जन आकाश
कोरोनको संन्त्रासपछि उठन नसकेको अर्थतन्त्र
बजार खुकुलो भएपनि आम्दानीको स्रोत ठप्प
अभावको नाममा महगी बढेको बढ्यै
मोहन कार्की ।
काठमाडौं शहर हेर्न लाग्छ रहर भनेर एकजना कविको कविता लेखे त्यो कविता पढेर काठमाडौं छिरेकाहरु मध्य अवसर पाउने र समयमानै प्रगति गर्ने सँगसँगै लकले पनि साथ दिएकाहरुको लागि कविले कविता लेखेको जतिकै फलदायी भयो होला । तर जो सधै काठमाडौ शहरमा आएर जीविकोपार्जन मात्र गर्ने वातावरण बन्यो तिनिहरुको लागि कतै न कतै अप्ठ्यारो ब्यहोदै आएका मानिसहरुका लागि २०७७ साल झनै पीडादायी भएको देखिन्छ ।
कोरोनाको त्रासले भएका उधोग कलकारखान बन्द भएका छन् । होटल, प¥यटन, ब्यापार सुकेका छन् । काठमाडौ शहर बिगत २० बर्षभन्दा अहिले झण्डै ८०० प्रतिशत महगी बढेको छ । आम्दानीको स्रोतहरु घटेका छन् ।
यो समयमा बालबच्चा सहित बेरोजगार भई बसेका परिवारहरुको पीडा कति दर्दनाक देखिन्छ ।
लकडाउन भन्दाअगडी जसो तसो जीविकोपार्जन र्गदै आएका मानिसहरु यतिवेला रोजगार बिहिन हुदा गास बासको समेत समस्यामा परेको आफ्ना मनमिल्ने साथीहरुसँग एकअर्कामा दखेसो पोखेर दिन बिताईरहेका छन् ।
हुनत यतिवेला नेपालमा लकडाउन हटिसकेको छ । बजारहरु खुलिसकेका छन् । ब्यापारहरु हुन थालेको देखिन्छ । तर अझैपनि ठुला उधोगहरु, ब्यापारीक केन्द्रहरु बिगत जस्तै लयमा फर्किसकेका छैनन् । त्यसैले कोरोनाको समयमा कर्मचारी कटौती गरेका उधोग, होटल, पसलले पनि कर्मचारी थप्ने योजना बनाएको देखिदैन । बिगत ५० सौ बर्षदेखि काठमाडौमा भाडामा बस्दै आएका मजदुरहरु तत्कालै आफ्नो घर फर्कने वातावरण पनि नभएको बताउछन् । जसको गाउँमा पनि खेती गर्ने बारी प्रशस्त नभएकाहरुको लागि शहर नै बाध्यकारी बनेको अध्ययनले पनि देखाएको छ ।
आफन्त गाउँघरमा भएकाहरु त कोरोनाको समस्या उत्पन्न हुने बित्तिक्कै गाउँ फर्किसकेका छन् । तर जसको गाउँघरमा आफन्त बिशेष गरेर अविभावक छैन उनिहरु गाउँ फर्किएर पनि तत्कालै गास बासको उत्तिक्कै समस्या हुने भएको हुदा शहरमा नै रहनुपर्ने बाध्यताका शहरी बेरोजगारहरुको कथा दर्दनाक बन्दै गएको देखिन्छ ।
अर्कोतर्फ एकत आम्दानीको स्रोतहरु केहीपनि नभएको बेला बजार भाउभने बढेको बढ्यै छ । संकटको बेला जसो तसो सापट, उधारोमा हारगुहार गरी जाहान पालेका परिवारको लागि थप पीडा थपेको छ । जसले भोक्कै मर्ने वातावरण समेत सृर्जना हुने संम्भावना पर्वल छ ।
सरकारले कोरोनापछि बजेट भाषणमा हरेक क्षेत्रलाई समेटेको भएपनि शहरी बेरोजगारलाई कसरी सम्बोधन गर्ने भन्ने बिषयमा कुनै योजना बनाएको थिएन । छैन । त्यसकारण राजधानी काठमाडौ उपत्यका लगायत शहरी बेरोजगारको बिषय पनि निक्कै अप्ठ्यारो स्थितिमा पुगेको देखिन्छ ।
स्मरण रहोस काठमाडौ उपत्यका लगायत शहरहरुमा शहरी समस्याको मुख्य समस्या भनेको शहरी बेरोजगार नै मान्न सकिन्छ । त्यही बेरोजगारका कारण उत्पन्न हुने अभाव त्यही अभावले ति बेरोजगारहरुको मष्तिकमा पर्न जाने नकरात्मक सोच र ति नकरात्मक सोचवाट सृज्रीत घटनाले उत्पन्न हुने सामाजिक अपराधहरु समेत यसको असरको रुपमा देखिएको छ । जसले समाजलाई प्रभावित पारेको छ नै त्यो सँगसँगै राज्यलाई ब्यायभार अपराध नियन्त्रण गर्न पनि उत्तिक्कै आर्थिक बढाएको छ । राज्यको ब्यायभार अपराध नियन्त्रणमा खर्च जसरी गरिन्छ । त्यति नै मात्रमा शहरी बेरोजगारको पहिचान गरेर ति शहरी बेरोजगारहरुलाई रोजगार सृर्जना गर्ने वातावरण बनाउन सक्ने हो भने उता उत्पन्न हुने अपराध नियन्त्रण गर्ने खर्चले नै एता पुग्ने सम्भावना हुन्छ । जसले असल समाज समेत निर्माण गर्न टेवा पुग्ने छ ।
त्यसकारण नेपालको नीतिगत रुपमा अहिलेसम्म शहरी बेरोजगारको बिषयमा कुनै कार्यक्रम नभएको भएपनि शहरी बेरोजगारहरुलाई सम्बोधन गर्ने अभ्याश थाल्नु पर्ने टडकारो आजको आवश्यक्ता देखिन्छ । सम्बन्धित निकायको ध्यान जाओस र असल नेपाली समाज निर्माण गर्ने यो पनि एउटा तरिका हुनसक्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend