logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नेपाल टेलिकमको ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक, ५९९ रुपैयाँमा ३० दिन सेवा


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ।



एनपीएलको आधिकारिक टेलिकम साझेदारसमेत रहेको नेपाल टेलिकमले ग्राहकलाई सस्तो शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले उक्त प्याकेज ल्याएको जनाएको छ।

प्याकेजका मुख्य सुविधा

यस प्याकेजअन्तर्गत ५९९ रुपैयाँ (करसहित) मा ३० दिनसम्म सेवा लिन सकिनेछ। ग्राहकले प्रतिदिन ८ जीबी डाटा र नेपालका जुनसुकै नेटवर्कमा कल गर्न मिल्ने ३३३ मिनेट भ्वाइस कल सुविधा पाउनेछन्। यो प्याकेज प्रिपेड तथा पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध छ।

पोस्टपेड प्रयोगकर्ताले प्याकेज खरिद गर्दा लाग्ने शुल्क आफ्नो मासिक भाडा शुल्कमा समावेश गरिनेछ।

कहिलेसम्म खरिद गर्न सकिन्छ?

नेपाल टेलिकमका अनुसार यो प्याकेज २०८३ कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ।

प्याकेज कसरी खरिद गर्ने?

ग्राहकले आफ्नो नेपाल टेलिकम मोबाइलबाट *१४१५# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमा रहेको प्याकेज खण्डबाट ‘एनपीएल अनलिमिटेड प्याकेज’ खरिद गर्न सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend