जन आकाश
काठमाडौं । कामना सेवाविकास बैंकले आ.व. २०७७÷०७८ मा रु. १ अर्ब नाफा (कर अघि) आर्जन गर्न सफल भएको छ । बैंकको यो नाफा हालसम्मकै सबैभन्दा बढी हो । गतवर्ष यसैअवधिमा रु १६ करोड ४१ लाख नाफा (कर अघि) रहेकोमा समीक्षा अवधिमा ५०९.५७ प्रतिशतले बृद्धि गरी रु. १ अर्ब नाफा आर्जन गरेको बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
गत वर्ष निक्षेप ३२ अर्ब ९७ करोड रहेकोमा ३७.३७ प्रतिशतले बृद्धि भई रु. ४५ अर्ब २९ करोड संकलन गर्न बैंक सफल भएको बैकले उल्लेख गरेको हो । साथै, कर्जा तर्फ सोही अवधिमा २७ अर्ब ५५ करोड रहेकोमा ४७.३३ प्रतिशतले बृद्धि गरी ४० अर्ब ५९ करोड लगानी गरेको छ ।
२ अर्ब ६५ करोड चुक्तापूँजीभएको बैंकको जगेडा कोषमा ४४ करोड ४८ लाख रुपैयां रहेको छ । बैँकको खुद ब्याज आमदानी गत वर्षभन्दा ३० प्रतिशतले बृद्धि भई १ अब ४९ करोड रुपैयां पुगेको छ । गत आ.व. बैंकको निष्कृय कर्जा १.७९ प्रतिशत रहेकोमा समीक्षा वर्षमा १.५ प्रतिशत कायम रहेको छ ।
आ.व. ०७७÷०७८ को असार मसान्तमा बैंकको पूंजीकोष अनुपात १३.७८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैँकको प्रति शेयर आम्दानी २६.४० रुपैया रहेको छ जुन गतवर्षको तुलनामा ४६०.२५ प्रतिशतले बृद्धि हो ।ं साथै, बैंकको मूल्य आमदानी अनुपात २१.९७ गुणा, प्रतिशेयर नेटवर्थ १४८.६१ रुपैयां र तरलता अनुपात २२.१० प्रतिशत रहेको छ । यसै गरी बैंकको आधार दर ८.३८ प्रतिशत रहेको छ ।
हाल बैंकले १२९ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा७० वटा ब्त्ःमार्फत ग्राहकहरुलाई आफ्ना सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको बैकको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend