logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविता योगमाया (शार्दूलविक्रीडित) सुलोचना शर्मा


  • जन आकाश
  • मंगलबार, भाद्र १५ २०७८

 



सुलोचना शर्मा

प्यारो रम्य पहाड भोजपुरको बस्ती कला छन्दको,
ज्यादै चर्चित नाम त्यो नगरको ऐले षडानन्द हो ।
दिङ्ला पुण्यथला समीप रसिलो ग्रामीण बस्ती थियो,
न्यौपाने थरका जहान रहने आवास सिम्ले भयो ।।१।।

माता चन्द्रकला पिता पनि रहे श्रीलालका साथमा,
छोरी ज्येष्ठ बनेर आगमन भोझ आषाढको मासमा ।
आभा मन्द थियो प्रभात धरणी सन्धानका पद्धति ,
यो कालान्तरमा प्रदीपन भयौ हे १ योगमाया कति ।।२।।

बेग्लै संरचना विधान जगको संस्कार उम्दा छ र ,
छुट्टै रीत विवाह बाल वयमा जिम्मा पराई घर ।
भावी लेख्दछ के निधार नरको सोचिन्न यस्तो किन,
पीडाको विकराल शैल ठडियो वैधव्य भोझ जीवन ।।३।।

एक्लो जीवनमा बुहार्तन बढ्यो सङ्कष्टले आहत ,
अत्याचार खडा थियो सकसको मिल्दैनथ्यो राहत ।
हिंसा व्याकुलता अतीव गृहका स्वीकार्न गाह्रो हुँदा ,
सत्सङ्कल्प कडा गरेर मनमा आवास त्याग्यौ सदा ।।४।।

बाधा तीब्र बढे असाध्य पथमा सम्पूर्ण छन् लस्कर ,
जैले ठक्कर कर्ममा जटिलता भोझ जिन्दगी दुस्तर ।
स्वेच्छाका विधवा विवाह कसरी चाँडै बने खण्डित ,
कोल्टे फेदर्छ सोचले जननीको आत्मा भयो मण्डित ।।५।।

आफ्नै जन्मथलो पियार मझुवा बेंसी थियो सुन्दर ,
यौटा नव्य कुटी प्रवर्तन भयो सत्सङ्गका खातिर ।
आयो चेत विरागको अकलमा सन्यास भोझधारण ,
आत्मातत्व प्रबोध खातिर भयो त्यो ध्यान आकर्षण ।।६।।

छर्दै ज्ञान अनेक भाषण मिठा आफ्नै कुटीमा अनि,
छन् ताना कविता प्रवाह सरिता सर्वार्थ वाणी पनि ।
कस्ता घोर विभेद छन् विकृतिका आधार लाखौँ थरी ,
पीडा बल्दछ सर्वदा हृदयमा त्य‍ो अग्नि ज्वाला सरी ।।७।।

आयो क्रान्ति सचेतता अधिकमा आधार हो सङ्गको ,
छायो राय बडा सुशासन चलोस् सत्ता नयाँ ढङ्गको ।
चाडै स्थापन होस् सुराज्य जगमा सद्धर्म भिक्षा अहो ,
राणा जुद्ध समीप रुग्ण जनका आवाज पुग्दै गयो ।।८।।

कोही उच्च र नीच हुन्न नरमा जातीय आधारमा ,
राख्नै हुन्न कुभावना सुजनले संस्कार निर्माणमा ।
कोही बालविवाहले मुफतमा सास्ती नपाओस् अब ,
आस्था धर्म तथा प्रशासन कडा आचार हुन् वास्तव ।।९।।

धेरै कर्म भए समाज गतिमा सारा रहे निन्दित ,
कस्तो रीत अहो अनाथ विचरो व्यर्थै हुने दण्डित ।
चर्कोब्याज असुल्न हुन्न जनमा दासत्वको अन्त ह‍ोस्,
फाल्न‌‌ै पर्छ सतीप्रथा मुलुकको सद्भावना फ‌ैलियोस्।।१०।।

यस्तै माग थिए अनेक विधिका सुन्दैन त्यो शासक ,
ज्यादै व्याकुलता बढेर अवला आक्रोश भोझदाहक ।
बाँच्नै कष्ट भयो निसाफ नहुँदा संसार पापी घर ,
हाँसी मर्नु निको छ यो जगतमा रोई बचे के छ र ।।११।।

आफ्ना सङ्गतिमा विचार छरियो यो क्रान्तिको चेत हो,
सारा एक विमर्श गर्छ सहसा त्यो अग्निमा दाहको ।
काहाँबाट चुक्यो सुराक फिंजियो ती योजना ढङ्गको ,
बाधा घोर चलेर ताडन बढ्यो सम्पूर्ण त्य‍ो भङ्ग भोझ।।१२।।

अर्को गोप्य अदम्य निर्णय भयो सङ्गी थिए साथमा ,
बेंसी त्यो मझुवा नदी अरुणमा आषाढको मासमा ।
अड्सठ्ठी बलिदानका जन थिए एकादशी प्रात त्यो ,
गङ्गाको जलमा समाधि सजिय‍ो सङ्कल्प नै पूर्ण भो।।१३।।

आशा गर्छ शिला यही बगरमा छौ योगमाया सदा ,
गाथा छर्छ अहा१नदी अरुणले भुल्का बनी सर्वदा ।
आऊ नव्य जुनी लिदै धरणीमा छ‌ैनन् कुनै बाधक ,
नौलो जागृतिक‍ो उषा किरण हौ योद्धा तिमी साधक।।१४।।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend