जन आकाश
अनुषा थापा
२०७६ सालमा सरकारले जग्गालाई १० प्रकारमा बर्गीकरण गर्ने बिधेयक सदनबाट पारित भयो । यो बिधेयकलाई राष्ट्र्पतिद्धारा लालमोहर लगाइयो र राजपत्रमा निकाल्यो । तर यो बिधेयक कार्यान्बयनमा अहिलेसम्म गएको छैन् । कार्यान्बयनमा नजानुको कारण ः २०७७।५।८ गते भृुमिसुधार मन्त्रालय भुमिसृधार बिभागले भुमिसम्बन्धी मस्यौदा बनाएर मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रीपरिषद् पठायो । तर मन्त्रीपरिषद्मा पुगेको त्यो प्रस्ताबलाई मुख्य सचिबले मन्त्रीपरिषद्मा पेस गर्नुभएन र त्यो प्रस्ताब त्यत्तिकै बिलायो । मन्त्रीपरिषद्को भुमिसम्बन्धी ऐन पारित भएर पनि कार्यान्बयनमा नजादाँ देशैभरि अर्थात ७७ बटै जिल्लामा रहेको खेतीयोग्य जमिन पलटिङ गरेर, त्यस जमिनको स्बरुप बिगारेर भुमाफियाहरुले फाइदा लिइरहेको छन् । देशैभरिको जमिन आफ्नो ब्यक्तिगत फाइदाको लागि उब्जनी हुने जमिनमा डोजर लगाउनु कत्तिसम्म लाजमर्दो कुरा हो । किसानसँग उब्जनी हुने जमिन प्रतिआना २ ÷३ लाख र रोपनीको ८।१० लाखमा किन्ने त्यो पनि ठाँउ हेरेर । अनि त्यस जग्गाको स्बरुप परिबर्तन गरेर, जग्गा खण्डीकरण गरेर, आफनो नाममा पास गरेर मँहगोमा बेचिरहेको छन् । ती दलालीहरुले आमसर्बसाधारणको जग्गा सस्तोमा किनेर प्रतिआना २०÷।२५ लाखमा बेचिरहेको छन् । उब्जनी हुने जग्गा जत्ति घर बनाउने, पलटिङ गर्ने अनि दैनिक जीबनमा आबश्यक पर्ने खाध साम्रगी चाहि कहाँबाट ल्याउने ? हाम्रो देशमा भएको जग्गा जत्ति सबै पलटिङ गरेर सिध्याउने अनि रासनपानी सबै छिमेकी राष्ट््रबाट मँगाउने ? रासनपानीको त कुरै छोड्देऔ दैनिक उपयोग हुने तरकारीमा समेत नेपाल आत्मनिर्भर बन्न सकेको छैन् । यो बाट राज्यलाई कत्ति धाटा भएको छ यसबारेमा सरकारले कहिल्यै सोच्न भ्याएको छ ? बाहिरबाट आयात गरेको खाधबस्तुहरु गुणस्तरहीन हुने, मिति गुज्रिसकेको हुने, कम तौलको हुन्छ भने त्यो खाधबस्तुहरु धेरै दिनसम्म टिकाइ राख्न औषधीको पनि प्रयोग भएको पाइन्छ । जसले गर्दा सर्बसाधारणको स्बास्थ्यमा हानिकारक समस्याहरु देखापर्छ । यति मात्र नभएर यस्तो औषधीको कारणले मानिसलाई दीर्धकालीन रोग पनि निम्त्याउन सक्छ । अनि यसको जिम्मेबार को सरकार कि भुमाफियाहरु ?
यसरी अन्य राष्ट्र्बाट ससाना बस्तुहरु पनि आयात गर्ने हो भने हामी आत्मनिर्भर कहिले बन्ने ? सधैँ अरुको राष्ट्र् धनी बनाउने ? हामी जहिले पनि अरुको भर परेर बस्ने । हामीले आज मात्र होइन् भोलिको बारेमा पनि सोच्नुपर्छ । एक हप्ता अगाडि त्यही जमिनमा तरकारी लहलह फर्किरहेको हुन्छ भने एक हप्ता पछि त्यही जमिनमा जग खनिरहेको हुन्छन् । हाम्रो पुर्खाले खाइनखाई जोडेको जमिन नेपाल सरकारले ऐन बनाई कार्यान्बयनमा ल्याउन नसक्दा उब्जनी हुने जग्गामा भुमाफियाहरुको गलत नजर परिरहेको छ । नेपालका केही गलत काम गरेर पैसा कमाउनेहरुले जग्गा दलालीसँग प्रतिआना ३५।४० लाखमा जमिन खरिद गर्ने । तर त्यही जग्गा किसानसँग प्रतिआना ३।४ लाँखमा खरिद गर्ने । बिचरा सोझासाझी किसानलाई यी भुमाफियाहरुले अध्ँयारोमा राखेर आफृ फाइदा उठाइरहेका छन् । कुनै पनि जग्गाको सरकारी रेट ५ लाख छ भने ३५ लाखको जग्गा किन्ने अनि राज्यलाई ५ लाखको राजस्ब तिर्ने । सरकारले महिलाको नाममा घरजग्गा पास गरेको खण्डमा राजस्ब छुट दिइर्एको तर जग्गा किनेको रेट नै सरकारलाई जानकारी हुदैन। मालपोतको लेखनदास र भुमाफियाहरुको मिलोमतोमा राज्यले पाउनृपर्ने राजस्ब पनि राज्यले पाएको छैन ।
नेपालमा घर त बन्छन् तर ति घर बनाउने सामानहरु कँहा उत्पादन हृन्छ ? कसैले सोचेको छ ? कौडीमा नबिक्ने फलाम लाखौँमा खरिद गर्न पाँउदा हामी नेपाली मख्ख पछौँ । घर बनाउन आबश्यक पर्ने हरेक सामान अरु राष्ट्र्बाट आयात हुन्छन् । हाम्रो राष्ट्र्को मुद्र सबै अरुको मुलुकमा निर्यात भएको छ जसले गर्दा हामी नेपालीहरुले अरुको राष्ट्र् धनी बनाउनको लागि निकै अहम भुमिका खेलेको छौँ । हाम्रो वडा, गाँउपालिका, नगरपालिकालाई आफ्नो गाँउठाँउमा कत्ति घर छन् भन्ने कुराको आकँलन सम्म छैन ् । कसको घरभाँडामा छ, कसको घर खाली छ, कसको घरमा कत्ति वटा कोठा छन्, ती कोठा बहालमा लगाउने स्थितिको छ कि छैन अड्कल समेत छैन् ।
२०७२।१।१२ गते नेपालमा ठुलो भुकम्प गएको दिन । त्यो भुकम्पले घेरै घर क्षतिग्रस्त भए । कत्ति धर भत्किए त कत्ति नराम्रोसँग चर्किए । सरकारले भुकम्पपछि बनाएको सबै धरहरु माटो चेक गरि, भुकम्पबिद्को निगरानी अन्र्तगत बनाउनुपर्ने परियोजना अघि सा¥यो र राजपत्रमा निकाल्यो । तर त्यो नियम पनि कार्यान्बयनमा आएन । अहिले पनि भुकम्पबिद्को सल्लाहबिना नै आवासिय क्षेत्रको निर्माण भइरहेको छ । घर बनाउने, भाँडामा लाउने अनि राज्यलाई राजस्ब पनि नतिर्ने । तर पनि राज्यले यी घरबेटी बिरुद्ध कुनै ठोस कदम उठाउन सकेको छैन् । कतै सरकार पनि धरबेटी कै पक्षमा त छैन् । एउटा खाट नअट्ने कोठाको ठाँउ हेरेर पाँच हजारदेखि सात हजारसम्म लिन्छ । अहिले त एउटा कोठा पाउन पनि देउता खोज्नुजस्तो भइसक्यो । जो पनि घर बनाउने, तिन बटा दुलो जस्तो कोठा निकाल्ने अनि त फल्याट सिस्टम भइहाल्यो । एउटा फल्याटको २०।२५ हजार । अनि महिनाभरि १० हजारमा काम गर्ने चाहिँ भोकभोकै मर्ने ।
महिना नसकिदै घरबेटीहरु भाँडा माग्न ढोका ढग्ढग्याउन आईपुग्छन् । भाँडा चाहिँ महिना नसकिदै दिनुपर्ने अनि भाँडामा बस्नेलाई सेवासुविधा दिन चाहिँ हिचकिचाउने । एउटा सटरको भाँडा १० हजार देखि ८ लाखसम्म पर्न जान्छ । यति मँहगो सटर तिरेपछि सामानको भाउ पनि कत्ति आकासिन्छ होला ? भाँडा बढाउदा पनि घरधनी रिसाउछन्, अर्को चोटि भोट नपाइएला कि भनेर घरबेटीहरुले भाँडा बस्नेहरुलाई गरेको अन्याय हेरेर बस्ने, सरकार चाहिँ देखेपनि नदेखे जस्तो गर्ने । यस्तो पनि देशलाई सकारात्मक दिशातर्फ डो¥उाउने राजनिति !
कोठा भाँडामा बस्नेलाई वडाले मान्छे गन्दैन । यो पुष्टि गर्नको लागि धेरै टाढासम्म जानु पनि पदैन । २०७६।१२।११ गतेको लकडाउनलाई नै हेरौँ । सरकारले न भाँडामा बस्नेको लागि राहतको ब्यबस्था ग¥यो न त त्यस्तो मुस्किल घडीमा भाँडा छुट नै पाए । सरकार भाँडा बस्नेको लागि कुनै नीति नियम बनाउन नसक्ने अनि भाँडा बस्ने चाहिँ धरबेटीले मागेको जत्ति घरभाँडा तिर्दाखेरि पनि सधैँ दबिएर बस्नुपर्ने । धरबेटीले सरकारलाई घरबहाल कर पनि तिदैँन । सरकारले वा वडाले अब नक्सापास गर्ने बेलामा घरभाँडामा लाउने कि नलाउने भनि जानकारी गराउनुपर्छ । धरबेटीले बर्षैपिच्छे भाँडा बढाउने अनि सेवासुबिधा नदिने । क्यान्सर पिडित, मिगौँला पिडितलाई कोठा नदिने । बिभिन्न जिल्लाबाट बर्षेनि रोजगारी, पढाइ, र सटर लिएर ब्यबसाय गर्न काठमाण्डौ आउँछन् । यसको फाइदा पनि धरबेटीले उठाइरहेको छ । तर सरकार कानमा तेल हालेर बस्नु उचित हो । सरकार धरबेटीमात्रै देशको नागरिक होइन । भाँडामा बस्नेले पनि देश बिकासमा ठुलो भुमिका खेलेको छन् । सरकारले नागरिकता त दियो तर आमजनतालाई सेबासुबिधाको प्रत्याभृति भने गराउन सकेन । सकेको छैन ।
अनुषा थापा
भक्तपुर
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend