ भन्दैमा ठालु पल्टिने किचकिच गर्र्ने घरबेटीलाई तिन चार महिनाको भाडा नै नतिरी भाडावालहरु सर्न थाले यस्तो बेला दवाव ग¥यो भने झनै समस्या हुने देखेर ति घरबेटीहरु घाटामा परे जवकी त्यही घरमा बसिरहेका भाडावालहरुलाई एक महिनाको भाडा छुट दिएको र बसेको लकडाउनको अवधि र निषेधज्ञाको बेलाको आधा छुट मात्र दिएको भए न घर खाली हुन्थयो न पैशाको अभाव र बसिरहेका मानिसको बारेमा जानकारी र थाहा भईरहेको हुनाले भोलिका दिनमा सजिलो पनि हुन्थ्यो ।
यी दुवै समुदाय बीचको मन फाटदा थोरै भएपनि पैशा पाउने अवसर घरबेटीले गुमाए भने भाडावालले पनि एकठाउवाट अर्को ठाउँ सर्दा लाग्ने समय र असहज भएको छ ।
काठमाडौ शहरको रहर अव मानिसहरुको लागि अभावमा छटपटिने दिन बन्दै गएको छ । अभावमा मानिसहरुको बाहिरी आँशु नदेखिएपनि भित्री आशु चुहिन थालिसकेको छ । सम्बन्धित निकायले छिटो भन्दा छिटो सावधानको उपाय खाजेन भने धेरै मानिसहरुमा निरासाको सिकार बन्न सक्छन् ।त्यसैले समयमै ध्यान दिनु बुद्धिमता होला की ?
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend