जन आकाश
ओलम्पिकमा नेपालको गिर्दो अवस्थाको कस्ले गर्ला चिन्ता
भरखरै नेपाली खेलाडीको टिम जापानको टोकियोवाट नेपाल फर्केको छ । जम्मा ५ सदस्य खेलाडीको टोली जापानको टोकियोमा खेल खेल्न गएका थिए भने २० जना अफिसियल सदस्यहरु जापान पुगेका थिए । नेपालले पदक जित्नुत परको कुरा पहिलो चरणपनि कुनैले पार गरेनन् । यस बिषयमा कसैले चिन्ता गरेको देखिएन ।
तर जापानवाट नेपालका खेलकुद पत्रकार भनेर चिनाउने पत्रकारहरुले लाजै नमानी नेपालका खेलाडीहरुले राष्ट्रिय किर्तिमान भंङग भन्दै समाचार पठाए ति पत्रकारहरु को रहेछन् भन्दा जापानमा अफिसियल सदस्यको रुपमा गएका नेपालमा राजनीतिक पार्टीको झण्डा बोक्ने पार्टीले अह्रएको काम गर्ने ब्याक्ति रहेछन् । बिचराको के दोष, पत्रकारिताको अभ्याश गरेको भएपो खेलकुदको आलोचनात्क ढंङगले समाचार बनाउदा र खेलकुदमा भएका बिकृत राजनीतिको बारेमा यसै मौकामा भण्डाफोर गरेर स्वस्थ प्रतिस्पर्धा निष्पक्ष खेलकुद, राजनीति मुक्त खेलकुदलाई प्रोत्साहन पुग्नेगरी र नेपालले पनि खेलकुद क्षेत्रवाट आउदा ओलम्पिकहरुमा पदक जित्ने बनाउन सकिन्थ्यो भन्ने सोच राख्थे । समाचार त्यस्तै लेख्ते होलान् । तर अनुभव थिएन । अभ्याश थिएन । मौकामा जापान घुमौ भन्ने उदेश्य थियो । त्यो पुरा गरे आए । त्यसैले खेलकुदमा निराशा भएजस्तै पत्रकारिताको पनि निराशा नै भयो ।
खेलकुदवाट पदकको आशा र्मादा पत्रकारिता जगतको पनि आशा गर्ने ठाउँ भएन किनकी पत्रकारको कार्ड भिरेर गएकालाई पत्रकार नमान्नु पनि भएन तर खेलकुद क्षेत्रको बिकास, उन्नति, प्रगति के गर्दा हुन्छ भन्ने कुरा बुझेको र अन्तराष्ट्रियस्तरमा कसरी पदक जित्दा रहेछन् । पदक जित्ने देशहरुले के कस्ता रणनीति अपनउदा रहेछन् । ति देशका खेलाडीहरुको व्यवस्थापन कस्तो रहेछ त्यस्ता बिषयबस्तु समेटेका अनुभवले प्राप्त पत्रकारहरु त्यहा भइदिएको भए र समाचार त्यसलाई समेटेर आइदिएको भए नेपालका खेलकुद पत्रकारको मात्र होइन पत्रकारिता जगत कै प्रतिष्ठा बढ्थ्यो भलै खेलकुद क्षेत्रमा भ्रष्टचार गरेर राजनीतिकरण गरेर नेपालको प्रतिष्ठा नै बिगारेका खेलकुदका नेतृत्वकर्ताहरुलाई यस्ता बिषय मन नपरेपनि देशको लागि पवित्र काम हुन सक्थ्यो ।
जाहानियाँ र राजतन्त्रकालीन सामान्तवादको अरोप लाग्ने समयमा नेपालले ओलम्पिकहरुमा पदक जितेको दृष्ठान्तहरु छन् । तर गणतन्त्र जस्तो परिवर्तन भएको देशमा स्वस्थ प्रतिस्पर्धावाट देशैभरीवाट खेलाडी छानेर पठाउने ब्यवस्थपन नगर्दा रहेछन् ।
त्यसैको परिणाम हो नेपालले टोकियो ओलम्पिकवाट पदक बिहिन भएर नेपाली खेलाडीहरु घर फर्कनु परेको । यसरी उदोगतिमा खेलकुद क्षेत्रलाई पुु¥याउने ब्याक्तिहरुको बारेमा प्रश्न उठाउनुपर्छ की पदैन ? कुनैपनि देशमा राष्ट्रको प्रतिष्ठासँग जोडिने बिषयको पदमा आशिन पदाधिकारीहरुले कित आफ्नो कमजोरी स्वीकारेर माफी मागेर गल्ती नदोहो¥याउने गर्छन् । कित नैतिकताको आधारमा राजिनामा गर्छन् । नेपालका नेतृत्वकर्ताहरुले त्यो नगर्लान् । तर देशको प्रतिष्ठाको बिषय भएको हुनाले नेपालको खेलकुद क्षेत्रमा आउदा दिनमा यस्तो मैले गरेको नेतृत्वमा सानो कमजोरीले राष्ट्रले ठुलो क्षति ब्यहोर्नु पर्दोरहेछ भन्ने चेत मात्र पनि आइदिए नेपालले खेलकुदमा प्रगति गर्न सक्छ ।
यस्ता खेलकुदका सम्भावना भएको ठाउँहरुमा योग्य, दक्ष, सक्षम प्रशिक्षकहरु केन्द्र देखि गाउँसम्म पु¥याउने र जस्ले राम्रो खेल्छ । स्वास्थ प्रतिस्पर्धा गराएर देशभरी कै उत्कृष्ट जो हुन्छ उसैलाई अन्तराष्ट्रियस्तरमा खेल्न पठाउने हो भने नेपालले पदकको भारी बोकेर फर्किने दिन पनि आउछ । ओलम्पिकमा खेल्न जाने खेलाडी ५ जना होइन ५ सय जना अफिसियल १५ सय जना पठाएर किर्तिमान राख्न सकिन्छ ।
आशा गर्ने ठाउँहरु छन् । नेपालले खेलकुद ओलम्पिक पदक भारी मात्रमा जित्न सफल भएको खण्डमा नेपाललाई पनि ओलम्पिक खेलकुद आयोजना गर्र्ने अवसर प्रप्त हुनसक्छ । खेलकुदले पनि देशको मुुुुहार फेर्न सक्छ । अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान बनाउन सक्छ । यस्तो राम्रो सम्भावना बोकेको खेलकुद क्षेत्रमा अहिले देखिएको फोहोरी छलकपट राजनीति मुक्त बनाउनु आजको आवश्यता बनेको छ ।
सम्बन्धित निकायले राम्रो अध्ययन गरेर नेपालको गिर्दो खेलकुद क्षेत्रको बारेमा सोचोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend