जन आकाश
आमा र हजुर आमा संग मानेको तिज, राती उठी खाएको दर को स्वाद अहिले कहा पाउनु र !
उहिले मौलिकतामा चाड पर्बहरु मनाइन्थ्यो भने अहिले जबर्जस्ती वा देखासिकीमा रमेका छन धेरै पर्बहरु ।त्यो संगै तिज पर्ब पनी अछुतो बनेको छैन।
असारको मानो रोपी मुरी फलाउने काम सकिए संगै सावनले हरियालीको बर्को ओढेर सुस्तरी पर्बहरु बोलाउछ।सकेसंम मिठोमसिनोको जोहो गरेर आउने चाडपर्बहरु मनाउदै हाम्रो संस्कृती जोगाउने काम नेपालीहरुले गर्दै आईरहेक छन।
अहिले पर्ब मनाउने र संस्कृती जोगाउने होडबाजीमा धेरै बिकृतीहरु भित्रिएका छन।
पर्बहरुको नाममा असाध्य बिकृती फैलिएको पर्बलाई भने म तिजलाई नै लिने गरेको छु ।
म काठमान्डौको बासिन्दा भयकोले यहा मानिने चाडपर्बहरुको बारेमा धेरै थोरै म पनी जानकार छु।यसमध्य तिज पर्ब असाध्य मन पर्ने र बिषेश पर्ब मान्दछु ।तिज आउनु दुई तिन दिन अगाढी बुबा खुवाउने औषी पर्छ। बिषेश गरेर चेलीबेटीहरु लाई औषी अगाढी नै माईतीबाट तिजलाई भनेर लिन जाने चलन थियो र छ पनी ।त्यसै अनुरुप हरेक घरका बुहारिहरु त्यस समयमा प्राय सबै काम सक्ने प्रयत्नमा ब्यस्त हुन्थे।जस्तै माईती जानको लागी मकै भाचेर थन्क्याउने काम, दशैको लागी तोरीको साग छर्ने मुला छर्ने काम,असाढमा रोपेको धान गोड्ने काम सक्न पाए औषीमा माईती गयर तिज मानेर मात्रै फर्कने बिदा पाइन्थ्यो भनी गाई भैसीलाई घास काटेर पिढीभरी थुपारेर मात्र माईती जाने चलन पनी थियो र प्राय अझै पनी काठका वरिपरी छ ।
जब औषी आउथ्यो त्यसदिन माईती गयपछी ब्रतको अघिल्लो साझ पाच छ बजेतिर भुजा खाईसकेपछी दर पकायर (माछा मासु मिठाई दहि लगायत अन्य)सुत्ने र राती ज्ञद्द बज्नु अगावै उठेर दर खाने चलन थियो।भोली पल्ट ब्रत बसी पर्सी पल्ट पन्चमी सकेर मात्र घर फर्कने चलन थियो र मिलेसंम अहिले पनी छ।
अहिले तिजको दर खाने नाउमा असाध्य बिकृती फैलिएको छ।।सायद यो महिलाहरुले पुरुषका नाममा मान्ने पर्ब भयर पनी होला। भदौ लागेपछी राता पहिरन लगायर गहनाको प्रदर्शन गरी दिनभर रमाइलो गर्ने गरेको देखिन्छ।भ्याई नभ्याई आज दुई ठाउमा जानु छ ,भोली तिन ठाउमा छ भन्दै हिडेको देखिन्थ्यो ।म महिला भयकै कारणले पनी यस प्रकारको दरको म बिरोधी नै हु र यस्तो प्रकारको दर खुवाई पुरुषहरुले सहन सक्नुमा म पुरुषहरुलाई महान संझन्छु पनी। यस्तै कारणले गर्दा पनी कतीको घरमा देखासिकीको नाउमा गरिने खर्चको भार थेग्न नसक्दा झै झगडा पनी देखेको छु।म पनी एउटा गृहिणी हु ,यसले गर्दा पनी मैले चाडबाडहरुलाई नछुटाईकन मनाउने काम गर्नु भनेको संस्कृतीलाई जोगाउनु र आउने पिढी( छोराछोरी)लाई जानकारी गराउनु पनी हो।
घरको अबस्था हेरेर मिलेको खन्डमा म पनी औषीमा माइती गयर तिजको पन्चमी सकेर मात्र घर फर्कने गरेको छु ।तर अब त प्रायको घरमा बुढाबुढी मात्र हुने गरेकोले बुढी माईती गयर बस्ने र घरमा खानाको बेठेगान बनायर बुढाको बिजोक बनाउने गर्नु हुदैन जस्तो लाग्छ।
मैले बुझेको कुरा भन्नुपर्दा कसैको लागी धेरै खाएर अर्को कोही अघाउदैन र कोही भोको बसेर कसैको आयु लामो पनी हुदैन ।संस्कृतीलाई समय अनुसार परिबर्तन गर्दै जगेर्ना गर्दै लानु राम्रो हुनेछ ।
आफ्नो बुढाको लामो आयुको लागी ब्रत बस्ने हो भने तिजको ब्रतको दिनमा झनै मिठो मिठो खाना बनायर परिवार र बुढालाई खान दिने र आफु पनी सकेमा ब्रत बस्ने नसकेमा खायरै आफ्नै घरमा रमाउने मान्यता राख्नु पर्छ भन्ने लाग्छ।
मेरो सन्दर्भमा भन्ने हो भने मेरो माईतीमा पनी भोको बसेर धर्म हुन्छ र मन्दिर जादा मात्र धर्म हुन्छ भन्ने कुराको एकदमै बिरोधी होईसिन्थ्यो ।भाग्यले नै भन्नु पर्छ मेरो घर परिवार पनी भोको पेटले मन्दिर जाने कुराको बिरोधी नै होईसिन्छ।
त्यसैले नै मेरो तिज भनेको मेरो घरको दिदी बहिनीलाई वहाहरुको समय मिलाएर दर खुवाउछु र म पनी औषीको दिन माइती गयर घरमै फर्कन्छु र तिजमा झन बुढाकै सेवा गरी बस्नेछु ।सबैभन्दा रमाइलो कुरा भने ब्रतको दिन बुढाको अगाढी नै टन्न खाना खानु पर्छ अनीमात्रै वहाले जान मन भयको मन्दिर लियर गैसिन्छ।
पुरुषहरुको नाममा पुरुषलाई नै पिडा हुने कुनै कार्य नगरौ र परुषहरुले पनी महिलाको भावनाको कदर गरौ पिडा बुझौ।
कतिलाई यो कुरा पाच्य हुदैन तर मैले गर्ने सत्य कुरा सबैलाई जानकारी गरायको हु।
सबैले आफ्नो स्वास्थ्यको ख्याल राखौ !परिवारको ख्याल राखौ !पर्ब साच्चै खुसी लियर आउनेछ निधार खुम्च्याएर नजावस !!सबैलाई तिजको शुभकामना!!गंगा खड्का( शब्द संसार )
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend