logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालको कृषि क्षेत्रमा सम्भावना नै सम्भावना छ “कृषक सुब्बा ”


  • जन आकाश
  • बुधबार, पुष ८ २०७७

सुब्बा आग्रानिक तरकारी फाम का अध्यक्ष  कुल बहादुर सुब्बा



नेपाल कृषिप्रधान देश यहि देशका जनताहरु बार्षिक झण्डै ७०÷८० अर्वको कृषि सामग्री बिदेशवाट आयत गरेर खान्छौ । यो निक्कै दुखःको बिषय हो । नेपालको किसानका छोराछोरी रोजगारीको निम्ति बिदेशमा मात्र झण्डै ५० लाख जनसंख्या मजदुरको रुपमा काम गर्न गएका छन् ।
यस्तो टे«न्ड बनेको बेला नेपाल देशमा गोवर श्वरेर पनि आफ्नै देशमा आत्मनिर्भर हुन सकिन्छ भन्ने कर्मशील मानिसहरु पनि छन् । जुन मानिसहरुले नेपालको कृषि क्षेत्रमा सम्भावना नै सम्भावना देखेका छन् । त्यसमध्य २०२५ सालमा मोरङको लेटाङमा जन्मेर हुर्की एस.एल. सि.पास गरेका कुल बहादुर सुब्बा एक उदारण बनेका छन् । नेपालको कृषि क्षेत्रमा टेवा पु¥याउन उनले २०६२ सालमा ३५ हजार रुपैयावाट पोल्टी फाम शुरु गरेका सुब्बाले यतिवेला काठमाडौको टोखा नगरपालिका ४ मा गाई, टर्की, लोकल कुखुरा पालेर झण्डै करोडौको लगानी गरी १२ जना मानिसहरुलाई रोगजार दिईरहेका छन् ।
उनले नेपाल घरेलु उधोगमा सुब्बा आग्रानिक तरकारी फाम दर्ता नै गरेर काठमाडौको टोखा नगरपालिकास्थित झोरमा पुर्ण आग्रानिक तरकारी उत्पादन गरेर बजारमा पठाईरहेका छन् ।
उनिसँग हाम्रा जनअकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीले गर्नुभएको कुराकानी यस अङकमा समेटेका छौ ।
तपाईलाई स्वागत छ जन आकाश साप्ताहिको कृषि र बजार स्तम्भमा ।
धन्यवाद ।
तपाईको फाममा म आईपुगेको छु । तपाईले बुझेको कृषि पेशा के हो बताईदिनुस न ?
नेपाललाई कृषिप्रधान देश भनिएको छ । कृषि पेशालाई उधोगको रुपमा लानुपर्छ । अहिले मेरो झण्डै दु्ई दशकको अनुभवमा यो कृषि पेशालाई उधोगको रुपमा उद्यमको रुपमा लान सकिरहेका छैनौ त्यसकारण यो पेशालाई उद्यम, उधोगको रुपमा लानुपर्छ । जस्तै किसानले उत्पादन गरेका तरकारी, फलफुल, मासु, माछा, दुध, अण्डा लगायत सम्पुर्ण कृषिजन्य बस्तुको बजारको ब्यवस्थापन गरेर जानुपर्छ । त्यो काम सरकारले नीतिगत रुपमा ल्याउनुपर्छ । त्यो प्रभावकारी रुपमा आएको देखिदैन । उत्पादन ग¥यो बजार छैन । बजार छ ब्यवस्थापन छैन । प्रबृति छ प्रबिधिक छैन । प्रबृधिक छ प्रबृधि छैन । यस्ता समस्था हुदाहुदै पनि हामी जस्ता धेरै किसानहरुले आफ्नो बलबुताले भ्याएसम्म उत्पादन बजार र ब्यवस्थापन गदै आएका छौ । हामीसँग अहिले धेरै किसान साथीहरुको संयन्त्र पनि जोडिएको छ । किसानहरुको एक अर्काको अनुभव समेत जोडेर काम गरिराखेका छौ । सहकारी, समुह, सहकार्य कम्पनी एउटै च्यानलमा मिलाएर काम गर्नुपर्छ एक्ला एक्लै काम गरेर आजको युगमा सम्भव छैन । यसमा सरकारले अझै टेवा दिने हो भने धेरै गर्न सकिन्छ भन्ने मलाई लागेको छ त्यसकारण नेपालको लागि कृषि पेशापनि सम्भावना बोकेको पेशा हो । मैले बुझेको कृषि यहि नै हो ।

तपाईलाई कृषि अनुदान कृषि सरलीकरण कर्जाको बारेमा जानकारी छ ?
मलाई सुन्नामा आउछ कता कता तर त्यसतो कतै कुनै सुविधा मैले लिएको छुइन पाएको छैन । मेरो यतिवेला ४० वटा गाईछन् । झण्डै एक करोड लगानी छ । याहा सरकारले त्यति नै ४० वटा नै अनुदानमा दियो भने उद्यम त बन्यो नि त्यति नै मात्रमा रोजगार सृर्जना भयो । किसानले ५० प्रतिशत लगानी गर्ने ५० प्रीतशत सरकारले अनुदानमा गाई फाम छ भने गाई थपिदिने, कुखुरा फाम छ भने कुखुरा थपिदिने, जे हो त्यो थपेर प्रोत्साहन गर्ने हो भने यो स्वागतयोग्य काम हो ।

तर कुनै साथीहरुले भेटाएकी थाहा छैन मैले त सरकारले कृषिमा अनुदान, सहुलियतपुर्ण ऋण भनेको त सुनेको छु व्यवहारमा देखेको छैैन । धेरै किसान साथीहरुले पनि मैले जस्तै व्यवहारमा कृषि अनुदान सहुलियतपुर्ण ऋण नपाएको ऋण लिन जादा घर भको जग्गा पीज गरेको बाटोले छोएको जग्गा हुनुपर्ने जस्ता प्रवधानले पनि समस्या पारेको बताउने गरेका छन् भएको पनि त्यस्तै छ । कृषि उत्पादन कङक्रिट शहरमा त हुदैन त । भित्री ठाउहरुमा किसानको साथमा जग्गा हुन्छ । यति कुरा नबुझेका हुन् की बुझ पचाएका हुन ! बाणिज्य बैकहरुले, तर नेपालको एउटा मुक्तिनाथ बिकाश बैकले किसानको लागि फाम फाममा आएर सोधिखोजि गर्ने गरेको छ । यो चै राम्रोपक्ष हो । धेरै किसानहरु लाभान्वित पनि भएका छन् जस्तो लाग्छ । किसानलाई सजिलोसँग ऋणदिनुको साथै किसानको फाममा आएर बास्तविकता बुझ्ने गरेको छ । हामीलाई माया गर्ने पनि बैक हुदो रहेछ भन्ने मुक्तिनाथले आत्मबिश्वास बढाएको छ ।

अर्को अहिलेको सरकारको नारा समृद्ध नेपाल सुखी नेपाली भनिएको छ । त्यो समृद्ध नेपाल र सुखी नेपली बनाउन त भाषणमा गरेर हुदैन । याहा नेपालमा उत्पादन गरेका कृषि समग्री खेर गईरहेका छन् । तर बिदेशमा उत्पादित आयातित कृषिले भने बजार पाईरहेका छन् । यो तालमेल नमिलेको कृषि बजारलाई नेपालको आफ्नो उत्पादनलाई जोड दिनुपर्छ याहाको किसान बलियो भयो भने नेपालको नेपालमा कृषि उत्पादन सफल हुन्छ । कृषि उत्पादन सफल भयो भने आर्थिक रुपमा नेपाली सम्पन्न हुन्छन् । आर्थिक रुपमा किसान सम्पन्न हुनथालेपछि देशको अर्थतन्त्र बलियो हुन्छ । यसरी कृषिले पनि समृद्ध नेपाल सुखी नेपली बन्न टेवा पु¥याउन सक्छ ।

अहिले तपाईको फाममा कति जनाले रोजगार पाईराखेका छन् ?
हामी परिवार सहित १२ जनाले काम गरिरहेका छौ ।
कतिको सबल छ कृषि पेशा सफल हुन्छ भन्ने केही उदारण दिनुहुन्छ की ?
म लगभग २०६२ सालदेखि यहि पेशामा आवद्ध छु । १५ बर्षको अन्र्तरालमा असफल भएको भए काठमाडौ जस्तो ठाउँमा मोरङ जिल्ला लेटाङ ५ वडामा बस्ने एउटा किसानले काठमाडौमा आएर गरेको पेशा असफल भएको भए पेशा नै छोडेर अन्तै कतै गईसक्नुपर्ने हो । त्यसतो अवस्था आएन । नेपालमा कृषि पेशा जस्तो राम्रो पेशा अरु मलाई लाग्दैन । केही समय अगाडी विश्वमा फैलिएको कोभिड महामारीले पनि के देखायो भने कृषि नै पहिलो रहेछ । पहिला त खानै पर्ने रहेछ । सुन चाँदी, पैशा खाएर त हुने होईन रहेछ । खानैपर्ने भएकोले गर्दा यो कृषि पेशा पहिलो नै हो । त्यसकारण दिगो पेशा कृषि नै हो । अहिलेका भाई बहिनीहरु पढे लेखेकाहरु पनि यो पेशामा आउनु पर्छ नपढेकाहरुले कृषि पेशा गर्न कठिन हुन्छ । किनभने यो समय बिभिन्न खालका मौषम परिवर्तनले माटो नै बिषादी युक्त भईसकेको छ । माटोको शक्ति गईसकेको छ । यो माटोलाई जिवीत बनाउन पनि युवाहरुको खाचो भईसकेको छ । कृषिमा किरा लाग्ने बिभिन्न खालका प्रबिधिहरुको बिकाश भएको छ । बिभिन्न खालका रासायनिक मलको प्रयोगले गर्दा बिश्व नै रोगको भारी भईरहेको छ । अस्पतालहरु धेरै खुलेका छन् । ति अस्पतालहरुमा बेड खाली छैनन् । अवको युग बिषदीमुक्त आहार गरेर किचनलाई औषधालय र बेडरुमलाई अस्पताल बनाउनुपर्छ त्यो काम पढेलेखेका युवा पुस्ताले मात्र ठम्याउन सक्छ । यो पेशा भएन देशले यसलाई अपनाउन सकेन जनताले पनि अपनाएनन् भने भोलि कोभिड जस्तै महामारी समस्या आउदा अर्काको देशवाट सामान आएन भने मानिस खान नपाएर पनि मर्न सक्छ । तर कृषिलाई ध्यान दिएका राष्ट्रका जनता कहिल्यै भोकले मदैनन् । नेपाललाई कृषिमा आत्मनिर्भर देश बनाउनुपर्छ । म जस्तै थुप्रै किसानहरुले आज पाउडर दुधलाई बिस्थापन गदै गईरहेका छौ । त्यसैगरी कृषि पेशा फराकिलो क्षेत्र हो । कसैले बाली उत्पादन गर्न सक्छन् । कसैले घासमात्र उत्पादन गरेर पनि आम्दानी गर्न सक्छन् । कसैले मासु उत्पादन गर्न सक्छन् । नेपाललाई आवश्यक के के छ । त्यही चीजहरु उत्पादन गरेर मनग्य आम्दानी गर्ने आधार छन् । हामी जो जो पेशामा आवद्ध छौ हामीसँग भएको अनुभव पनि दिन सक्छौ ।
अहिले उदारणमा थुप्रै सवल किसानहरु छन् । त्यसमा मलाई पनि लिन सक्नुहुन्छ ।

तपाईले १५ बर्षको अन्तरालमा कृषि पेशासँग सम्बन्धित कुनै बिज्ञ, सरकारी निकाय वा अन्य कसैको सल्लाह सुझाव केही पाउनुभयो ?
२०६२ सालमा शुरु गर्दा देखि नै अग्रानिक उत्पादनमा जानुपर्छ भनेर म लागिरहदा नेपाल सरकार अन्तर्गतको जुन कृषि मन्त्रालय छ । सिंहदरवारमा गएर आग्रानिकको कुरा गर्दाखेरी आग्रानिक सम्भव छैन भन्ने खालका कुरा गर्नुभयो त्याहाका निकायले त्यतिवेला वादविवाद समेत गर्न पुगेका थियौ ६२÷६३ को कुरा गदैछु मैले आग्रानिक उत्पादनलाई अभियाँनको रुपमा लानुपर्छ भन्ने हाम्रो योजना थियो । पछि धापासी सेवा केन्द्र अहिले टोखा नगरपलिका भएको छ । धापासि सेवाकेन्द्रको डाईरेक्टर हुनुहुन्थ्यो ऋषिराम तिवारी उहासँग धेरैपटक कुराकानी गरे अग्रानिक उत्पादनको बारेका उहासँग थुप्रै अन्तक्रियाहरु भएको थियो । उहाले पनि यसरी गर्नुपर्छ तरिका यि यि हुनसक्छन् भनेर सकरात्क रुपमा लिनुभएको थियो । उहा अहिले काठमाडौ महानगरपालिकामा जानुभएको छ । उहा वाहेक कोही पनि मेरो फाममा आउनु भएको पनि छैन र बुझ्नु पनि भएको छैन ।

तपाईले उत्पादन गर्नुभएको बस्तुहरुलाई कसरी बजारमा बितरण गरिराख्नु भएको छ । भन्दिनुस न ?
मेरो उत्पादन अहिले मात्र होईन बिगत १५ बार्ष अगाडी देखि नै बजार ब्यवस्थापन आफैले गरेको छु । यो बिशेष गरेर कसरी गईरहेको छ भने मेरो आग्रानिक पक्षमा गएको हुनाले रासायनिक मल प्रयोग नगरिकन आफ्नै गाई र कुखुराको मललाई प्रयोग गरी बिषदीमुक्त तरकारी फलफुल उत्पादन गरेको हुनाले ग्रहकले छुट्टै खालको टेस्ट गरेर मैले उत्पादन गरेको तरकारी फलफुल मनपराईदिनु भयो त्यो निरन्तर उहाहरुले टेस्ट गरेर मेरो उत्पादनलाई माया गरिदिनु भएको छ । त्यसको लागि मैले चक्रपथमा इन्द्रिनी क्यफेसँगै सुब आग्रानिक तरकारी फामको नामवाट आउटलेट – (बजारको लागि पसल) पनि सञ्चालन गरेको छु । बीचमा यो आग्रानिक उत्पादन छाड्ने भनेर कोशिस पनि गरेको थिए ग्रहकहरुले नछोडनुस हामी छौं । भनेर भन्नुभयो अहिलेसम्म टिकेको कारण यो पनि हुनसक्छ । मेरो आफ्नै खालको ग्रहक हुनुहुन्छ शुरुदेखि अहिलेसम्म साथसाथै नेपालका बिषादीमुक्त फलफुल जुम्ला, डोल्पा तिरको स्याउ, आलु धनकुटा, इलाम तिरको चियाँ देखि लिएर अन्य जिल्लाहरुको कोदो, फापरको पिठो जुन पुर्ण आग्रानिक हुन् । देशका बिभिन्न ठाउँहरुवाट मेरो आउटलेटमा मैले ल्याएर राख्ने गरेको छु । उहाहरुले लानुभएको छ । जे होस अलिकति भिन्न स्वाद फरक र स्वास्थ्यका लागि योग्य भएको कारणले गर्दाखेरी ग्रहकको मन जितेर गुणस्तरयुक्त आग्रानिक सँगै बजार ब्यवस्थापन गरेको छु ।

अवको रणनीति के छ भन्दिनुस न ?
बिभिन्न जिल्ला ७ वटै प्रदेशका ७५३ वटै पालिकाका उत्पादनलाई लगभग एउटा च्यानलवाट चेन जस्तै बनाएर बजारलाई ब्यवस्थापन गर्नुपर्छ भनेर टिमै लागिपरेका छौ ।
टिम भन्नाले फामको सदस्यहरु कि त्योभन्दा बाहिरको टिम कस्तो हो ?
टिममा लगभग ५ वटा प्रदेशमा रहनुभएका साथीहरु ह्ुनुहुन्छ । त्यसमा ५५÷५६ जिल्लाका साथीहरु ह्ुनुहुन्छ । यो एउटा हाम्रो टिम छ । बिशेष गरेर बिषादीमुक्त उत्पादन गरेका कृषि सामग्री कलेक्शन गर्ने हाम्रो टिम छ । यो टिमले बृह्रत रुपमा लाने भनि हामीले जमर्को गरेका छौ । हामीले के आवाह्रन गरेका छौ भने उत्पादन गर्ने किसान, मजदुर साथीहरु सहकारी, समुह, कम्पनी, उपभोक्ता यी सवैजना एउटै चेनमा आएर जानुपर्छ भनेर कार्य थालनी गरिसकेका छौ । पहिलो परिक्षण उपत्यकालाई नै लक्ष्य बनाएर काम गदै छौ । त्यो परिक्षणपछि अन्यत्र पनि लाने तयारीमा छौ ।
अन्तमा के भन्नुहुन्छ की ?
सर्वप्रथम त याहाले किसानको बारेमा प्रचारको लागि स्थान दिनुभयो धन्यवाद दिन चाहान्छु । हामीले अर्को अन्न बैकको स्थापना गर्न अभियाँन नै चलाउदै छौ । त्यो अभियाँनमा देशैभरीका किसान जोडिदै छौ । यो अभियाँनलाई सफल बनाउन सवै देशभरीका किसान साथीहरुलाई यो सञ्चामार्फत पनि आवाहन गर्न चाहान्छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend