logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता


  • जन आकाश
  • शुक्रबार, साउन १५ २०७८

काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेप कर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ सम्बृद्धि बचत खाता”सञ्चालन माल्याएको छ ।



ग्राहकहरुले मात्ररु १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाताखोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहक हरुलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.२५% को दरले मासिकब्याज भुक्तानी प्रदान गर्ने बैकले उल्लेख गरेको छ ।

पहिलो वर्षको लागि निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदानगर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभलिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend