जन आकाश
काठमाडौं । नबिलबैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । ग्रहकलाई सुबिधा दिन यस्तो डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो नविलका जन सम्पर्क हेदै आएका कृष्ण सुवेदीले बताएका हुन् । उनले थपे ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् ।
बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवाशुल्कमा छुटको व्यवस्था पनि गरेको छ ।
यो सुविधा बैंकद्वारा जारी अभियान“नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता”अनुरूप रहेको छ ।
आङ्खनो देशभर १३५ वटा शाखाकार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ बर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरु लाई मुल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागी लक्षित गरिराखेको बैकका जन सम्पर्क सुवेदीले बताएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend