logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दिनेशको कथा,पूर्व सहायक रथी तेज प्रकाश बानियाँको कलमवाट


  • जन आकाश
  • आइतबार, साउन २४ २०७८

 



 

 

 

तेजप्रकाश बानियाँ, पूर्व सहायकरथी

दिनेशको कथा

अन्तरेको घर काभ्रे जिल्लाको, वसन्तपुर नगरपालिका वडा नं.६ भुषाफेदा भत्रे ठाउँमा पर्दछ । उसको परिवारमा बूढीआमा, श्रीमती, छोरा, छोरी र आपूmसमेत ५ जनाको सङ्ख्या छ । जम्मा १ रोपनी जग्गामा बनिबुतो गरी परिवारको लालनपालन धान्दै आएको छ । उसलाई गाउँमा केही आर्थिक गारोसारो परेमा नजिकमा मुखिया बाको घर छ । काम गरेर कटाउने सर्तमा चाहिएको रकम ल्याएर घर खर्च टार्दै आएको छ । आफु सरहका साथीभाइ बाहिर गएर आर्थिक प्रगति गरेको पनि देखेको छ । उसले प्रगतिमात्र हैन गाउँमा भएको जग्गा सबै निखारेर पैसाजति दलाललाई बुझाएर विदेशबाट कति रित्तै आएका र कति बाकसमा बन्द भएर आउनेको दुर्गित पनि देखेको छ । तर उसले त्यो विदेश जाने दुस्साहस गरेन ।

 

उसको छोराको उमेर पनि साढे सात वर्ष भयो । पोहोर सालदेखि मुखिया बाले उनकोमा गोठालो राख्न पठाइदे, ‘बाह्रखरी पढाइदिन्छु । अनि अरू पढ्न सक्ने हुन्छ’ भन्याभन्यै छन् । मुखियाका बूढाबूढीको पनि एउटा भएको छोरा गतसाल गाडी दुर्घटनामा त्रिशूलीमा हराएपछि विरक्त छन् । छोरा हराएको खवर सुनेर बेहोस भएकी बुहारी होसमा नआइक्न्न विदा भइन् । बाले ६० वर्षको उमेरमा घर धानेर २ वटा नाति स्याहारेर बसेका छन् । तैपनि टार्न सक्छुकी भनेर अन्तरेले मुख फोरिहाल्यो । ‘बा छोरो सानै छ । तपाईंको घरमा के काम गर्न सक्ला र रु’ ‘धेत् केही गाह्रो छैन, सामान्य काम त हो नि’ । अन्तरेले उनलाई नजिकको छिमेकी सम्झिए पनि मुखिया चाहिँ कुटिल स्वभावका थिए । उनले फेरि थपे । ‘पर्सीबाट माग लाग्छ । मेरो ठूलो नाति पनि फागुनबाट ६ कक्षामा भर्ना हुन काठमाडौं जान्छ । के गर्नु पहिला यो विद्यालयलाई माध्यमिक बनाउन खोजेको बेलामा बिरोध गरियो । ऐले पश्चाताप भयो । यो सबै समय चक्र हो । ल अब धेरै कुरा के गरिरहनु, १ गतेबाट छोरालाई यहाँ ल्याइदिनु हिसाव गर्न पनि सजिलो हुन्छ’, भने । एक महिना ठूलो बाबुसँगै हिडेपछि गोठालोको काम राम्ररी सिक्छ । अरू घरायसी काम घरबेटी बूढीले विस्तारै सिकाइहाल्छे, मुखियाले भने । यसरी मुखिनी बूढीलाई मुखियाले घरबेटीको सङ्ज्ञा दिए ।

 

अन्तरेलाई पनि अलि असजिलो भएको छ मनमा । छोरालाई ज्याला कति दिने हुन् । केही कुरा गरिएन । घरमा बेलुका घर सल्लाहको कुरा आयो । दिनेशको अगाडि कति तलव माग्ने भत्रे छलफल गर्दा, दिनेशले जवाफ दियो कि तलवको केही वास्ता नगरे पनि हुन्छ । बूढाका नातिहरूले पढेको सुनेर पनि म पढेरै छोड्छु । तपाईंहरूलाई देखाएर छोड्छु । दिनेशको कुरा सुनेर उनीहरूले पनि अचम्म माने । ठिकै छ, राखौंन त एकवर्ष हेरौँ भनेर १ गतेका दिन बेलुका आमाका साथ दिनेशलाई पुु¥याइ दिए । घरबूढाले आज पहिलो दिन भएकोले दिनेशको आमालाई पनि त्यहाँ भात छोरासँगै खान र छोरालाई भाँडा माझ्न सिकाइदिन, भने । हिजोसम्म गोठाला लाग्ने कुरा थियो तर आज यहाँ आउँने बित्तिकै कुरा बदलियो, तैपनि छोराले चुप लाग्नु आमा भनेर आमालाई इशारा ग¥यो ।

 

बिहान बेलुका भाँडा माझेर दिउँसो गोठालो गयो । थकाइले चुर भएर केही किताव हेर्न के सक्नुर ? हजुर आमाले सिकाएको रामायण कण्ठ गर्नाले पनि बढी सजिलो भएछ । अरूलाई देखाएर हो जस्तो पार्न माघ २ गते नै साहुले एउटा बाह्रखरी पुस्तक ल्याएर दिएका थिए । बरू १ महिना मुखियाका नातिसँग सँंगत हुँदा बारखरीको किताब पूरै पढ्न सक्ने भएछ दिनेशले । उमेरमा साहुका २ नाति र दिनेश उत्तिकै थिए । नजिक प¥यो कि दुवै नातिले दिनेशलाई प्याट्ट हानिहाल्थे । सानो गल्ती भयोकी काम पुग्यो । मानौं कि दिनेशको जन्म २ भाइको कुटाइ खान भएको हो, तैपनि दिनेशले कुनैदिन एक वचन मुख फर्काएन ।

पछि ठूलोबाबु पढ्न शहर गएर दिनेश एक्लै गोठालो जादा पनि घरमा भएका पुराना किताब झोलामा हालेर दिउँसो हेर्ने र नबुझेको कुरा बुझ्नेसँग सोधेर कण्ठ गर्दथ्यो । साहुबाले स्कुलमा भनेर परीक्षा दिने व्यवस्था मिलाई दिए । आखिर ५ कक्षाको फाइनल परीक्षामा साहुबाको नाति र दिनेशले बराबर अङ्क प्राप्त गरे । बाजेले सङ्का मानेर हो कि क्या हो, तेंले सानो बाबुको सबै सार्न भ्याइस् कि क्या हो श्र
नत्र कसरी यस्तो भयो भनेर हकारे । हैन बाजे जो मानिसको एउटा अङ्ंग कमजोर हुन्छ त्यसको शक्ति अर्को अङ्गले दिन्छ । मलाई पनि पढ्ने फुर्सद नमिलेकोमा स्मरण शक्तिले काम दियो । ल ल अब धेरै कुरा जात्रे भइछस् भनेर कुराको बिट मारे ।

 

अब दिनेशलाई पनि असजिलो प¥यो । त्यसैताक नेपालमा व्यापक रूपमा नयाँ शिक्षा लागु गर्ने योजना सफल पार्न विभित्र देशहरूबाट सहयोग आउने क्रम जारी थियो । त्यसैक्रममा नर्वे सरकारबाट इन्टरनेशनल एजुकेशन फाउण्डेसन नामक संस्थाले नेपालको लागि विज्ञान, अङ्ग्रेजी र हिसाबमा एकएकजना गरी ३ जना स्वयम् सेवक शिक्षक नेपालको काभ्रेलाई भनेर पठाएको रहेछ । तर काभ्रे जिल्ला शिक्षा कार्यालयले परीक्षणको लागि भनेर ३ जना शिक्षकलाई वसन्तपुर माध्यमिक विद्यालयमा खटाइदिएछ । तिनै शिक्षकको लागि एकजना भान्छेको आश्यकता परेकोमा कताबाट दिनेशको नाम परेको रहेछ । उनीहरूलाई पनि त्यस्तै इमान्दार मान्छे चाहिएको थियो । यस तरिकाबाट भान्छे लागेर दिनेशले ५ वर्षे प्रोजेक्ट समाप्त हुँदा एसएलसी उत्तीर्ण गरे ।

 

यसरी बलियो अङ्क प्राप्त गरी फलामे ढोका पार गरेको दिनेशलाई नर्वेजियन सरकारले आप्mनै देश लगेर ५ वर्षे कोर्ष अफ स्टडी भएको जलश्रोत ईञ्जिनियर पढाएर नेपाल फिर्ता पठाइदिए । उता मुखियाबाले नातिहरूलाई राम्रो पढाइका लागि काठमाडौं राखे पनि उनीहरूले राम्रो लाइन लिन सकेनन् । टेष्टसम्मको प्रमाणपत्र काखी च्यापेर घर र्फिर्कए । ऐलेको समय परिस्थिति अनुसार व्यापार व्यवसाय गर्ने अरे भनेर कोटेश्वरमा घर किनेर बस्न थालेछन् ।

 

दिनेशले ५ वर्षको अबधि पार गरे । उनको पढाइको स्तर, तरिका र लगनशीलता देखेर नर्वे सरकारले नर्वेको पावर विभागको जागिर र उसले चाहेको तलव दिने प्रस्ताव राखेको थियो, तर आप्mनो देश विकासको अगाडि उनलाई त्यो तुच्छ लाग्यो । उनी देशमा फर्किए । सरकारले दिनेशलाई सम्मान गरेर जलश्रोत मन्त्रालयको अधिकृतमा नियुक्ति दियो । दिनेश १० वर्षपछि घर फर्कंदा आप्mनै गाउमाँ पनि विकासे हावा लागेछ । भुषाफेदा गाउँमा पनि विकासको हावा लागेर ग्रामीण शहरी विकास योजना लागु भएर सानो शहर बनेछ । भूकम्प गएको साल धेरै ठाउँमा पानीको मुहान सुकेर हाहाकार परेकोमा सरकारले पानीको व्यवस्था गर्न सकेको छैन । नयाँ निर्मित ठाउँहरूमा पानीको अभाव छ भत्रे सुनिएको छ । भुषाफेदाका २० धुरीका उपभोक्ता अर्को हप्ता जलश्रोत सचिवसँग वार्ताका लागि जुलुस जाने कुरा छ ।

 

तोकिएको दिन नामरोल अनुसार २० जना उपभोक्ता जलश्रोत मन्त्रालयको हाता भित्र पुगे । सचिवज्यूको आगमन भइसकेको रहेछ । उपस्थित मध्ये मुखियाका नाति दुई भाइलाई दिनेश विद्वान भएर नेपाल फर्किकन मन्त्रालयमा सचिव भएको कुरा हालसम्म थाहा रहेनछ । ढोकामा टाँसेको नाम ह्वात्तै देखेर अभैm विश्वास मान्न सकेनन् । वार्तामा भित्र जान बोलाउँदा पनि ती दुई जान लाजले मानेनन् । सचिव आपैmले नामरोल हेर्दा उनीहरू २ जना नदेखेर, उहाँहरू खोई त ? हामी सबै हाजिर छौँ । २ जना बाहिर छन् । भित्रका उपभोक्ताले भने, बोलाउनोस्, सचिवबाट आदेश भयो । ढोकाबाट हात जोडेर दुवैभाइले नमस्कार सचिवज्यू भन्दै उभिए । उनीहरूलाई देख्ने वित्तिकै दिनेशले प्रशंसा गर्दै ‘उहाँहरू हो मलाई यो कुर्सीमा बसाउने । म पैला उहाँहरूको घरमा भाँडा माझ्न बसेको थिएँ । उहाँको परिवारले मलाई पढाइदियो’ भन्दै बसौँ न मेचमा भनेर पूर्ण आतिथ्य सत्कारकासाथ स्वागत गर्दै बसाले ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend