जन आकाश
काठमाडौं । संसदले विनियोजन विधेयक २०७९ पारित गर्दाको दृष्य हेर्नं लायक बनेको छ । माओवदी केन्द्रवाट सभामुख र अर्थामन्त्री बनेका माओवादीहरु रोष्टमको माथिल्लो तहमा बसेर बजेट पास गरिरहेका तल रोष्टममा बजेटको विरोध गरिरहेका एमाले संसदहरुले बिहीबार बसेको प्रतिनिधिसभामा प्रस्तुत विनियोजन विधेयक २०७९ विरुद्ध नाराबाजी गर्दै बहिष्कार गरेका छन् ।
बजेटमाथि उठेका सवालको जवाफ दिन खोज्दा अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिष्कार गरेको थियो ।
अर्थमन्त्रीले जवाफ दिने क्रममा एमाले सांसदहरूले उभिएर विरोध जनाए । एमाले सांसदको अवरोधको बेवास्ता गर्दै अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । अर्थमन्त्रीको जवाफ सकिनासाथ एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षको विरोधलाई बेवास्ता गरिएको भन्दै संसद बहिष्कारको घोषणा गरेका थिय ।
यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद दावी छ ।
गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९र८० को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गरेका थिए ।
सो क्रममा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट पेस गरेका थिए । गत १७ जेठदेखि निरन्तर मन्त्रालयगत एजेण्डामाथि छलफल भएको थियो ।
कुनै वेला एमाले माथि र माओवादी केन्द्र तल हुने गर्दथ्यो सदनमा यस्ता कहिले सासुको पालो र कहिले बुहारीको जुहारी चलिरहने गर्छ ।
एमालेका संसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट विनियोजित गर्दा माओवादीको एक संसदले व्रिफकेट नै खोसेर फुटाईदिएका थिए । नेपालको प्रतिनिधिसभा हल नीति निर्माण गर्ने बहस गर्ने राजनीतिक थलो मात्र नभयर कहिले काही रमाइलो गर्ने, आक्रोस पोख्ने थलो बन्ने गरेको घटनाहरुले देखाउछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend