logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रम्बास् कवितास् छोटो परिचय,मिलन बोहोरा


  • जन आकाश
  • शनिबार, साउन ९ २०७८

रम्बास् कवितास् छोटो परिचय
……………………………………………..
( मिलन बोहोरा
विश्वनाथ असम
भारत



प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट उन्मुक्त भएर नयाँ आविष्कार गर्नु र प्रयोग गर्नु हो।यसैले गर्दा प्रयोगवादीहरूले निषिद्ध क्षेत्रहरूलाई उघारो पारेका छन।कविताका शब्द र वर्णहरूलाई विभिन्न आकारमा, चित्रको रूपमा सजाएर विचित्रको अनुभूति अभिव्यक्त गर्दछन्। पाश्चात्य साहित्यमा यसको प्रयोग गरेको सयवर्ष पुगिसकेको छ।

नेपाली साहित्यमा चित्रात्मक कविताको प्रयोग सुरुमा बैरागी काइँलाले गरेको थाहा लाग्छ। त्यसपछि रङ्गवादी कविहरूले अनि सृजनशील अराजक समुहुले पनि यसको व्यापक प्रयोग गरेका छन्। यी सबको विवरण गोविन्दराज भट्टराईको ूउत्तरआधुनिक विमर्श  नामक ग्रन्थमा पाइन्छ।

यथास्थितिवादी मनोभावदेखि फुत्किएर परम्परागत पर्खाल नाघेर उत्तरआधुनिक चेतना जाग्दामात्रै सिर्जनामा बहुरङ्ग र नविनता आउनसक्छ भन्ने कुरामा आज साहित्य जगतका साथसाथै संसारनै लम्किरहेको छ। यथार्थवादका नयाँ भेद्, विनिर्माणवाद,सन्दिग्ध सिद्धान्त, परिवृत्तीय, निसर्ग नारीवाद आदिहरू आज साहित्यमा समालोचनाका तत्व बनेका छन। साहित्याकाश फराकिलो पार्नलाई यो धारणा नितान्त जरुरी छ भन्ने चिन्ता समय सापेक्ष हो।

पुरानो धरोहरको संरक्षण गर्नु र नविनताको खोजी गर्नुनै विकासोन्मुख जातिको लक्षण हो। नयाँ संसार देख्ने रहरले सिर्जनामा, कलामा, दर्शनमा, ल‍ोक जीवनमा सर्वत्र नै यो धारणा व्याप्त भइरहेको समयमा यस लेखकले पनि कविताको शैलीमा चतुष्कोण आकृतिमा चित्रात्मक कविता सिर्जना गर्ने जमर्को लिएको हो। यस प्रकारका कवितालाई पाश्चात्यजगतमा ठोस कविता ९ऋयलअचभतभ उयभतचथ०, चित्र कविता जस्ता नामले जानिन्छ। यसै धारणाको वशवर्ति भएर भारतको असम प्रदेशमा रम्बास् कविता नामले चतुष्कोणी कविता लेख्ने विनम्र प्रयास भइरहेको छ। मैले हालै ुतानाबानाु नामले मेरो पहिलो कृति प्रकाशनमा ल्याएको छ। नेपाली भाषामा यहीनै पहिलो प्रयोग हो। हाल असम ९भारत०मा यो रम्बास उपविधाको कविता जनप्रिय हुँदैछ र नेपालमापनि कसैकसैले लेख्न थाल्नुभएको छ।

लेख्ने नियम

यो अपरम्परागत शैली र आकारमा लेखिने कविता केही साधारण नियमले लेखिन्छ।
१)यसमा जम्मा सय अक्षर र उन्नाइस पंक्ति हुन्छन् ।
२) एउटा अक्षरको शब्ददेखि शुरु भएर एउटै अक्षरमा समाप्त हुन्छ।
३) एक दुई अक्षर गर्दै दस अक्षरसम्म पुगेपछि फेरि नौ, आठ, सात गर्दै एक अक्षरमा टुङ्गिन्छ।
४) सुरुको र अन्त्यको अक्षर भिन्नाभिन्नै या एकै हुनसक्छन्।

यस कविताको आकृति रम्बासको जस्तो बनाउन टंकणको स्पेस् कीको बढी मात्रामा व्यववहार गर्नुपर्ने हुन्छ। हालै मेरो पहिलो कृति ९सायद नेपाली साहित्यमा नै पहिलो० ूतानाबानाू प्रकाश भईसकेको छ। असममा अहिले थुप्रै नवीन, प्रवीण कविहरू, डा। जगन्नाथ उपाध्याय, अर्जुन उप्रेती, भीम धमाला, मीना पौडेल, प्रकाश कुइँकेल, प्रीतम आचार्य, सृजना अधिकारी, दुलुमनि देवी आदिले यो शैलीमा कविता लेख्न थाल्नुभएको छ। नेपालमा पनि युवा कवि रेहित सैजुले थालनी गरिसक्नु भएको छ।
हाम्रो नेपाली साहित्यको बगैंचामा एक नयाँ प्रजातिको फूलको बिरुवा हो यो। अब यसको जीवन यसलाई रुचाउनेहरू माथि निर्भर गर्छ।
उदाहरणको लागि केही कविता दिएको छु।

मिलन बोहोरा
मुल्याहा
…………….

फूल
बर्सियो
न अक्षता
न यज्ञ भयो
न होमको धुवाँ।
लेख्या रैनछ कोही
लगनगाँठाकोञ्सङ्गी।
देख्न अरूजस्तै रूप छ
दोष छ त जन्मिदाको डाम।
रुढताक‍ोञ् सिकार बन्यो
कल्कलाउँदोञ्सिउँदो,
मौलाएकाञ्सपना,
सपनाको ञ् घर।
आँखा भएको
अन्धो दृष्टि।
मुल्याहा
अरे
ऊ।
ंं……..
मिलन बोहोरा

अपशासन

हे
ध्वजा
वाहक
शब्दनृप१
पक्षपाती छ
तिम्रो शासन।
उच्चमन्यता छ
तिम्रो सोच्ने आधार।
दृष्टिकटु आचरण
श्रुतिकटु बोलिवचन
अचम्मको छ तिम्रो शासन।
फलिफापको आशा थियो,
फाँड्ने तर्खर देख्छु,
मौलाउन नपाइ
सुक्नेभए शब्द।
अक्षम्य जस्तै
अपराध
तिमीले
गर्दै
छौ।

पुष्कर अथक रेग्मी
पाल्पा, नेपाल

रम्बास
………….

यौटा
कविता
विधा भित्र
उपविधाञ्भै
प्रस्तावित यात्रा
जन्म र मृत्युु बिच
सत्य सौन्दर्य शक्तिको
भावोद्रेकको अभिव्यक्ति
बिम्ब ञ् प्रतीकञ् र रसपूर्ण
कथ्यलेञ्ञ्ओतप्रोत ञ्भई
अनौठो यो गणितीय
शैलीमा फैलिएको
जीवनको सार
शब्द चित्रमा
संक्षेपमा
रम्बास्
काव्य
हुँ
(
अर्जुन उप्रेती ९अप्रतिम०
असम
द्वैत
………..

द्वैत
चरित्र
अँगालेका
अनुहारमा
सक्कली कुन हो?
नक्कली कुन पो हो?
ठम्याउनै धौ धौ पर्यो।
सोझा सीधाको के बिसात्
चिनोस–कसरी–अविकल !
पीत्तल –बनेको सुन–छ
नटल्किने८ बेहाल छ !
टल्किने मालामाल !
भरोसा तिम्रै छ
हे भगवान !
कतै छिटा
पर्दो हो
आश
छ।
…………

प्रियङ्का शर्मा
गोवालपारा, असम

माया
……………..
हो
प्रिये
राख्छु म
तिमीलाई
अंगालो भरी
तिम्रो निम्तिभनी
चुनौती सहने छु
थाहा छैन तिमीलाई
कत्ति माया छ यो मुटुमा
हिमालको हिउँ भन्दा बढ़ी
नदीमा जल भन्दा बढी
माया गर्छु तिमीलाई
अन्यथा नसोच्नु ल
नाघ्ने छु तगारो
जात पातको
दिन्छु तिम्रो
साथ सधैं
कसम
मेरो
हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend