जन आकाश
काठमाडौँ । जेठ २८ गते शनिबार नेपाल चलचित्र विकास वोर्डको हलमा “सेमरी छोरङान” पदकबाट तामाङ चलचित्र क्षेत्रमा र तामाङ समुदायको भाषा साहित्य र कला क्षेत्रमा योगदान पु¥याएका एक दर्जन भन्दा बढीलाई सम्मान गरी “सामाजिक संजाल” नामक डकुमेन्ट्री प्रदर्शन गरि नेपाल तामाङ चलचित्र संघले १४ र्औ वर्षिक उत्सव मनाउन सफल भएको छ ।
दिनको १२ बजेबाट कार्यक्रम शुरु हुने भनिएता पनि दिउँसो दुई बजेबाट कार्यक्रम शुरु भएको थियो । “सामाजिक संजाल” डकुमेन्ट्री प्रदर्शन हुनुभन्दा अगाडी तामाङ साहित्या, भाषा र तामाङ चलचित्रको प्रवद्र्घनमा योगदान पु¥याएको नेपाल टेलिभिजनको महा प्रवन्धक निर्देशक फूलमान बललाई “सेमरी छोरङान” पदकबाट सम्मान गरेको थियो । यसै गरी जगतमान दोङले रेडियोको माध्यमबाट योगदान पु¥याए बापत सम्मान गरेको थियो ।
गीत संगीतको क्षेत्रमा योगदान पु¥याएको चन्द्र कुमार दोङ र चन्द्र कुमार मोक्तानलाई पनि उक्त पदकबाट सम्मान गरिएका थिए भने पहिलो तामाङ महिला चलचित्र निर्देशकको रुपमा सुकुमाया लामालाई सम्मान प्रदान गरिएको थियो भने दोस्रो नयिकाकोरुपमा चाँदनी मोक्तान, रोश्नी लामा ब्लोन, लत्ता योञ्जन, लगाएतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
तामाङ चलचित्र क्षेत्रमा महानायकको उपाधी पाएका अमिर दोङलाई धेरै तामाङ चलचित्रको निर्देशन गर्न सफल निर्देशककोरुपमा सेमरी छोरङान पदकबाट सम्मान गरिएको छ ।
नेपाल तामाङ चलचित्र संघको १४ औं वार्षिक उत्सवको उपलक्क्षयमा काभ्रेको रोशी गाउँपालिकासँग सहकार्य गरी निर्माण गरिएको “सामाजिक संजाल” डकुमेन्ट्रीको प्रदर्शन गरिएको थियो ।
तामाङ भाषाको सस्कृति, रीति रिवाज, सस्कार र इतिहासको संरक्षण र प्रवद्र्घन गर्नका लागि तामाङ चलचित्रको क्षेत्रलाई वृहतरुपमा बृद्घि गर्ने उदेश्यका साथ १४ वर्ष अगाडी स्थापना भएको नेपाल तामाङ चलचित्र संघको स्थापना दिवसको अवसरमा प्रदर्शन गरिएको डकुमेन्ट्रीलाई सबैले नजिकबाट नियाल्ने कोशिस गरेको थियो या थिएन । खासै सामाजिक संजालमा टिकाटिप्पणीहरु सुन्न पाइन ।
नेपाल तामाङ चलचित्र संघको स्थापना दिवसमा प्रदर्शन गरिएको डकुमेन्ट्रीले तामाङ समुदायलाई केहि न केहि सन्देश दिनुपर्छ भन्ने मान्यता यो पङ्तिकारको पनि हो ।
कार्यक्रममा संघको पूर्व अध्यक्षहरु र संघ प्रति आस्था राख्ने व्यक्तिहरुले संघले गर्दै आएको कामकोबारेमा खुलेर प्रसंशा गरेका थिए भने संघको उदेश्यकोबारेमा सबैलाई छर्लङ पारेका थिए ।
उपस्थित प्रमुख अतिथि, अतिथि र दर्शकहरुले “सामाजिक संजाल” डकुमेन्ट्रीले तामाङ चलचित्र क्षेत्रले उठान गर्न नसकेको विषय वस्तुलाई थप अध्ययन र अनुसन्धानको विषय बस्तु बनाएर प्रस्तुत हुने छन् भन्ने आशा गरेको थियो तर डकुमेन्ट्री हेरेपछि अनुमान गलत भयो कि भन्ने यो पङ्तीकारको व्यक्तिगत विचार हो ।
विषय प्रवेशः
“सामाजिक संजाल” डकुमेन्ट्रीले आधुनिक प्रविधि इन्टरनेटको माध्यमबाट समाजमा भित्रिएको विकृतिको बारेमा दृश्यबाट उजागर गर्न खोजको स्पष्ट हुन्छ । रोशीखोलाको सेरोफेरोमा बसोबास गरेका तामाङ समुदायको जीवन पद्धति र त्यस ठाउँबाट विदेशीएको एक युवकको जीवनमा घटेको घटनाबाट समाजमा भएको यथार्थ घटनालाई दृश्यबाट रोशी गाउँपालिकाले जनतालाई बुझाउन खोजिएको भन्ने सन्देशको रुपमा निर्माण गरेको भिडियो हो भन्दा फरक नपर्ला । अब यो डकुमेन्ट्रीले तामाङ चलचित्र क्षेत्रमा बर्षोसम्म योगदान दिएका निर्देशक, कलाकार, कथाकारले के सिक्ने ? यो समिक्षाको विषय भएको छ । करिब ५,७ वर्ष पहिला फूलमान बलले निर्माण गरेको “सेलफोन”मा तरुनी फकाउन बौ बराजुको सम्पती ड्याङरो बेचेर मोबाइल किनिन्छ । त्यस्तै यो डकुमेन्ट्रीमा छोरीको ईच्छा पुरा गर्न भैसी बेचेर सेकेन्ड हेन्ड मोबाइल किनिदिन्छन् । प्रसंगमात्रै फरक हो सन्दर्भ एउटै छ । सेलफोनमा साँस्कृतिकरुपमा महत्व बोकेको बौ बाजेको पुरानो सामाग्री ड्याङग्रो बेचिदिन्छ यसमा सामान्य तय गाउँघरमा सबैले पालिने भैसी बेचिन्छ ।
नेपाल तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तानले समाजिक संजालको दुरुपायोगबाट चलचित्र कर्मीहरु समस्यामा परेको दाबी गर्दै आइरहेका छन् । चलचित्र संघको अध्यक्ष तथा सामाजिक संजाल डकुमेन्ट्रीको निर्देशक कुमार मोक्तानले टिकटक र सामाजिक संजालले ल्याएको विकृतिलाई उठान गर्न सकेको छ त ? उहाँले समस्याको उठान त गरियो तर समाधन निकालेन । सँगै पढ्ने दुई जना विद्यार्थीलाई तुलना गरेर सामाजिक संजाल चलचित्रले सकरात्मक सन्देश दिन खोजिएका छन् । सामाजिक संजालको प्रयोगकै कारणले एक जना विद्यार्थीको जीवन नै बर्बाद हुन्छन् भने एक जना इनेस्पेक्टर हुन्छन् । अहिलेको समाजको चरित्रलाई उठान गरेर यो चलचित्रको समापन भएको छ तर प्रश्न उठेको छ । यस खालको डकुमेन्ट्रीहरुबाट तामाङ समुदायको भाषा, धर्म, भेषभुषा र सस्कृतिको उठान गर्न सकिन्छ ? प्रश्न नेपाल तामाङ चलचित्र संघलाई हो । सम्पुर्ण तामाङ चलचित्र निर्माताहरुलाई हो ।
यो डकुमेन्ट्री हेरिसकेपछि रोशी गाउँपालिकाले आधुनिक प्रविधिले समाजलाई कसरी डो¥याइरहेको छ भन्ने सन्देश दिन खोजेको देखिन्छ तर नेपाल तामाङ चलचित्र संघसँग मेल खाने डकुमेन्ट्र हो भन्न चाहि मिल्दैन ।
अन्तमा,
यो डकुमेन्ट्रीमा अभिनय गरिएका सबै कलाकारले पात्र अनुसारको भुमिका निर्वाह गर्न सफल भएका छन् । समाजको आधुनिक दर्पन हो भन्न सकिन्छ तर तामाङ समुदायको भाषा, सस्कृति र तामाङ चलचित्र निर्माण गर्नेहरुका लागि खुराक हो भने भन्न मिल्दैन । यो डकुमेन्ट्रीलाई नेपाल तामाङ चलचित्र संघसँग जोडिएर प्रचार प्रसार गरिनुको कुनै फाइदा भने देखिदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend