logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लघुकथाः बुढेसकालमा लौरो साथी


  • जन आकाश
  • शनिबार, पुष ३ २०७८

मोहन कार्की
म सधै झै बिहान उठेर अफिस हिड्थे सधै नै बुढाबुढी आमा बाहरु काठमाडौको बाटाहरुमा हिडिरेको देख्थे मलाई ति आमा बाहरु बिहान मर्निङ वाक हिडेको देखेर स्वास्थ्यको राम्रोको लागि हिडेका होलान् भन्ने अनुमान लगाउथे ।



तर एकदिन निक्कै गम्भिर भएर सोच्दै हिडिरहेको थिए, म काठमाडौ बस्न थालेको २३ बर्ष भएछ कुनैवेला मेरा बुढा बुबा आमाले बाह्र छोरा तेह्र नाति बुढाको धोक्र्रो काधै माथि भनेको किस्सा याद आयो किनकी आज बिहानै म काठमाडौको चावहिलवाट बागबजारमा रहेको अफिसमा जादै थिए ।

मैले चिनेका एकजना साथीका बुबा लौरो टेकेर स्याँ स्याँ गर्दै ज्ञानेश्वरको उकालो निर हिढिराख्नु भएको देखे र उहाले मलाई सानैदेखि चिन्नुहुन्थ्यो उहाको जेठो छोरो बिबश र म साथी साथी थियौ । उँहा त्यसरी हिड्नु भएको देखेर म अर्को सडकको किनारावाट सडक क्रस गरेर बिबशको बुबा भएको ठाउँमा पुगे र बुबा नमस्कार भने, उहाले टुप्लुक्क हेरेर नमस्कार बाबु भन्दै नमस्कार फर्काउन दुवै हात जोड्न खोज्नु भयो तर एउटा हातमा लठ्ठी थियो उहाको ह्रदृय भित्रैवाट माया पलाएको मैले महसुस गरे उहाका दुई भाई छोरा थिए एउटाको नाम बिबश थियो उ मेरो साथी हो । भने अर्को भाइको नाम बिशाल थियो । ति बिबश र बिशाल दुवै भाई अमेरिकामा गएका छन् ।

ति अमेरिकामा भएका दुई दाजुभाइ बिबश र बिशालको बुबासँग म कुरा गर्न पाउदा जति खुशी छु । सायद मेरा बुबा आमा चाडै यस धर्तीवाट बिदा भएर पनि होला साथीहरुको बुबा आमा भेट्दा आफ्नै आमा बाको अभाव पुर्ति हुने गर्छ । तर ति मेरा साथी बिबशको बुबाको मलिनो अनुहारले भनिरहेको थियो उहा त्यति खुशी हुनुहन्नथ्यो । त्यो मलाई भेट्दा होइन की उहाका छोरा, बुहारी, नाता, नातिनाहरु बिदेशमा भएको र छोराछोरी भएपनि बेसाहारा भएको महसुस भएर होला !

मैले बुबालाई गफ गर्दै नजिकै रहेको ज्ञानेश्वर मन्दिर निर लियर गए ज्ञानेश्वर चोकवाट ग्यालेक्सी स्कुलतिर जाने वाटोको भित्रपर्टी मन्दिर छ मन्दिरको वरीपरी फलामका बेन्चहरु राखिएका छन् । त्याहा राखिएका बेन्चमा हामी बस्यौ र मैले बिबशका बुबालाई बिबशको के छ हालखवर भनेर सोधे, बुबाले त्यति खुशी नहुदै कहिलेकाही कुरा हुन्छ बाबु तर के गर्नु जति सम्पति भएपनि यो बुढेसकालमा एउटा लौरो साथी हुने भईहाल्यो भन्नु भयो, मैले मनमनै सोचे नेपालका हरेक मानिसहरुका छोरोछोरीलाई बिदेशमा पढ्न पठाउने नाममा यसैगरी पठाइरहेका छन् । धेरै जति नेपालका नेपालीहरुको बृद्धा अवस्थामा यहि त होला नी ! मैले मनमनै सोचे, नगएर पनि के गरुन राजनीतिको नाममा वेरोजगार युवाहरुलाई पार्टीहरुले बरालेर बर्बाद पार्छन् उनिहरुका छोराछोरी अमेरिका, इरोप, अस्टे«लिया पढ्न पठाउछन् र पैशा केही होइन भन्दै आर्दशका कुरा गरेर जनतालाई भ्रममा पार्छन् । जुन दिन अभाव, गरिवीले थिच्न थाल्छ त्यो दिन न त्यो पार्टीका नेताले कार्यकर्ता चिन्छ नत उसलाई समाजले नै गन्छ ।

यस्तो अवस्थामा गुज्रीएको देशमा नेपालका युवा बसेनन् भनेर दुःख मान्नु पनि कसरी मैले मनमनै सोचे, राणा साशन कालमा खोलेका उधोग, कल कारखाना परिवर्तन नामको प्रजातन्त्र व्यवस्थाको पालामा निजीकरण गरेर बन्द गराई सकेका छन् । नेपालको पहिलो उधोग बिराटनगर जुटमिल गणतन्त्र व्यवस्था आइसकेपछि बन्द भएको छ । यस्तै यस्तै कुराहरु मनमा खेलाउदै थिए । एकछिन त भावनामा डुवेछु ।

बिबशका बुबा बोलिरहनु भएको थियो, म पुनः त्यतै केन्द्रीत भए उहाले थप्दै जानुभयो बाबु तिमी त रामेछापमा जन्मेर बेलाबेलामा घर पनि जान्छौ नेपालमा बसेका छौ मेहनत गरेका छौ हासेर बसेका छौ । मैले पनि तिमीले जस्तै बिगतमा मेहनत गरेर कमाई गरी हुर्काएका मेरा छोराहरु तिनलाई दिएको शिक्षा, विवाह गराइदिएर पुरा गरेको कर्तव्य र ति छोराहरुले बिहे गरेर ल्याएका बुहारी र तिनवाट जन्मेका नाता, नातिना सवै छन् म मेरा यि परिवारलाई सम्पति ठान्थे । तर नेपालमा छैनन् । म बुढोको अवस्था यस्तो छ । रोगले थलिएको छु ।

तिम्रो काकी पनि बिरामी छिन् । उनि पनि राम्रोसँग हिडडुल गर्न सक्दिनन् । हाम्रो काठमाडौको ज्ञानेश्वरमा घर छ । केही पैशाहरु पनि छ । भाडा पनि आउछ । धन सम्पति भएर पनि के गर्नु मर्ने बेलामा एक गिलास पानी दिने मान्छे नहोलान् जस्तो छ बाबु , मैले फोनमा बिबशलाई तँ त जेठो छोरा होस् घर व्यवहार सगाल्नुपर्छ भनेर कतिचोटी अनुरोध गरे नेपाल आउने कुरा ग¥यो कि बाहाना बाजी गरेर टार्छ । उल्टै अमेरिकामा नै आउनुस् बुबा आमालाई यतै ल्याउछु भनेर भन्छ । यतिका बर्ष जीवन विताएको नेपाल छोडेर कसरी जानु बाबु झण्डै एक घण्टाको लामो कुराकानी गरेर त्यहा कुराकानीमा बिताएर मनमनै म सोच्दै थिए । मेरा साथी बिबशले नेपालमा एउटा कुनै उद्योग खोलेर काम गरेको भएपनि याहि केही गर्न सक्थ्यो नेपलमा भारतवाट केही नभएका मगन्तेहरु नेपाल आएर कबाडीको काम गर्नेहरु त याहा आएर दुखः गरेर व्यापार गरेर अर्ब पति बनेका छन् । बिबशले त राम्रै काम गर्न नसक्ने कुरै थिएन ! मलाई मनमा कुराहरु खेल्दै थिए ।

किन गएको होला अमेरिका त्यहा पनि कागज काटेर पैशा बनाउने त होइन होला ! हुनत नेपालमा म रातदिन नभनि खटेर काम गरिरहेको छु । तै पनि प्रगति तुलानात्मक रुपमा देखिएको छैन । तर आत्म सम्मान भने पाएको छु ।

पुनः बिबशको बुबा जस्तै सवै नेपाली बृद्धाबृद्धा आमा बाहरुको अवस्था देशैभरी यस्तै होला भन्दै सोच्दै अफिस जान खोज्दै थिए । एका बिहानै अगाडी पर्टी रहेको म्यानपावरमा एकहुल युवाहरु विदेश जान मेडिकलको लागि लाइन बसेको देखे झनै मनमा अनौठो भावना उत्पन्न हुन थाल्यो के हाम्रो नेपाली समाजको सस्कार नै बन्दै त छैन बिदेश जाने ? युवा जनशक्ति कोही खाडी मुलुकमा काम गर्न गएका, कोही पैशा धेरै भएर छोराछोरीलाई धेरै जान्ने सुन्ने बनाउछु ।

अमेरिका, इरोप पठाउछु भनेर अरुको देखासेखी गर्दा पनि देश छोड्ने सस्कार बिग्रेर नेपालमा बृद्धाबृद्धाहरुको साथी नै लौरो हुन पुगेको बिरक्त पीडा मनमा दबाउदै म त्यहावाट अफिस जान हिडे बिबशका बुबा लौरो टेक्दै आफ्नो घरतर्फ लाग्नुभयो । नेपालका बृद्धाहरुको अन्तमा साथी भनेको लौरो बनिरहको छ ।

कस्तो सस्कार दिदैछौ आफैले जन्माएका छोराछोरीलाई यो नेपाली समाजले समिक्षा गनैपर्ने भएको छ ।
यो कथा कसैको भावनामा चोट पुगेमा माफ गर्नुहोला सत्यतामा आधारित तर पात्रको नाम फरक पारिएको छ ।

मोहन कार्की
जिल्ला रामेछाप,गोकुलगंगा गाउपालिका
वाडन. २ ठोसे–डाडा गाँउ(साविक ठोसे गा.वि.स. वाडन. ८)
प्रधान सम्पादक जन आकाश राष्ट्रिय साप्ताहिक
अध्यक्षः जन आकाश मिडिया प्रा.लि.
सम्पर्क न.९८५१०८७१५६
Email; [email protected]

youtube; jana Aakash tv

online; janaakash.com

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend