logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

के सत्तामा बसेको सेवासुविधाको भागिदार बन्न मात्र हो ? अनुषा थापा


  • जन आकाश
  • मंगलबार, साउन १२ २०७८

अनुषा थापा
भक्तपुर



हामीले हरेक सामान खरिद गरेबापत राज्यलाई राजस्व तिछौँ । उधोगपतिहरुले राज्यलाई अलिक धेरै राजस्व तिर्छन् । भने हामी सर्वसाधारण चाहि अलि कम राजस्व तिछौँ । तर सरकारले तोकेअनुसार राजस्व चाहि तिछौँ नै ।

हरेक वर्षको जेठ १५ गते सरकारले बजेट भाषण ल्याउछ । सरकारले बजेट भाषण गर्दा सबैभन्दा बढी खुसीको हुन्छ ः निर्माण ब्यबसायी र सरकारी कर्मचारी । त्यसपछि सरकारी कर्मचारीको तलब बढ्छ, भत्ता पनि । यता ठेकेदारवालाहरुले पनि नयाँ नयाँ काम पाँउछन् । चाहे बाटो निर्माण गर्ने होस्, चाहे पुल मर्मत गर्ने होस् । प्रत्येक वर्ष बजेट भाषण गर्ने बेलामा ठेकेदारहरुले सामान सिद्दियो भनेर हाहाकार देखाउने गर्छन् । हरेक बजेट भाषणमा ब्यापारीहरुले सामान लुकाउने र सामानको हाहाकार देखाएर सरकारलाई सामानको मुल्य बढाउन लाउने ।

सरकारले प्रत्येक बर्ष हरेक ठाँउको गल्लीगल्लीलाई पुग्ने गरि बजेट छुट्याउछ । जुन बजेट सरकारले छुट्याउछ त्यो जनताले तिरेको कर हो । तर कुन पार्टीको सरकार सत्तामा छ, कुन जिल्लाको सांसद सत्तामा बसेको छ । उसको जिल्लामा सबैभन्दा बढी बजेट पारित हुन्छ । यसले गर्दा पनि जुन क्षेत्रको सांसद मन्त्री, प्रधानमन्त्री बनेको छ त्यस क्षेत्रको मात्र विकास हुन्छ ।

हम्रो देशमा ७७ वटा जिल्ला छ । ती मध्ये अझै पनि कत्ति वटा जिल्लामा बाटो पुगेको छैन् । पु¥याएको भएपनि कच्ची साइकलसम्म हिड्न नसक्ने खालको यो कुरा त हामीलाई भन्दा पनि राजनितिक दलहरुलाई बढी थाहा होला । बाटो नपगेको जिल्लामा कुनै सेवासुविधा छैन् । न त्यहा बत्तीको नै छ न त खानेपानीको सुविधा नै छ । शिक्षा र स्वास्थ्यको त कुरै छोड्देऔ । अझै पनि कत्ति जिल्लामा त फोन सुविधासमेत राम्रो पुगेको छैन ।

जुन जिल्लामा विकास भएको छैन त्यही जिल्लामा सम्पर्ण बजेट छट्याइदिने हो भने त्यस क्षेत्रको मान्छेले पनि कुनै सुविधाको अननुभुृति गर्न पाउथे कि । यसमा राजनितिक दल र सरकारको ध्यान कहिले जाने ?

हाम्रो देशमा एउटै मान्छे पटकपटक सत्तामा गएको छ । मैले बुझेअनुसार एउटै नेताले १६ पटकसम्म मन्त्री बनेको छन् रे । एकचोटी मन्त्री भइसकेपछि त्यो मन्त्रीलाई सत्तामा चढ्न दिनुहुृदैँन । यसो गर्दा खेरि दुर्गम र अविकसित जिल्लाको सांसदहरु पनि मन्त्री बन्न पाउथे कि । जोे पार्टीको अध्यक्षको नजिक बस्छ, जसले सभापतिको सपोर्टमा बोल्यो, जो सभापतिको दाँयाबाँयाको झोले बन्यो उसले मात्र पटकपटक मन्त्रीको पद पायो । अरु दुर्गम क्षेत्रबाट आएको सांसदहरुले मन्त्री बन्ने अवसर पाएन् । मन्त्री बनेसकेपछि त सबैको हाउभाउ नै फेरियो । मन्त्रीहरु जत्ति पनि बजेट आँउछ त्यो आफ्नै जिल्लामा लगेर खन्याउछन् ।

७७ वटा जिल्लाको भुमि नेपालको हो । नेपालको हरेक जिल्लामा बस्ने सर्वसाधारण नेपाली हुन् । तर हरेक पार्टीका नेताहरु मात्र मन्त्री बन्ने र अरुलाई चाहि ओझेल पारिदिने । सांसद नै ओझेलमा परिसकेपछि त्यो जिल्लाको विकास कसले गर्ने । आजभन्दा केही वर्ष अगाडि एक जना जुुम्लाको सांसदले भन्नुभएको यो वाक्य कत्तिलाई आज पनि याद नै छ होला । उहाँले के भन्नुभएको थियो भने पुर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो मित्र महेश बस्नेतको वडालाई पुरै जुम्ला जिल्लाभरिलाई पुग्ने जत्ति बजेट खन्याएको थिए रे ।

यो त एउटा उदाहरण मात्र हो । यस्तै सरकारमा बस्ने हरेक जिल्लाका नेताहरुले आफ्नो क्षेत्रमा मात्र बजेट ओइराएको छन् । अनि जुन क्षेत्रले मन्त्री पाउदैन् त्यो क्षेत्रको बिकास नै हुदैन ।

२०४६ सालपछि मात्र एउटै ब्यक्ति १५।१६ चोटि मन्त्री भइसकेको छन् । जो मान्छेसंग देश चलाउने क्षमता छैन् त्यस्तोलाई सत्तामा ल्याउनु भनेको जनताले तिरेको कर सत्यानाश गर्नु मात्र हो । नेता कुनै जिल्लाको मात्र हुदैँन् । नेता भनेको सबै जिल्लाको लागि समान हुन्छन् ।
अहिलेको प्रधानमन्त्री शेरबहादृर देउवा सत्तामा चढेको यो पाँचौपल्ट हो । यो भन्दा अगाडि उहाँ चारचोटि प्रधानमन्त्री बनिसक्नुभएको छ । चार चोटि सत्तामा बसेर केही गर्न नसकेको तीन करोड जनताको माननीय प्रधानमन्त्रीले अहिले पनि केही गर्नुहुन्छ भन्ने आशा हामी नेपाली जनताको मरिसकेको छ ।

पार्टीमा बोल्न नसक्ने दुर्गम ठाँउको सांसदलाई चाहि मन्त्री बन्न नदिने । हिजो देशको राजनिति परिवर्तन गर्नको लागि ७७ वटै जिल्लाको हजारौँ मानिस शहिद भए । कत्तिको बाबुआमाले आफ्नो छोराछोरी गुमाए भनि कत्ति बालबालिका टुहुरो भए । तर त्यो गाँउले अभिभावकको रुपमा मन्त्री पाएन् । पिछाडिएको जिल्ला अहिले पनि पिछाडिएकै छ । यस्तो पनि लोकतन्त्र र गणतन्त्र !

ती सहिद भएको ब्यक्तिको परिवारले दईछाक खान पाएको छैन् । के जनताहरु भ्रष्ट्रचारीहरु सत्तामा चढ्न भनेर सहिद भएका थिए । राजनितिको नाममा यस्तो फोहोरी खेल खेल्न यिनीहरुलाई लाज लाग्दैन् । देश विकास गर्छु भनेर त सत्तामा बस्छन् तर सत्तामा पुगेपछि हाम्रो देशको नेताहरुको रुपरंग नै बद्लिन्छ ।

मन्त्रीलाई मन्त्रालयमा आफ्नो फोटो टास्दै ठिक्क, यता प्रधानमन्त्रीको पनि त्यही हाल । राजनितिमा भएको यस्तो बेतिथि जनताले कत्तिदिन सहने । ब्यबस्थापन फेरियो, सरकार फेरियो तर सरकार चलाउने पात्र फेरिएन् । सरकारको पात्रसंग सरकारको काममा पनि परिवर्तन् आएन् । यस्ता नेताप्रति नेपाली जनतालाई घृणा नै लागेर आइसक्यो ।

२०६२।६३ सालमा आन्दोलन भयो । त्यतिखेरका सर्वसाधारणहरुले भनेको एउटा सत्य कुराःजनताले तिरेको कर राजाको आवश्यकताको परिपुर्ति गर्दै ठिक्क हुने भो । त्यही भएर त्यतिखेर सम्पुर्ण जनता सडकमा उत्रिए । तर पनि सरकारको दिमाग अझै घाँस चर्न गएको छ ।
वडाध्यक्ष, मेयरहरुले अहिले पनि मिटिड. भत्ता, तलबभत्ता पनि खाइरहेको छन् । अझै सरकारी गाडी पनि चढेका छन् । काम चाहि केही नगर्ने अनि सम्पुर्ण सेवासुविधाको भागिदार चाहि बन्नुपर्ने । जनताको काम गर्नको लागि सत्तामा बसेको कि आफ्नो आवश्यकता पुरा गर्न ।
हाम्रो देशमा त पदमा पुग्न पाएको हुदैँनन् सेवासुविधा खोज्ने । अनि यस्ताले पनि देश विकास गर्छन् । के देश विकास गर्नलाई गाडी र मँहगो गलैचा चाहिन्छ । खोइ अन्य देशमा मन्त्रीहरु साइकलमा चढेर देशविकास गरेको छन् भनि यिनीहरु चाहि पैदल हिडेर देशविकास गर्न नहुने ।

हाम्रा देशका नेताहरु यत्ति गएगज्रिएका छन् कि पदको लागि जे पनि गर्न तयार हुन्छन् । काम पद र कृर्सीले गर्ने होइन् नेता ज्यू । दिमाग र आत्मबल हनेलाई पदको आवश्यकता नै पदैन् । राष्ट्र र जनताप्रति आफ्नो जिम्मेवारी बिर्सिने राजनितिक दलले जनताले तिरेको करबाट तलबभत्ता खाएर, कृर्सी ढाकेर बसेर केही फाइदा हुदैन । हरेक नेपालीको मनमा उब्जिएको एउटा प्रश्न ः के नेपालीहरु सहिद बनेको हजुरहरुलाई मन्त्री र प्रधानमन्त्री बनाउन हो ? हजुरहरुको राजनीतिप्रति हरेक नेपालीको धिक्कार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend