logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पुस्तकचर्चा रेणु अधिकारीको कविता सङ्ग्रह‘अनुभूति’


  • जन आकाश
  • मंगलबार, माघ ६ २०७७

 



 

 

रेणु अधिकारीको कविता सङ्ग्रह‘अनुभूति’

 

 

तेज प्रकाश बानियाको कलमवाट

पुस्तक चर्चा

 

रेणु अधिकारी ‘मौनता’ नेपाली साहित्यको फाँटमा उदाउँदै गरेको नामहो । उहासँग मेरो चिनजान थिएन । अघिल्लो हप्ता काम विशेषले गोङ्घबुतिर घुम्दै साहित्यकार रत्नप्रसाद अनामणिको घरमा पुगेको थिएँ । धेरैदिन पछि भेटघाट भएको हुदाँ अलि नौलो जस्तो पनि लाग्यो । दुवै जना एकापसमा सञ्चो बिसञ्चोको जानकारी लिएर, नमस्कार साटासाट गरियो । अनामणिले समीक्षाका लागि अनुरोध गर्दै एउटा पुस्तक मेरा हातमा थमाइ दिनुभयो । के पुस्तक रहेछ, यसो कभर हेरें । रेणु अधिकारीको कविता सङ्ग्रह“अनुभूति”रहेछ । कभर पल्टाएर यसो हेरें । प्रकाशकमा प्रकाश अधिकारीको नाम रहेछ । मेरो आत्मीय भाइ प्रकाश होकी क्या हो ?अनामणिलाई सोधें । उहाँले सकारात्मक दिशातर्पm टाउको हल्लाएर होको संकेत दिनु भयो ।

पहिलाको तुलनामा साहित्यका विधाहरू विभित्र शीर्षकमा उजागर हुदै गएकाछन्। त्यसैका अनुपातमा कौतुहल बोकेका युवा युवती साहित्यकारहरू पनि उल्लेख्य संख्यामा बृद्धि हुदै गएका छन् । यो खुसीको कुरा पनि हो । अचेल कति साहित्यमा निर्लिप्त भएर लाग्ने छ्न् भन,े कति त आप्mनो पहिचानको चिनो एउटा प्रकाशित गरौन त भत्रे पनि छन् ।

बुबा आमाको माया ममता र विशेष गरेर बुबा रेमन्तराज थापाको प्रेरणाबाट साहित्य लेखनमा लाग्नु भएकी’मौनता’को कविता सङ्ग्रह अनुभूति अद्योपान्त पढें । उहाँमा बाल्यकाल देखिनै साहित्यको रुचि रहेछ । यो उहाँको पहिलो प्रकाशित कृति हो । यस अगाडि फुटकर लेख र कविताहरू पत्रपत्रिकामा प्रकाशित हुन्थे । उहाँले यस कविता सङ्ग्रहमा जम्मा ३७ गोटा विभित्र खाले कविताहरू समाविष्ट गर्नु भएको छ ।कवितामा आधुनिकता, पौराणिकता,वर्तमान समाजका विकृति प्रतिको खबरदारी तथा राम्रा कामप्रति प्रशंसा सबैलाई समेटिएको छ ।

उहाँका कविताहरू गद्यात्मक छन् । जीवनको भोगाइमा खेपिएका आरोह अवरोह लगायत यावत कुराहरू कविता मार्पmत बुझाउन जमर्को गर्नुभएको छ । प्राय कविताहरू मायाँ प्रेमको सेरोफेरोमा छन् । ।केहीकविताहरू मायाप्रेम भन्दा बाहिरका छन् । करीब आधा जसो गीती कविता संगीत हालेर गाउँन मिल्ने छन् । कविताको शुरूमा पहिलो कविता’सहीदको आवाज’नामको कविताबाट देश जोगाउँन, विकास गर्न, सामन्तीहरूलाई परास्त गर्न, जनताका हकअधिकार कोही कसैले खोस्न चाहन्छ भने लडाकु जनताहरू त्यसका लागि पनि ज्वालामुखी विस्फोट भए भैंm ओइरिने, नेपाल आमाले रुन परेकोमा आशु पुछेर मुहार हसिलो बनाउँछौ भत्रे क्रान्तीकारी कविताबाट जनतालाई हौस्याउँदै अन्तिम कवितामा मन नपरेको बिचरो अनुहारलाई गाली गर्दै कविता विसर्जन गर्नुभएको छ । यसै गरी कविताले, देशप्रेम,जनताको सेवा,देश र जनताको लागि परि आए प्राणको आहुति दिन पछि नहट्ने समेत कुरा उल्लेख गरिएका छन् ।

कविता व्यावहारिक सरल र मार्मिक पनि छन् । वैशालु उमेरले खोजे जस्तो सपनाको राजकुमार नआइपुग्दै अर्काकी हुन पुगेर नाटकीय जीवन विताउनु परे कस्तो होला, त्यस्तै जीवनलाँई पूmल वा चन्द्रमासँग तुलना गर्नैहरूसँग पनि उहाँको कतिाले बिमती जनाउछ । जीवनलाई कवयत्री आशै आशकौ चाङ् भत्रुहुन्छ । चेली बिवाह गरेर अर्काको घर जाँनुपर्दाको पीडाहरू समेत उल्लेख गरिएका छन् ।यस्तै क्रममा २०५८ को राजदर्बार घटनाक्रम पनि छुपारुस्तम पाराले कवितामा समेट्नु भएको छ । गद्दार दलाल एवम् आफन्तको लहैलहैमा कुनै पनि बहानामा सर्लक्क डलर टिप्न पाइने प्रलोभनमा,विदेश गएकाहरूको वेहाल देखेर, देश छाडेर बैदेशिक मजदुरीमा नजान समेत आग्रह गर्नु भएको छ ।

उहाँका कविताहरू सरल, स्तरीय र सबैले बुझिने सन्देश मूलक पनि छन् । मैले यो कविता सङ्ग्रह अध्ययन गर्दा त्रुटिहरू औंल्याउने उद्देश्यबाट गरिन । यसमा व्याकरण एवम् छपाइका हिसावले सामान्य त्रुटिहरू छन् । पछि अभ्यासको क्रममा त्रुटिहरू अवश्य कमहुदै जानेछन् भत्रे मेरो बुझाई छ ।कुशल गृहिणी भएर पनि बचेको समयलाई सदुपयोग गरी साहित्य स्रृजना गर्नु भनेको पक्कै पनि सजिलो काम होइन । यस अर्थमा उहाँको जोस, जाँगर र हौशलालाई म सम्मान गर्दछु । देशमा महिला साहित्यकारको संख्या औंलामा गत्रे मात्र छन् । यस्तो अवस्थामा महिला साहित्यकार को संख्या बृद्धिहुनु हामी साहित्य प्रेमीहरूका लागि खुसीको कुरा छ ।
पहिलो प्रयासमा कविता प्रकाशन गर्न सफल कवयत्री‘मौनता’को साहित्यिक भविश्य उज्वल छ । भविश्यमा पनि उहाँको साहित्यिक यात्राले निरन्तरता पाइरहोस र यस्ता कृतिहरू प्रकाशनमा आइ नै रहुन् ।नेपाली साहित्यले पनि उहाँको सेवा पाइनै रहोस् भत्रे शुभकामनाका साथ कलम बन्द गरें ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend