logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बैंक अफ काठमाण्डूकाक ग्राहकलाई सम्यक डाईग्रोष्टिकमा छुट


  • जन आकाश
  • शुक्रबार, साउन २९ २०७८

काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्रोष्टिक प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको बैकले जारी गरेको बिज्ञप्तिामा उल्लेख छ ।



सम्झौता पश्चात् ग्राहकहरुले सम्यक डाईग्रोष्टिक प्रा. लि.ले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत सम्म छुट पाउनेछन् ।

सम्यक डाईग्रोष्टिक प्रा. लि. ले काण्ठमाडौं उपत्यकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको दावी बैकले गदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend