जन आकाश
पुस्तकचर्चा ,तेज प्रकाश बाँनियाको कलमवाट
ढकालको कविता संग्रह‘आस्था हराएपछि’
साहित्यकार मुरली प्रसाद ढकालको जन्मवि. स.२०१९ भाद्र १ गते, वेलकोट गढी न. पा. वडा नं ११ उपल्लो तिगाउँ, नुवाकोटमा भएको हो । पिता होमप्रसाद र माता कृष्ण कुमारीको माहिलो सुपुत्रको रूपमा जन्मनु भएका ढकालको, बाल्यकाल मातापिताका साथ घरैमा बित्यो । घरायसी कामले गर्दा उहालाई बाल्यकालमा विद्यालय जाने अवसर मिलेन । तापनि उहाँले बडो मिहिनेतका साथ गाउँका पढ्न लेख्न जात्रेहरूबाट सामान्य लेखपढ सिक्नु भयो । उमेर बढ्दै जादा उहाँपनि पिताजीका साथ घरायसी काममा लाग्नु भयो । रहदा बस्दा २०३८ साल माघ २८ गते, हल्ले कालिका वडा नं ९ नुवाकोट निवासी, तुल्सी प्रसाद तिमिल्सिना र श्रीमती लोककुमारी तिमिल्सिनाका सुपुत्री सुश्री सरस्वती तिमिल्सिनासँग विवाह बन्धनमा बाधिनु भयो । उहाँ चेतनसील नागरिक हुनाले, आपूmले उचित समयमा शिक्ष्ााँ हासिल गर्न नपाएता पनि छोराछोरीलाई उच्च शिक्षा दिलाउनु पर्छ भत्रे सोचले २०४९ सालमा पढाइका लागि भाइहरूलाई काठमाडौं पठाउनु भयो र २०५९ सालमा आपूm र श्रीमती, बाल बच्चाका सााथ, काठमाडौं बालाजु हाइटमा उद्योग सञ्चालन गरेर बस्नु भएको छ । उहाँका २ छोरा र २ छोरी छन् ।
ढकाल, देशभक्त र समाज सेवी हुनुहुन्छ । २०७२ बैशाखको भूकम्पले देशलाई पीडा दिएको अवस्थामा पनि धेरै ठाउँ भ्रमण गरेरm धनजनको क्षतिको फोटो सहित विवरण उतार गरी, काव्यिक दस्ताबेजको रूपमा “रगत र आशुको पोखरी” नामक दुइसय पृष्टको पुस्तक प्रकाशित गर्नु भएको छ । यो ‘आस्था हराएपछि’ नामक पुस्तक उहाँको पाचौ कृति हो । यस अगाडि महाँ विनाशकारी भूकम्प–२०७२, जिन्दगीकविता संग्रह–२०७३, पूmलको थुङ्गाबालकविता संग्रह–२०७६, प्रकृति विज्ञान सम्वादगीतिकाव्य–२०७७प्रकाशितभइसकेका छन् ।
उहाँ आपैंm संस्थापक अध्यक्ष रहेर स्थापना गर्नुभएको साहित्यिक संस्था’आधुनिक साहित्य परिषद’को चौथो वार्षिकोत्सव एवम् साहित्यिक महोत्सव –२०७८ को उपलक्षमा मङ्सिर १ देखि ३ सम्म आयोजित भव्य कार्यक्रममा विमोचित यो ‘आस्था हराएपछि’ (कोरोनाको काव्यिक दस्तावेज) मेरो हातप¥यो । मैले उक्त पुस्तक अद्योपान्त पढें । पुस्तकमा निहित विषय वस्तुको बारेमा भत्रु पर्दा, उहाँले यस पुस्तक भित्र कोरोनाको कहरलाई ५ शीर्षकमा विभाजन गर्नुभएको छ ।
१ फक्र्यो अभैm दुर्दिनः– यसमा कोरोना त्यसै हटेजस्तो भएर फेरि चम्किए पछि, यसको रोकथाम कसरी गर्न सकिएला आदि चिन्ता व्यक्त गर्नु भएको छ । सरकारी एवम् नीजि अस्पतालहरूले गरेका तयारी र सरकारले गरेको लकडाउन प्रति सन्तुष्टि प्रकट गर्नु भएको छ । यो रोग लागेपछि निको हुनगाह्रो भएकोले लाग्नु भन्दा पहिला नै जनतामा चेतना जगाउन सके जनधनको क्षति कम हुने तर्पm इंंंगित गर्नु भएको छ ।
२ निको हुँदैनः– यो शीर्षकमा, लकडाउनले श्रमजीवी जनतालाई मर्का परेको हुँदा, रोगको शक्ति कम हुदै गएपछि लकडाउन खुलाउने, तर नाका चाहिँन खोल्न सरकारलाई अनुरोध गर्नुभएको छ । जोखिम मोलेर गाउँबाट कामको खोजिमा काठमाडौं पसेको श्रमजीवीको संख्याले भरिएको छ सहर तसर्थ घर फर्कन चाहनेलाई घरसम्म जाने व्यवस्था गर्न पनि त लकडाउन खुलाउनु प¥यो भत्रु भएको छ ।
३ आस्था हराएपछिः–यसमा, पहिले पहिले पनि त राज्यमा यस्ता केही न केही विपत्तिहरू आएकै हुन्थे । त्यतिखेर अहिलेको जस्तो अस्पतालको व्यवस्था पनि थिएन । तैपनि जनताले विपत्तिसँग लडेकै थिए । त्यतीखेर आस्था चाहिँ थियो । राजाले पनि मन्त्री भाइभारदार, वैद्य, ज्योतिष, वेद पाठ गर्ने पण्डितहरू आदि बोलाएर बृहत्त छलफल गर्थे । विज्ञहरूको राय सल्लाह बमोजिम पूजापाठ, आदि जहाँ जे गर्ने हो त्यो काम गरिन्थ्यो । अहिलेको मठ मन्दिर समेतको दैलो ठोकेर देवदेवतालाई समेत भोकभोकै राख्नु पर्दैनथ्यो ।
४ खोप नभए औषधि लाग्देनः– यो चौथो खण्डमा कोभिडको कहरले बिरामी परेकाहरू ढोकाथुनेर एक्लै कोठामा बस्नु परेको मर्काबारे लेख्नु भएको छ । मर्न कसलाई मन थियो र ? तर केगर्नु ? निर्दयी कोरोनाले दसौं हजारलाई निमोठेर लगेको बारे खित्रता बोध गर्नुभएको छ । दैनिक जति मानिस निको भएर घर फर्किन्थे, त्योे भन्दा शंक्रमितको संख्या बढि हुादा आइसोलेसनमा बस्न ठाउको अभावले स्कुल एवम् पाटी प्यालेसहरूमा पनि हजारौं जना आइसोलेसन भनेर एउटै हलमा पनि राखेका अवस्था र त्यसमा पनि नपुगेर कतिलाई त आआप्mनै घरमा आइसोलेसनमा बस्नु भनेर पनि पठाए यि कुरा समावेश गर्नु भएको छ ।
५ घोत्ली कुनामा रुनः– यो पाँचौ तथा अन्तिम खन्ड हो । यस खण्डमा पहिलो चरणको कोरोना हटीसकेर जनताहरू अलिअलि गरेर बाहिर काममा निस्कदे थिए । त्यो भन्दापनि बढी शक्तिसाली दोश्रो चरणको कोरोना आउदैछ भत्रे हल्ला पैmलियो । यस पुस्तकका लेखक मुरली प्रसादलाई पनिकोरोनले समाइ हालेछ । त्यसैको आइसोलेसनमा रहदाको उपज रहेछ यो “आस्था हराएपछि”नामको पुस्तक पनि । एक महिना छुट्टिएर बस्दा मान्छे आत्तिदो रहेछ । त्यसमा पनि औषधि नपाउदा त अहिले मरिन्छकी भन्ठान्दो रहेछ । कसैका बाला मरे । कसैका बृद्धामरे । कोरोनाले बालबृद्धा कसैमाथी पक्षपात नगरी जो सम्पर्कमा आयो चट् बनायो ।
समय बलबान छ । समयलाई बुझ्न सक्ने मानिस हरेक काममा सफल हुन्छ । अरू सफताको पछाडि दौडन्छन् भने, उसको पछाडि सफलता आपैंm दौडन्छ । मुरली प्रसाद ढकाल समयलाई बुझ्ने मानिस हुनुहुन्छ । उहाँ आपूmले उच्च शिक्षा हासिल गर्ने अवसर नपाए पनि बालबच्चालाई शिक्षित गराउनु पर्छ भनेर आजभन्दा २० वर्ष पहिले आप््mनो परिवार सहित काठमाडौं छिरेर रानीवन हाइटमा उद्योग सञ्चालन गरेर बस्नु भएको छ । उहाँका २ छोरा २ छोरी मध्य ठूलो छोरा एमविविएस पूरा गरी एमडी गर्दै छन् भने सानो छोरा एमबिबिएस तेश्रो वर्षमा अध्ययन गरिरहेका छन् । जेठी छोरीले फार्मेिसमा स्नातकोत्तर पूरागरी उनको बिबाह समेत भइसकेको छ । कान्छी छोरीले माइक्रो बायोलोजिमा स्नातक गरेकी छन् । यस मानेमा उहालाई सफल पिताको उपाधिले विभुषित गरेपनि फरक पर्दैन ।
अन्त्यमा, साहित्यकार एवम् समाज सेवी, मुरली प्रसाद ढकालले, समयको महत्व बुझेर नै उहाँले जीवनको उत्तरार्धमा त्यसै खेर जाने समयलाई साहित्य लेखनबाट भएपनि देशलाई केहीदिन अठोट गनर््ाु भएको छ । लकडाउनको मारले ढोका थुनेर कोठामा बसेको समयलाई सदुपयोग गरी यो पुस्तक र अर्को प्रकृति बिज्ञान सम्वाद नामक पुस्तक समेत २ पुस्तक तयार गर्नुभयो । प्रकृति बिज्ञान सम्वाद मैले अध्ययन गर्न भ्याएको छैन । मेरो हात परेको यो कोरोनाको दस्ताबेजको रूपमा रहेको पुस्तक सबैका लागि संग्रहनीय र पठनीय छ । साहित्यकार ढकालको साहित्यिक भविश्य उज्ज्वल छ । उहाको साहित्य लेखन अभैm स्तरीय बनेर पाठक सामु पुगोस भत्रे कामनाका साथ आजलाई यत्ति ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend