logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

समृद्धि शहरको सपना र नेपाली परिवेश


  • जन आकाश
  • बिहिबार, असोज २१ २०७८

 



दिपक सिवाकोटी (प्रेमा सगंम)

समृद्धि शहरको सपना र नेपाली परिवेश
वर्तमान समयमा समृद्ध शहरको चर्चा निक्कै बजारिकरन भएको छ । समृद्ध शहर हुन के हुनुपर्दछ ? विश्वमा कहिलेवाट समृद्ध शहरको सुरुवात भयो । समृद्ध शहरको बिषयमा चर्चा परिचर्चा गरिरहदा शहरकै बिषयमा चाहि विविध क्षेत्रहरुका विज्ञको मत कस्तो रहेको छ ।

शब्दशिल्पीहरुले समृद्ध शहर “माथि”आ–आफ्नै बुझाई र भोगाई लेखेका छन् । बिकासविद, समाजशास्त्रीहरुले समृद्ध शहरको बिषयमा खोज, अध्ययन, सोध र अनुसन्धान गरेका छन् । सात हजार बर्षभन्दा पुरानो प्रचीन सहर सिरियाको दमस्क देखि अहिलेको स्मार्ट सिटीको युगमा समाज अघि बढिरहदा समृद्ध शहरको सस्कृति बहसको महत्वपुर्ण बिषय बन्दै आएको छ । समृद्धको एक पक्षीय नारा अंगालीरहेको हाम्रा लागि त सहर सस्कृतिमाथिको बहस झनै सान्र्दभिक छ । नेपालमा अहिलेको समकालीन समयमा सवैभन्दा बढाी छलफल, बहस र चिन्तन समृद्ध सहरको वारेमा गरिएको छ । वस्तमा नेपाली भुगोल –भावना र जन जीविकाको सापेक्ष शब्दको रुपमा बिकास उन्नती नै नेपाली परिवेश र चिन्तनहरुले योजनाबद्ध गुरुयोजनाले नै नेपाली परिवेश सुहाउदो समृद्ध सहरको सपना साकार बनाउँछ ।

विश्वकोष विकिपिडियाका अनुसार बाटो, खानेपानी,टेलिफोन, बिजुली सवै सुविधा सम्पन्न धेरै मानिस बसोवास गर्ने ठाउँ नै सहर हो । यतिले मात्र त सहरले पुर्णता अवश्य पनि पाउदैन । र विभिन्न दृष्टिकोणवाट सहरलाई परिभाषित गर्न सकिन्छ । जस्तै – एउटा विकासबिदको दृष्टिकोणमा सहर अर्थतन्त्रको परिवर्तनले सामाजिक संरचनामा ल्याउने परिवर्तनको भौगोलिक अभिव्याक्ति हो ।

समाजशास्त्रिको दृष्टिकोणमा चाहि बाटो, घर तथा विविध भौतिक संरचना भन्दापनि सामाजिक सम्बन्धका चरित्र आधारमा शहरलाई हेर्दा सहर भनेको आधुनिक तरिकाले विकास गरेको उत्पादन प्रणाली र विज्ञान प्रविधिको विकाससँगै मान्छेको वसोवास प्रक्रियामा आएको परिवर्तनको भौतिक अभिव्यक्ति हो । भन्ने गणितीय समय सँगसगै विकासको मापन समेत परिवर्तन सहर हुन नेपालमा पनि विभिन्न आधारहरु पुरा गरेको हुनुपर्छ । निश्चित रुपमा जन सरोकार हुनुपर्छ । त्यसको सीमा तोकिएको छ । सहरमा राज्यले आफ्ना नागरिकलाई दिनुपर्ने सेवा सुविधाहरु जस्तैः सडक, बिजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, खेलकुद, मनोरञ्जन आदी जस्ता आधारभुत कुराहरु सहज रुपमा उपलब्ध हुनुपर्दछ । सहर भनेको विकास र समृद्धिको परिचायक हुन् । यी आर्थिक रुपमा समेत सम्पन्न र सवल हुनुपर्दछ ।

भन्ने आम मान्यता रहेको छ ।आर्थिक रुममा मात्र सम्पन्न भएर पुग्दैन एक्काइसौ सताब्दीका सहरहरु कला कौशल सस्कृति, पर्यावरण समेत सभ्य सुसस्कृत र समृद्ध हुनुपर्दछ । आम नागरिकको सोच, जीवनशैली व्यवहार तथा चिन्तन समेत समृद्ध भएमा मात्र सहर समृद्ध हुन्छ । विश्वका हरेक देश र ति देशका हरेक सहर एकै प्रकार र मापदण्ड पुरा गरेर बनेका बिकसीत हुन्छन् भन्ने होइन । त्यो देश र ठाउँ अनुसार मापदण्ड पुरा गरेर बन्ने हो । जस्तै अमेरिकाको सहर समृद्ध पार्ने मापदण्ड सतप्रतिशत नेपालमा ठिक नहोला । नेपालकै पनि हिमाल, पाहाड, तराइको विकासले एकै मामदण्डले विकास समावेश तथा समाता रुपमा हुदैन । फरक लक्ष्य योजना बनाउनु पर्दछ । विकास एउटा सकरात्मक संरचनागत परिवर्तित स्वरुप हो । एउटा परिवर्तन र निरन्तर चलिरहने नयाँ आवरण स्थापना र सुरुवात हो ।

माथि उल्लेख गरेका मानक छन त हाम्रा सहरहरुमा ?
सवैले देखेका पनि छन् भोगेका पनि छन् । सडकहरु ठुला छन् तर व्यवस्थित छैन । यातायात अस्तव्यस्त रुपमा चलेका छन् । यो नेपालको राजधानी काठमाडौ उपत्यकाको तितो यथार्थ हो । देशका अन्य साना–ठुला सहरको हालत के होला ! सडक, बजार, संस्कृति धरोहरहरुले नै सहर कतिको समृद्ध बन्ने सपनामा बारम्बार आइरहने प्राकृतिका बिपत्ति तथा माहामारीले झनै ठुलो चुनौती थपीरहन्छ ।

नेपालमा गएको २०७२ सालको भुकम्पले क्षतविक्षत भएका हाम्रा सहरहरु जसरी पुनःनिर्माण र संरचना, योजनावद्ध रुपमा हुनुपर्र्ने हो त्यो पनि हुन सकेको छैन । समयानुकुल वातावरणमैत्री सहर बनाउन तथा समृद्ध सहर बनाउन ठोस दिर्घकालीन योजना खाकासहितको कुनैपनि गुरुयोजना आएन । नेपाल कुनै समय गाउँ नै गाउँले भरिएको देश थियो । विश्व भुमण्डलीकारण सँगसँगै सहर बन्न थाले । त्यो आफैमा एउटा परिवर्तन हो । तर सहर बन्ने क्रममा नै राज्यले दीर्घकालीन सोच तथा सहरहरुको विकास गदै लगेको भए । सायद अवश्य पनि ति शहरहरुले देशको परिचय, आम्दानी र सुरक्षा बढाउने थिए । तर त्यसो हुन सकेन । कुनै योजना बिहिन बनेर अस्तव्यस्त रुपमा सहरीकरण बनीरहदा वास्तविक समृद्ध सहरको सपना पुरा गर्न कठिन हुन्छ ।

अहिलेका राजनीतिक दलहरु विकासविदहरु समृद्ध सहरको सपना देखाइरहेका छन् ।विकास समृद्धि भनेको प्रविधिक, सास्कृतिक, आर्थिक साथै राजनैतिक प्रक्रिया पनि हो ।विकासमा यी पक्षपनि परस्पर मिसिएकै हुन्छन् । आधुनिक विकासको तहमा छलाङ मार्दा हाम्रा बुझाइहरु तथ्यसहित वैज्ञानिक रुपमा प्रमाणित भएर तर्कसंगत रुपमा आउनु पर्दछ । अहिलेसम्म सहरीकरण हुँदा विगतका गल्तीवाट पाठ सिकेर ती कमीकमजोरी त्रृटी सच्याएर योजना बनाउनु पर्दछ । अवको समृद्ध सहर नमुना बन्नु पर्दछ ।

जुन पर्यवरणमैत्री, सहभागितामुलक, सांस्कृतिक, आर्थिक, शैक्षिक तथा विविध हिसावले समेत सन्तुलित साथै दिर्घकालीन रुपमा समेत सुरक्षित बनोस् अज्झ अर्को विशेष कुरा भौतिक संरचनाहरु वा पुर्वधारहरु निर्माण स्थानीय स्रोत र साधनलाई भरपुर उपयोगमा ल्याउने खालको जसवाट स्थानीय जनशक्तिको प्रयोग स्रोतको समेत उपयोग होस् ।

त्यो संरचनाले हाम्रो आफ्नो कला, सस्कृति, जीवनशैली, चिन्तन र परिचय समेत दिने गर्दछ । हाम्रा यी चिजहरुमा जव अपनत्व हुन्छ । त्यहीवाट हाम्रा सवै कुराको महत्व बढेर जान्छ । त्यसकारण एउटा समृद्ध सहरको सपना, कल्पना गरिरहदा हामीले यो कुरा बुझ्नु पर्दछ । सहर केवल सहर मात्र होइनन् विकास र समृद्धिको घोतक पनि हुन् ।

अझ ठुलो कुरा एउटा सभ्य सुसस्कृत इतिहास पनि हो । सायद आज पनि विश्का पुराना सहरहरु जस्तैः मिश्रको सभ्यता होस वा सिन्धुको सभ्यता । आजपनि कयौ विश्वका विकासविद, समाजशास्त्री तथा वैज्ञानिकहरु समेत उक्त सहर हेर्न शोध गर्न, अनुसन्धान गर्न ती ठाउँमा तल्लीन रहेका छन् । यसवाट समेत प्रष्ट हुन्छ । समृद्ध, उन्नत सहर बनाउन सामान्य कुरा होइन ।

एउटा महान कार्य हो । ति सहरहरु सँगै धेरै कुराहरु लुकेको हुन्छ । पुरानो विकासको मोडललाई पनि गम्भिर रुपमा चिन्तन गर्ने र नयाँ विकासको मोडलको सकरात्मक पक्षलाई पनि लिएर मौलिक पनको विकास गर्ने हो नकि कुनै देशको विकासको नक्कल गर्न जरुरी छैन । अतः समृद्ध सहरको कल्पना गरिरहदा भौतिक संरचना सँगसँगै अन्य विभिन्न पक्षलाई ध्यान दिएर दिर्घकालसम्म अमर रहिरहने गरी योजना बनाउनुपर्छ ।

त्यो सपना नेपाली माटो, हावापानी, कला, संस्कृति र मुल्यमान्यता अनुरुप भएमा यगौयुग सम्म जीवन्त रहिरहन्छ । त्यो नै वास्तविक समृद्ध सहर हुनेछ ।

प्रेमा सगंम
कालिञ्चोक ६ दोलखा
सन्दर्भ सामग्रीहरु
गौतम, राजाराम २० बैशाख २०७५ अन्नपुर्ण दैनिक
नेकपा (एमाले) र नेकपा (एकीकृत माओवादी)को संयुक्त घोषणा पत्र
नयाँ पत्रिका दैनिक बिशेषाङक २०७५ पुष १७ पेज ५४
नेपालको संविधान २०७२
नेपालको अन्तरिम संविधान २०६३
बौद्धिक दर्पण बर्ष ५ अङक ५ २०७५
चैतन्य मिश्रः बदलिदो नेपाली समाज

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend