logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

युवाहरु विदेश गइरहेकोमा बक्ताहरुको चिन्ता


  • जन आकाश
  • बिहिबार, जेष्ठ २६ २०७९

मोहन कार्की
काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलमा युवा परिषदको आयोजना र नेपाल पत्रकार महासंघ बागमति प्रदेशको संयोजनमा यहि २०७९ साल जेठ २५ र २६ गते दुइदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।



उक्त कार्यक्रममा बिभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो कार्यक्रममा युवा लक्षित कार्यक्रमलाई युवा सञ्चारकर्मीको भुमिका महत्वपुर्ण हुने भएको हुनाले युवा पत्रकारहरुलाई विशेष प्रथामिकता दिएर कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सम्बन्धित भएर आएका बागमति प्रखेशका युवा परिषदका उपाध्यक्ष, सन्तोष चौलागाई तथा पत्रकार महासंघ बागमति प्रदेशका पदाधिकारी र बागमति प्रदेश अन्र्तगतका पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरेर तिनै ब्याक्तिहरुले आ–आफ्नो क्षेत्रका अनुभव सुनाउदै देशमा युवा वर्ग दिनानु दिन विदेश गईरहेको टे«न बस्न थालेको नेपालमा केही सम्भावना नै नरहेको जस्तो देशमा नकरात्मक सस्कृति बसेकोमा सवै अभिव्याक्ति दिने बक्ताहरुले सवैभन्दा बढी देशका युवाहरु विदेश मात्रै गएको र यो टे«डलाई कसरी रोक्ने भन्ने चिन्ता ब्याक्त गरेका गरेका हुन् ।

कार्यक्रममा बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल समापन कार्यक्रममा आउने अग्रीम जानकारी दिएको भएपनि उनि त्यस कार्यक्रममा आएनन् र अन्तमा पुर्व कृषि तथा पसुपन्छी विकास मन्त्री चन्द्र तामाङलाई निम्त्याई कार्यक्रमको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको समापन त्यस समापन कार्यक्रमका अध्याक्ष गरेका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव सापकोटाले गरेका थिए २५ गते शुरुवात कार्यक्रम शुरुवात हुदा बागमति प्रदेश युवा परिषदका पदाधिकारी, बागमति प्रदेश पत्रकार महासंघका पदाधिकारीहरुको अथिथिमा उदघाटन भएको थियो ।

अनुशिक्षण कार्यक्रममा बागमति प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईले परिषदको वारेमा विगतमा गरेका काम, वर्तमानमा गरिरहेका कार्यक्रम, भविष्यमा परिषदले गर्ने कार्यक्रको वारेमा जानकारी दिएका थिए ।

वरिषठ पत्रकार राम्जी दाहालले पत्रकारहरुलाई आफ्नो पत्रकारिताको लामो अनुभव सुनाउदै तथ्यहरु दखाउदै पत्रकारिता क्षेत्रमा पत्राकारहरुले गर्नुपर्ने काम, पालना गर्नुपर्ने आचार समिता र व्यवहारिक पक्ष साथै आजको पत्रकारितामा आईरहेका युवा पुस्ताको समस्यालाई के के गर्दा प्रोत्साहान पुग्छ भन्ने जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण लिन बागमति प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरु आएका थिए ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend