logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

गण्डकी प्रदेशमा विज्ञापनको राष्ट्रिय नीति र आचारसंहिता सम्वन्धी कार्यक्रम सम्पन्न


  • जन आकाश
  • मंगलबार, जेष्ठ २४ २०७९

 



 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा विज्ञापन कानून छिट्टै जारी गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । पोखरामा विज्ञापन बोर्डले यहि जेठ २३ गते आयोजना गरेको विज्ञापनको राष्ट्रिय नीति र आचारसंहिता सम्वन्धी कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशले प्रदेशस्तरका सञ्चार माध्यमलाई सहयोग गरी रहेको जानकारी गराउनु भयो । उहाँले विज्ञापन क्षेत्रमा रहेका विकृति र विसंगतिको अन्त्यकालागि प्रदेश सरकार प्रतिवद्ध रहेको वताउनु भयको थियो ।

उहाँले संघीय सरकार र स्थानीय तहसँग प्रदेश सरकार सहकार्य गर्न तत्पर रहेको पनि वताउनु भयो । मुख्यमन्त्री पोखरेलले प्रदेशले बनाउने कानूनको नमुना तयार गर्न विज्ञापन बोर्डलाई आग्रह समेत गर्नु भयको थियो ।

कार्यक्रममा सचिव रविलाल पन्थले विज्ञापन सम्वन्धी प्रदेश स्तरीय कानून निर्माणमा बोर्डको सहयोग लिने वताउनु भयो । उहाँले विज्ञापन बोर्डसंग प्रदेश सरकार मिलेर सहकार्य गर्न तत्पर रहेको वताउनु भयो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन बोर्डले विज्ञापनदाता विज्ञापन एजेन्सी सञ्चारमाध्यम तथा उपभोक्ता समेतको सहभागितामा विज्ञापनको राष्ट्रिय नीति र विज्ञापन आचारसंहिताको बिषयमा छलफल गरिने बताउनु भयो। उहाँले विज्ञापनका प्रमुख क्षेत्रहरु आमसञ्चार स्थलगत विज्ञापन र डिजिटल विज्ञापनका क्षेत्रमा नीति निर्माण गरी रहेको वताउनु भयको थियो ।

विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले विज्ञापनचक्रमा सहभागी सवैको सहभागीतामा विज्ञापन आचारसंहिता र राष्ट्रिय नीति निर्माणको काम गरिरेहेको बताउनु भएको थियो ।

उक्त कार्यक्रममा विज्ञापनदाताको तर्फवाट उद्योग बाणिज्य संघका प्रतिनिधिˌहुलाक निर्देशनालय तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिˌ उपभोक्ताका प्रतिनिधिˌ विज्ञापन एजेन्सीका प्रतिनिधि तथा स्थानीय तह र प्रदेश सरकारका प्रतिनिधिको सहभागीता थियो।

सहभागीहरुले विज्ञापन बजारलाई पारदर्शी बनाउन र विज्ञापन बजारमा रहेका विकृतिको अन्त्य गर्न आग्रह गरेका थिए।
विज्ञापन बोर्डले यस अघि प्रदेश नं १ र लुम्विनी प्रदेशमा समेत यस प्रकारको कार्यक्रम आयोजना गरी सकेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend