जन आकाश
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रियस्तरका ‘ख’ वर्गका विकास बैंकहरुको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५८.२३ प्रतिशतले बढेको छ । कोभिड (१९ ले अर्थतन्त्र ठप्प भएको, नेपाल राष्ट्र बैंकले प्रोभिजनिङका लागि सीमा बढाएको र घट्दो ब्याजदरमा समेत विकास बैंकहरूले उच्च मुनाफा आर्जन गरेका छन् ।
केही विकास बैंकले आर्जन गरेको मुनाफा राष्ट्रियस्तरका वाणिज्य बैंकहरूको भन्दा पनि बढी छ । वाणिज्य बैंकहरुको भन्दा थोरै पुँजी, लगानी, जनशक्ति तथा स्रोत(साधन रहेका विकास बैंकहरुले उच्च प्रतिफल र आकर्षक वितरणयोग्य मुनाफा आर्जन गरेको गत आर्थिक वर्षको तिनीहरूको वार्षिक प्रतिवेदनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी राष्ट्रिय तथा क्षेत्रीयस्तरमा १८ वटा विकास बैंकहरू सञ्चालनमा रहेका छन् । जसमा १० वटा राष्ट्रियस्तरका र ८ वटा क्षेत्रीयस्तरका हुन् । धितोपत्र बोर्डमा १७ वटा विकास बैंकहरू सुचीकृत छन् । तीमध्ये १३ विकास बैंकले उच्च मुनाफा आर्जन गरेका छन् भने ३ विकास बैंकको मुनाफा गतवर्षको तुलनामा ऋणात्मक रहेको छ ।
गत वर्ष वाणिज्य बैंकहरूमा सबैभन्दा कम सिभिल बैंकले ५६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस बैंकलाई मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैक र कामना विकास बैंक गरी ५ वटा विकास बैंकहरुले नाफामा उछिनेका छन् । लुम्बिनी विकास बैंक र साइन रेसुङ्गाल बैंकले सिभिल बैंकको हाराहारीमा नाफा कमाएका छन् ।
७५ करोड रूपैयाँ मात्रै मुनाफा आर्जन गरेको सेन्चुरी बैंकले भन्दा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले बढी नाफा गर्न सफल भएका छन् । ज्योति विकास, महालक्ष्मी र कामना सेवाले उक्त वाणिज्य बैंककै हाराहारीमा नै मुनाफा कमाएका छन् ।
मुक्तिनाथ विकास बैंकले भने तीन वाणिज्य बैंकहरू सिभिल बैंक, सेन्चुरी र नेपाल एसवीआई बैंकलाई मुनाफामा पछाडि पारेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend