जन आकाश
काठमाडौ । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ ।
मिति २०७८ साल कार्तिक १७ गते बुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको बैकले जनाएको छ ।
मास्कको अनुभव यस्तो छ ।
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैक अफ काठमाडौको नेतृत्व गर्दै आउनुभएको थियो ।
बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएका श्रवण लाल मास्केसंग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ ।
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत भएपछि श्रवण लाल मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने जानकारी गराउनु भएको थियो ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend