जन आकाश
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको निर्णयले ग्यासको कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन सहयोग पुग्ने जनाएको छ। निगमले कात्तिक ९ गते सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।
ग्यास बिक्रीपछि उपभोक्ताले बिल नपाएको गुनासो बढेपछि निगमले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो। महासंघले अनिवार्य बिल जारी गर्ने व्यवस्था ग्यास व्यवसायलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण कदम हुने जनाएको छ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न ग्यास व्यवसायीलाई आग्रह गरेका छन्। साथै, महासंघले ग्यास खरिद गर्दा अनिवार्य रूपमा बिल माग्न र लिन उपभोक्तालाई अनुरोध गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend