logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

यूनाइटेड इन्स्योरेन्स पनि एक अर्ब क्लबमा प्रवेश


  • जन आकाश
  • बिहिबार, असार ३१ २०७८

काठमाण्डौ । आर्थिक वर्ष २०७७÷०७८ को अन्त्य हँुदै गर्दा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. ले १०० करोड माथिको बीमा शुल्क आर्जन गरेको छ । कोविडको महामारीको विषम परिस्थितिमा समेत यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको छ ।



कम्पनीको संचालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वकोे पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा रु ६९ करोड बीमा शुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमा शुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यो सफलता हासिल गर्न सफल भएको कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend