logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भमरकोट,कोटदेवीको,एतिहासिक पृष्ठभूमिः तेज प्रकाश बानियाँ


  • जन आकाश
  • सोमबार, कार्तिक १५ २०७८

 



तेज प्रकाश बानियाँ, पुर्व साहायक रथि

१ भमरकोट,कोटदेवीको,एतिहासिक पृष्ठभूमिः
काभ्रे जिल्ला काठमाडौंबाट २२ कि मी. सोभैm पूर्व साँगाबाट शुरूभएर ५७ कि मी. दोलालघाटसम्म पुगेर राजमार्ग उत्तरतिर लाग्छ भने काभ्रे जिल्ला चाँहि पूर्व तर्पm पैmलदै गएकोछ । विश्वमान चित्रमा, काभ्रे जिल्लाले २७’२५” देखि २७’५०” सम्म उत्तर अक्षांस र ८५’२१” देखि ८५’५१” सम्म पूर्व देशान्तर भित्र यसले १३९६ बर्ग किलो मिटर क्षेत्रफल भू—भाग ओगटेको छ । पूर्व–रामेछाप, दोलखा र सिन्धुली, पश्चिम– काठमाडौंं, भक्तपुर र ललितपुर, उत्तर–सिन्धुपाल्चोक र दक्षिण–सिन्धुली, मकवानपुर र ललितपुर यसका छिमेकी जिल्लाहरू हुन् ।

धुलिखेल, बनेपा, पनौती र खँड्पुुुु यसका मुख्य ऐतिहासिक सहरहरू हुन् । पलाञ्चोक भगवती, धनेश्वर महाँदेव, चण्डेश्वरी–बनेपा, नाला भगवती, आशापुरी महाँदेव–साँगा, गौखुरेश्वर महादेव–धुलिखेल, नारायणस्थान–तिमाल र नमो बुद्ध यहाँका मुख्य देवस्थल हुन् ।

काभ्रे जिल्लाको बीच भागमा भमरकोट पर्दछ, जहाँबाट पैदल हिडेर एकै दिन राजधानी पुग्न सकिन्छ । राजधानीको नजिक भएकाले पहिलादेखि अलि विकास भएको गाउँ पनि हो यो । समुद्री सतहबाट यो ठाउँको उचाई ९५७ मिटर छ । बेसीमा ठूलो फाट भएको र गाउँको बस्तीहरूमा पनि उर्वर माटो भएकोले धान, मकै, कोदो, गहुँ, जस्ता अनाज बाली र सबै किसिमका तरकारी यहाँ उत्पादन भएर बनेपा र काठमाडौं पु¥याइन्छ । यहाँको आलु देशभर जान्छ । आधुनिक कृषि प्रविधिमा यहाँका किसानहरू प्रशस्त भिजिसकेका छन् ।

बितलव गणेश, कोटदेवी र माजकोट गणेश भमरकोटका देवस्थल हुन् । यहाँ विभित्र जातजातिको मिश्रित र भेदभाव रहित बसोबास छ । विशेष गरेर खेती सुविधाको लागि स्थानीय वासिन्दाको वसाई बेसीमा भएपछि गाउँकोे वस्ती पातलिदै गएर त्यसक्षत्रमा बाह्य स्थानबाट बसाइँ सराइ गरी आउनेहरूको संख्या धेरै छ । गाउँका बालबालिकालाई प्राथमिक विद्यालयको अभाव खड्किएको छ । विद्यालयको लागि साना बालबालिकाले पनि धुलिखेल बनेपा सम्म धाउनु परेको छ । यसबाहेक विकासका अरू पूर्वाधार सामान्य छन् ।

हाम्रो जस्तो भूवनोट भएको देशमा युद्ध गर्दा, गुरिल्ला युद्ध सफल हुन्छ । लामो दूरीका युद्ध सामग्री बनी नसकेकोवेला नजिकबाट भिडेर, गुुथ्थम गुथ्थाको लडाइँ गर्ने हो । त्यसमा प्रयोग हुहे सामग्री भनेको भरूवा बन्दुक, पिस्तोल, खुकुरी, खुडा, ढाल, तरवार, भाला, चुपी, गरासी, गुलेली, धनुर्वाण, घुयत्रो आदि हुन् । अग्लो ठाउँमा किल्ला, कोत खडा गरेर बस्ने ठाउँ छ भने, ढुङ्गामुढा लडाएर पनि लडाइँमा विजय हात पार्न सकिन्छ । भोटको लडाइँ जित्नुको कारण एउटा यो पनि हो ।

जुनसुकै नयाँ ठाउँमा सेना तैनाथ गर्दा एउटा न एउटा देवदेवीको मन्दिर स्थापना गरिएको हुन्छ । मन्दिरमा दैनिक पूजा गरेर प्रसाद लगाउने व्यवस्था गरिएको हुन्छ । पल्टनको नाम पनि देवदेवीका नामबाट राखिएको छ ।

त्यसमा पनि सम्भव भएसम्म देवीको नामबाट छ । देवी भनेको सेनाको लागि शक्तिकी प्रतीक हुन् । उनको दु.ख कष्ट नास गरेर शत्रु मर्दन गर्ने शक्तिले गर्दा, लडाइँको समयमा पनि अग्लो, चुट्टी परेको थुम्किलो, वरिपरि देखिने, ठूलो क्षेत्रफल ढाक्नुपर्नेमा, गढी किल्ला कोत बनाएर देवी स्थापना गर्ने, सानो क्षेत्रकालागि पनि सानै ठाउँमा कोतमात्र खडा गरेर २÷४ गोटा ढुङ्गा ठड्याएर मात्र भएपनि देवी स्थापना गरेर, ‘हे माता ! तपाइँ सम्पूर्ण भक्तहरूकी रक्षिका हुनुहुन्छ । तपाइँ अथाह शक्तिकी स्रोत हुनुहुन्छ । यो लडाइँमा हाम्रो विजय गराइदिनुहोस्, तपाइँमा भएको शक्तिको अंश हामीलाई पनि दिनुहोस् हामी पूर्ण रूपेण तपाइँको शरणमा छौं’ भनी, आराधना गरेर देवीको पाउमा आपूmलाई सुम्पिएर अगाडि बढने चलन छ ।

कीर्तिपुरको लडाइँमा दुइ पटक हार भएपछि, फेरि पनि त्यहाँ हमला गर्दा, उपत्यकाका तीनवटै राज्यले कीर्तिपुरे सेनालाई सहयोग गर्नसक्ने सम्भावना देखेर, पृथ्वीनारायण शाहले उपत्यका बाहिरका क्षेत्रहरू दखल गरेर तीन राज्यलाई नाकाबन्दी गर्दै जाने र ती राज्यहरूबीच फाटो पैदा गराउने योजना बनाए । यो काम शिवपुरीबाट शुरू गरेर सफलता पूर्वक अगाडि बढ्दै गयो । यसै क्रममा काभ्रे पलाञ्चोक क्षेत्र पनि दखल नगरी नहुँने देखेर, पलाञ्चोक गढी हातपार्न सिह्रानचोक गढीका अख्तियारवाला बाघ भीमसेन थापालाई जिम्मा दिई सहायक कमाण्डरमा जेठा बुढा रामकृष्ण कुवर का साथ चौतारिया दलजीत शाह, काजी हर्क पन्थ, कपर्दार भद्रशाही, वीरभद्र थापाहरूलाई खटाइयो । हमलाको समयमा त्यही कमाण्डर बाघभिमसेन थापाको मृत्यु भयो । उनका सहायक रामकृष्ढा कुवरले तत्कालै फौजको कमाण्ड सम्हालेर अगाडि बढे ।

पलाञ्चोक र काभ्रेबाट ठूलो क्षेत्र कभर गर्नुपर्ने भएकोले त्यहाँ अवश्य किल्ला बन्यो नै । भमरकोट र आसपासको क्षेत्र हेर्दा भमरकोटमा पनि सानो कोत को आवश्यकता पर्ने भएकोले त्यसकालागि सामरिक महत्वका दृष्टिले उपयुक्त ठाउँ, हाल कोटदेवीको मन्दिर भएको ठाउँ एकमात्र अग्लो थुम्को रहेको र यसको वरिपरि कतै अरू अग्लो र चारैतिर देखिने कोत (हातहतियार राख्ने ठाउँ) बनाउन लायक, स्थान नदेखिएकोले कोट देवीस्थानको थुम्कोमा नै रामकृष्ण कुवरले देवी स्थापना गरी, कोत खडा गरेको हुनुपर्छ । त्यसै बेलादेखि कोत देवी भन्दा भन्दै कोटदेवी नाम रहेको हुनसक्ने देखिन्छ । यद्यपि यो अनुसन्धानको विषय छदैछ ।

गोरखाली फौजले पलाञ्चोक विजय ग¥यो । रामकृष्ण कँुवर, त्यस पछि भमरकोटमा घरजम गरेर बसे । उता सिन्धुलीको लडाइँ जितेर आएको ठूलो फौज काभ्रेकोटतिर अगाडि बढ्यो, भमरकोटमा घरजम गरी बसेका रामकृष्ण कुवर पनि त्यसै अभियानमा सम्मिलित भए ।

काभ्रे हात्रे बेलामा, “काभ्रेमा गोरखाली फौजको आक्रमण हुँदैछ, ठूलो जनधनको क्षति हुँनुभन्दा आत्मसमर्पण गर” भनेर गोरखालीले चेतावनी दिँदा, दुष्मन बलियो छ, पूर्व पश्चिम कब्जा गर्दै आएको छ भत्रे देख्दादेख्दै पनि, स्वाभिमानी काभ्रेलीहरूले शत्रुसामु सोझै आत्म समर्पण नगरी लडाइँ गर्ने निधो गरे । धुलिखेलमा घमासान लडाइँ प¥यो । सन् १७५९ देखि १७६३ सम्ममा पलाञ्चोक, काभ्रे र धुलिखेल माथि गोरखालीको विजय भयो । काभ्रेली जनताले लडाइँ गर्ने जुन साहस देखाए, उनीहरूको साहस र स्वाभिमानलाई म अहिले पनि सम्मान गर्दछु ।

सन १७६३ मा धुलिखेलको बिजय पछि रामकृष्ण कुँवरलाई पूर्व माझ किराँत पहाड खण्डतर्पm अधिकार गर्न पठाइएको छ । रामकृष्ण कुँवर १४ वर्ष भमरकोटमा बसोवास गरे भत्रे इतिहासमा पाइन्छ तर भमरकोटको कहाँनेर वसेका हुन् र त्यसपछि उनको वसाई कताभयो उल्लेख कतै भेटिएको छैन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend