logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गरिमामा गाभियो साहारा बिकास बैक


  • जन आकाश
  • आइतबार, कार्तिक १४ २०७८

काठमाडौँ । राष्ट्रियस्तरको गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर (प्राप्ति) गरेको छ । गरिमा विकास बैंकको गत भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले एक्विजिशनमा जाने प्रस्ताव पारित गरेसँगै सहारा गरिमा बैंकमा विलय हुने भएको हो ।



बैंक विलय तथा प्राप्तिका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
योसँगै अब यी दुई बैंकले आगामी कार्तिक २८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यद्यपि, बैंकको नाम भने गरिमा विकास बैंक नै रहने छ ।

एक्युजिशन सम्झौता अनुसार दुई बैंकबीच १ः१ को भ्यालुएसन साझेदारी रहने सहमति भएको गरिमा विकास बैंकले जनाएको छ । अर्थात् गरिमा विकासले सहारा विकासलाई १ को बराबर १ शेयर आदानप्रदान रेशियोमा प्राप्ति गर्ने सहमति भएको हो ।

प्राप्ति पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ पुग्नेछ । बैंकको केन्द्रिय कार्यालय भने हाल गरिमा विकास बैंक रहेकै भवन काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहनेछ ।

गरिमा विकास बैंक गण्डकी प्रदेशवाट सञ्चालन भई केन्द्रीय प्रणालीमा जोडिएको ख वर्गको बैक हो भने सहारा विकास बैंक सर्लाही जिल्लालाई केन्द्रित हुँदै सञ्चालन भइरहेको बैंक हो ।
साहारा बिकास बैकको शाखाहरुमा आउदा दिनमा गरिमा बिकास बैकको नामवाट कार्य सञ्चालन हुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend