जन आकाश
सुसेली
वर पिपल
ठूलो वृक्ष छाहारी
हुन्छ सितल ।
मन बलियो
नडराई लुकेको
घ्यम्पै हल्लियो ।
एकै मत छ
सुसेलीको मञ्चमा
सु(स्वागत छ ।
बन्नु अमिलो
भयौ भने गुलियो
लाग्ला कमिलो ।
मीठो बोलेको
बोली यस्तै हो कि त
चिनी घोलेको ।
गति छाडाले
संस्कृति नै बिगार्यो
हुतिहाराले ।
हुन्छ जिवित
बन्छ गजलकार
प्रेम पीडित ।
मौका पर्खन्छन्
घाउ नदेखाउँनु
नुन छर्कन्छन् ।
स्वाद पाएनन्
बाहुनका बाबुले
च्याउ खाएनन्
गर सामना
नाच्न तिमी जान्दैनौ
टेढो आँगन ।
चिन्ता गरिन्न
कर्म गर्दा मरिन्न
खोला तरिन्न ।
हाम्रो त्रिपदी
लोकलय कसरी
भयो विदेशी ? १२
दुर्गा अधिकारी भमरकोटे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend