जन आकाश
यतिवेला देशभरीका गाउँ गाउँमा निर्वाचनको कुराले ठाउँ पाएको छ । नयाँ निर्वाचनले नयाँ योजना र समाजमा असल शासनको लागि योग्य, दक्ष, सक्षम व्यात्तित्वहरुलाई त्यही गाउँ समाजले चुनेर त्यही गाउँ समाजको लागि काम गरी विकास गराउने उदेश्यले निर्वाचनहरु गर्ने गरिन्छ । यो निर्वाचनमा विश्वास गर्ने विश्वका देशहरुको नियम नै हो ।
तर नेपालको इतिहाँस त्यस्तो खालको छैन । व्यवस्थाहरु धेरै खालका फेरिसक्दा पनि समाजमा रहेका त्यागी, असल, समाजको लागि योगदान गरेका व्यात्तिहरुले कहिल्यै निर्वाचनमा पार्टीको टिकट पाएको देखिदैन कथामकदाचित त्यस्ता व्यात्तिले टिकट पाई हालेमा पनि पार्टीकै गुट गतवाट निरास बनाउने त्यसमा कोही कोही अपवादमा जितिहालेपनि पार्टीका माथिल्लो निकायवाट असहयोग गर्ने जस्ता कार्य भएकै छन् ।
यस्ता कारणहरुले गर्दा नेपालको विकास गन्न लायक तरिकाले भएको छैन । यो हुनुको कारण नेपालका ग्रमिण क्षेत्रहरुमा पुरानै अनुहार जो जमिनदार विगत १०० औ बर्षदेखि निरन्तर कुनै न कुनै तरिकाले शक्तिमा रहेका व्यात्तिहरु नै गाउँ ठाउँका नेतृत्व गरिरहेका छन् । उनिहरुले नै गाउँ समाजलाई मुठ्ठीमा राख्दै आएका छन् । तिनै व्यात्तिहरु गाउँ समाजमा पार्टी बद्लेर भएपनि चुनाव ताका टिकट लिने र चुनावको वेला धन, डन, गन प्रयोग गरेर चुनाव जित्ने र पछि तिनै गाउँ समाजको विकासको रकमलाई दुरुपयोग गरेर असुल्ने आजको चलन होइन १०० बर्ष अगाडि देखिको हो ।
यस्तो चलनलाई तोड्न सकिने आधार नेपालमा देखिएको छैन । चुनावको मुखको नजिक आएपछि केही कुनै पार्टीको व्यात्ति विशेषलाई रिस उठेमा अर्को पार्टीमा गएपनि अर्को पार्टीले पनि त्यस्तै खालको व्यवहार लिएको हुन्छ । त्यो नेपालमा सिन्डिकेट जस्तै भईसकेको छ । नेकपा(एमाले) नेपाली काँग्रेस, राप्रपा, पछि थपिएको माओवादी, संघिय समाजवादी पार्टी, नेकपा समाजवादी, यि पार्टीहरुको दिर्धकालीन नेपालको पक्षमा काम गर्ने योजना भएको देखिदैन ।
उनिहरुले विगतमा बाडेका प्रचा, धारणा र उनिहरुले गरेका व्यवहारमा मेल खादैनन् । तर पटक पटक तिनिहरुले नै चुनाव जित्दै आएका छन् ।
पछिल्लो अवस्थामा पनि यिनै पार्टीहरुका गतिविधि गाउँ समाजमा देखिन थालेको छ ।कुनै आमुक योजना लिएर होइन पुरानै जमिनदारी प्रथामा चुनाव जित्ने योजना लिएर गाउँ समाजलाई एकले अर्को पार्टीमा लाग्यो भनेर झगडा गराउन र के के लछारपाटो लगाउछु भनेर गाउँ समाजमा झुट्टा आश्वसन बाड्न थालिसकेका छन् मैले जिते भने यो गर्छु त्यो गर्छु भन्दै उम्मेद्धारका आकाँक्षीहरु मैदानमा तयारी भएको देखिन्छ ।
तर गाउँ समाजलाई दिर्धकालीन रुपमा विकास गर्ने गुरुयोजना भने कसैले प्रस्तुत गरेको देखिदैन । यस्तो जान्दा जान्दै पनि जनताहरु तिनै पार्टीलाई भोट हाल्न बाध्य भइरहेका छन् । विकल्पमा अर्को शक्ति भेटेका छै्रनन् । विगतको आधार हेर्ने हो भने स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका असल सोच भएका व्यात्तित्वहरुले उम्मेद्धारी दिएको भएपनि पार्टीको सेन्डिकेटवाट मुक्त हुन नसकेर स्वतन्त्र उम्मेद्धारहरुले चुनाव जितेका छैनन् ।
त्यही भएर नै २०७२ सालको संविधानले समानुपातिक र प्रत्यक्ष प्रणालीको विकास गरेको हो । तर पुरानो सोचवाट ग्रस्त समाजले प्रत्यक्ष प्रणालीमा आफुले छानेको उम्मेद्धारलाई भोट हालेर जिताउन सकिन्छ भन्ने ज्ञान अझै भइनसकेको जस्तो देखिन्छ । २०७४ सालमा भएको निर्वाचनमा कुनैपनि स्वतन्त्र उम्मेद्धारले चुनाव जितेका छैनन् । कुनै पार्टीवाट जितेका सिट संख्या नपुगेर मात्र स्वतन्त्र संसद भएका उदारणहरु मात्र छन् ।
त्यसकारण नेपालका मतदान गर्ने मतदाताहरु पनि सचेत छैनन् भन्ने यस २०७४ को चुनावले देखाउछ ।
यस्तो अवस्थावाट पार पाउन आम नेपाली मतदाताहरुले प्रत्यक्ष प्रणालीमा जसले गाउँ, समाज, देश बनाउने योजना प्रस्तुत गर्छ वा जुन व्यात्तिका गाउँ, समाज, वा राष्ट्रको कुनै एक क्षेत्रमा सफल कार्य गरेको पत्यारिलो आधार छ त्यो आधार समेत हेरेर मात्रै मतदान गरी नयाँ ढंगवाट देश विकास गर्ने नेतृत्व छानेर गाउँ समाज विकास गर्ने योजनालाई जिताउन सक्नुपर्छ । त्यसो गर्न सकियो भने मात्रै नेपालको विकासले फड्को मार्ने सम्भावना छ ।
मितिः २०७८ पौष २७ गतेको जन आकाश साप्ताहिकमा प्रकाशित सम्पादकीय
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend