जन आकाश
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले २०७८÷०३÷३१ गते बाट ४ वर्षको सफल कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिनुभएको छ । कुमारी बैंकको संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहनु भएका अनुज मणि तिमिल्सिनालाई मिति २०७८÷०४÷१ गते देखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिवृmत तोकिएको बैकले जनाएको छ ।
३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल सुरेन्द्र भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफल दायी रहेको कुमारी बैंकका सञ्चालक समितिका पदाधिकारीहरुले बिधाईका क्रममा बताएका थिए ।
उहाँको कार्यकालमा बैंकल प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्र स्थानमा पुग्न सफल भएको भन्दै प्रशंसा गरेका थिए । बैंकले यहीकार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवःविकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निवैm फराकिलो पारेको थियो ।
बैंकको सञ्चालक समितिको बैठकमा सुरेन्द्र भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्य सम्पादन गर्नका लागि शुभकामना पनि दिनुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend