जन आकाश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ। प्रतियोगिताको चौथो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ।सुदूरपश्चिमले जारी प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम आज जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
यता, पोखरा एभेन्जर्सले आजको खेलसँगै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ। पहिलो खेलमै जित निकालेर सुखद सुरुवात गर्ने लक्ष्यसहित पोखरा मैदानमा उत्रनेछ।
मंगलबार भएका दुई खेलमध्ये पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि जित निकालेको थियो।
आजको खेलमा सुदूरपश्चिम जितको खोजीमा रहँदा पोखरा भने प्रतियोगिताको पहिलो खेलमै विजयी सुरुवात गर्ने प्रयासमा हुनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend