जन आकाश
काठमाडौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गईरहेको छ । तर, विश्वमा फैलिरहेको महामारी कोरोना भाईरसले गर्दा गतव र्षमा जस्तै भौतिकदुरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थितिबिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न गरिमा बिकास बैकले नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्र्ने भएको छ । उक्त प्रतियोगिता कस्ले जित्ला भनि अहिले नै अडकल बाजीहररु हुन थालेका छन् ।
प्रतियोगितामा प्रतियोगीहरुले तिजको बिषय बस्तुसँग आधारित भए भिडियो बनाउनु पर्ने छ । उक्त बिषय भन्दा बाहिर गएर बनाइएका भिडियोलाई मान्यता नदिने बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । त्यस प्रतियोगिताको विजेताले रु ९,००० उप–विजेताले रु ६,००० र तेस्रो हुनेले रु ३,००० पुरुस्कार प्रप्त गर्ने उल्लेख छ । अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु प्रप्त गर्ने उल्लेख छ ।
टिकटक प्रतियोगितामा भाग लिनेहरुले गरिमा बिकास वैकको फेसबुक र बेबसाईटमा गएर अपलोड गर्नुपर्ने उल्लेख छ । भिडियोः २०७८–०५–१० गते देखि २०७८–०५–२४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar / #Garimabikasbank ह्यास ट्याग प्रयोग गरि टिकटक भिडियो बनाउनु पर्ने छ भनि बैकले उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend