logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एडीबीएल स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं। कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपबाटै डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सक्ने भएका छन्।



यस सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट र आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट र डीटीएच टिभीको संयुक्त प्याकेज तथा डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसेर नवीकरण गर्न सक्नेछन्।

डिसहोमले ग्राहकलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउने उद्देश्यले विद्युतीय भुक्तानीका विभिन्न माध्यमबाट सेवा नवीकरण गर्न सकिने व्यवस्था गर्दै आएको जनाएको छ।

स्मार्ट प्लस एपसहित अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमबाट पनि डिसहोमका सेवा नवीकरण गर्न सकिने कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend