जन आकाश
सुर्खेत । सरकारले धुलियाबिटदेखि बोटेचौर जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि सुर्खेत धुलियबिट बोटेचौरको खण्डमा पर्ने मानिसहरुमा खुशीयाली छाएको छ ।
चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको धुलियबिट बोटेचौर खण्ड ३५ किलोमीटर रहने छ ।
अर्थमन्त्री जनार्दन शर्मा र नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण बहाहुर खड्काको पहलमा आव २०७७÷७८ को बजेटमा मदन भण्डारी राजमार्गका लागि एक अर्ब ५१ करोडमा कालिका केस जेभिले टेण्डर हालेर सम्झौता समेत भई संरचनाको काम भैरहेको छ
आफ्नो ठाउँबाट राजमार्ग बन्ने खबरले खुशी भएका लेकबेसिकाका राजनीतिक दलका नेताले यसबाट विकासको नयाँ ढोका खुल्ने विश्वास गरेका छन् । पहिलेदेखि नै चुरे मार्गको रुपमा चर्चा हुँदै आयको थियो तर काम भने हुन सकेको थियन ।
लेकबेसी नेपाली कांग्रेसका नेता उमेस पौडेलले यो राजमार्गको निर्माणका लागि बजेट छुट्याएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । लेकबेसी प्रदेस राजधानी सङ्ग खासै टाढा नभयपनी अत्यन्त पछाडि परेको दुर्गम ठाउँ भएकोले राजमार्ग खुल्ने कुराले स्थानीयवासीले थुप्रै अपेक्षा पूरा हुने विश्वास रहेको पौडेलले बताउनुभयो ।
राजमार्ग बनाउन अति आवश्यक रहेको थियो लेकबेसी १,२,३,४,६,७,९,१० गाउँमा हुँदै राजमार्ग बनेपछि गाउँकोस्वरुप बदलिएर ठूलो शहरको अवतार लिने आशा गरिएको त्यहाका स्थानीयहरुको भनाई छ ।
रत्न राजमार्ग बनाउँदाखेरी चुरे मार्गको समेत सर्वेक्षण भएको जनाउँदै धुलियाबिट हुँदै बोटेचौर सम्म को यो खण्ड तोकियकै समयमा नै सम्पन्न हुनेमा नेकपा माओवादी केन्द्र नेता भुपेन्द्र कार्किले बिस्वास ब्याक्त गर्नु गरेका थिए ।
चुरे क्षेत्रबाट नयाँ राजमार्ग बन्ने कुराले सबैलाई हर्षित तुल्याए पनि –“कहिले कता कहिले कता भनेर नअल्झियोस जम्मा राजमार्ग को लम्बाई पुर्ब देखि पश्चिम सम्म १२ सय किलोमिटर भयपनी कति पय ठाउँ मा काम नै सुरु नभएकोले हाम्रो यो खण्डमा काम भयको देखेर हामी हर्शिद छौ । यसवाट जनता असाध्यै खुशी भएका छन् । असल कामको शुरुवात भएको छ । सवैले अर्थमन्त्रीको स्वागत गरेका छन् । भने यो कामको लागि पहल गर्ने स्थानीय माओवादी केन्द्रका कार्यकर्ताहरुलाई स्थानीय जनताले धन्यवाद दिएका छन् ।
फोटोको स्रोत केएम मिडियावाट लिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend