जन आकाश
काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । Near Field Communication (NFC) मा आधारित उक्त कार्ड (NFC) युक्त अर्थात ट्याप सुविधा भएको POS मेसिनहरुमा प्रयोग गरी ग्राहक महानुभावहरुले भुक्तानी गर्न सकिने सुबिधामा आधारित सुबिधा ल्याएको हो ।
नयाँ वप्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट एइक् मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिने सुविधा जारी गरेको हो । हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुले ब्यक्तिगत दुरी कायम गर्न सहज हुने बैकले आशा गरेको जानकारी दिएको छ । हाललाई यस प्रबिधि मार्फत ग्राहकहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend