जन आकाश
डा. अमर कार्की
जन्मः धापाखेल, ललितपुर
बसाइः फ्लोरिडा, यु एस ए
प्रकृतिको संरचना त अथाह छ। जति डुब्यो त्यति गहिरो अनि जति बुझ्यो त्यती कठिन। सतही रुपमा प्रस्तुत गर्दा ढुंगा, माटो, हावा, पानी आदि निर्जिब बर्गमा पर्दछन भने प्राणी र बनस्पति सजिब बर्गमा पर्दछन। तर यि सबै एक अर्काका परिपुरक हुन। एक बिना आर्कोको अस्तित्व नै रहदैन। प्रकृतिले सबै सृजनाहरुको अस्तित्व जोगाइ राख्न शक्ति सन्तुलनको नियम प्रति पादन गरेको छ। कहिलेकाहीँ यही सन्तुलन बिग्रदा यहाँ बिपदहरु आइ लाग्छन। यिनै बिपदबाट आफुलाई जोगाउनको लागि यि बर्गहरु बिच सघर्ष चल्छ। यसबाट कसैको पतन हुन्छ भने कसैको उत्थान हुन्छ र फेरि सन्तुलनमा आउछ।
हामीले देख्दै भोग्दै आएको एउटा कुरा के हो भने प्रकृतिका सबै बस्तुहरु न्युनतम उर्जामा रहन चाहन्छन। सरल भाषामा भन्दा सबैले सजिलो बाटो र सजिलो ठाउँ रोज्दछन। उदाहरणको लागि पानी जहिले पनि गहिरो भागतिरै जम्मा हुन जान्छ। अग्लो ठाउँतिर बग्न वाजम्न पानीलाई पृथ्वीको गुरुत्वाकर्षणको बिरुद्दमा उर्जा खर्च गर्नु पर्ने हुन्छ। हामीलाई पनि कम मेहिनत पर्ने कार्य नै गर्न मन पर्छ नि हैन।९९ प्रतिशत प्राणीहरुले आफ्नो ९९ प्रतिशत समय आहाराकै खोजिमा बिताउछन। थोरै समय सृस्टीलाई निरन्तरता दिनमा खर्च गर्दछन। मानिस मात्र यस्तो एउटा जाती हो जसले आहारा खोज्न बाहेक अन्य मनोरन्जनका कुराहरुमा पनि पर्याप्त समय र उर्जा खर्च गरिरहेका हुन्छ। बास्तबमा यो प्रकृतिको उर्जा सन्तुलनको बिरुद्दमा छ। त्यसैले त जति जति मानबहरुले प्राकृतिक हिसाबले आहारा र सन्तान उत्पादन गर्ने भन्दा सोखका लागि कृतिम संरचनाको बिकासमा लागे उति उति नै प्रकृतिका अन्य संरचनाहरु लोप हुदै गए। यही क्रम रह्यो भने एक दिन उर्जाको बिस्फोटन हुनेछ र आधुनिक मानब जातीको पतन हुनेछ र फेरि नयाँ शुरुवात हुनेछ भनेर बैग्यानिकहरुले सचेत गराएका छन। ढुङ्गे युगमा मानिस र अरु जिबहरुको जिबन शैलीमा खासै फरक थिएन। त्यसैले प्रकृतिको उर्जा सन्तुलनमा थियो।
मान्छे अरु जातीभन्दा बुद्दिमानी छन् जसले हामीलाई सभ्य बनाउन मद्द्त गरेको छ। तर बुद्दि सङ्गै हामीमा स्वार्थ पनि पलाएर आयो।यही बढ्दै गएको स्वार्थले हामीलाई ब्रमाहन्डमै राज गर्ने आधुनिक बिकसित मानब बनायो। यो अति स्वार्थ र त्यस माथिको थप लोभले हामीलाई अन्धो बनाउदै छ र हामी अनजानमै प्रकृतिको बिनाश तिर पनि लागिरहेका छौ। हामी हरेक कार्य केही न केही स्वार्थ राखेर गर्दछौ। हामी धर्म समेत स्वार्थ राखेर गर्दछौ। धर्मको नाममा देउताको पुकार गर्छौ, प्राथना गर्छौ, पुजा पाठ गर्छौ के को लागि ? आफ्नोकुनै काम सफल पार्न, भाकल पुरा गर्न, पुनरजिबन सुधार्न, स्वर्गमा ठाउँ पाउन, मोक्ष प्राप्त गर्न। अझ यती सम्म नि गर्छौ कि आफ्नो रक्षार लाभको लागि ति अबोल जिबहरुको ज्यान बली दिन्छौ। संसारका धेरै प्रतिशत मान्छे आफ्नो स्वार्थ पुरा गर्न मठ, मन्दिर, चर्च, गुम्बा रमस्जिद जान्छन तर थोरै मान्छे नि भेट्न गार्हो हुन्छ जो निस्वार्थ भगबानको आरधाना गर्छन्। अझै अरुको लागि धर्म गर्ने महानब्यक्तिहरुको गन्ती त न्युन छ। मेरो पुज्य पिताजी पूर्ब न्यायाधीश श्री शम्भु बहादुर कार्की भन्नु हुन्थ्यो संसारमा केबल तिन प्रकारका मान्छे हुन्छन। एक जो अरुको हित हुने काम गर्छन ति महान ब्यक्ति अर्थात देब सरह हुन्। यिनीहरुको सख्या धेरै कम छ। दोश्रो जो नअरुको हित हुने न त अहित हुने काम गर्छन्। यि सज्जन ब्यक्ति हुन। आम मानिसहरु यही बर्गमा पर्दछन। तेश्रो जो अरुको अहित हुनेकाम गर्छन ति दुर्जन अर्थात दानब हुन। यिनीहरुको बिस्तारै बाहुल्य बढ्दै गएको भए पनि अहिले सम्म न्युन नै छ। हामी कस्तो ब्यक्ति बन्ने हामीले सोच्नु पर्छ।
धर्म कर्मले हामीलाई सही पथमा चल्न दिशा प्रदान गर्दछ। मनमा भगबानको सच्चा आस्था भएको मान्छेले अरुको चित्त दुखाउदैन। तर यहाँ मेवा पाहिन्छ भनेर नै सेवा गर्ने हाम्रो प्रबृति छ। म मेरो भगबानलाई माया गर्छु त्यसैले उनको पुजा गर्छु भनेको त सुनिदैन। ठिक त्यसैगरी हामीलाई सङ्कट पर्दा वा आबस्यक पर्दा मात्र हामी हाम्रो बाबु आमालाई सम्झन्छौ। हामी तिनको पुजा पाठ गर्दैनौ, तिनलाई कुनै कुरा दान गर्दैनौ, तिनलाई खुशि पार्न फलफूल नैबेध र कपडा चढाउँदैनौ र तिनका लागि सुन्दर र महङ्गा मन्दिर बनाउँदैनौ। किनकि हामीलाई कुनै धर्मशास्त्रले नि यस्तो कुरा सिकाएको छैन। हामीले सिकेको र देखेको कुरा के छ भने आमा बुबाहरु मात्र त्यस्ता प्राणी हुन जसले सेवा बिना नै हामीलाई मेवा दिन्छन्। अघि नै माथि उल्लेख गरे नि मैले हामी सजिलो उपाय रोज्छौ भनेर। त्यसैले त कृश्न, बुद्द, जिसस, अल्लाह, साइ आदिले देखाएका सम्पूर्ण जगतकै कल्याण हुने कठिन पथमा आफु हिड्नु भन्दा तिनको एउटा मुर्ती बनाइ दिन्छौ रपुजा गर्न थाल्छौ। तिनलाई कहाँ राख्ने, कसरी राख्ने, के के चढाउने, कसलाई भेट्न दिने आदि सबै हामीले तय गरेका छौ किन कि मुर्तीबोल्दैन र कुनै गुनासो पनि गर्दैन।
धर्म र पापको ब्यापार त शताब्दी देखि चलि आएकै हो। हाम्रा पुर्खाले गौदान गर्दथे ताकी त्यो दानबाट दान लिनेको मात्र नभै दान गरेको गौमाताको पनि कल्याण होस। जुन धर्मले हाम्रो पितृहरुको मुक्ति हुनेछ भन्ने बिस्वास थियो।
आजकल गौदानको ठाउँ द्रब्य दानले लिएको छ। दियोको बत्तिलाई लाख बत्तिले प्रतिस्थपना गरेको छ। यसरी धार्मिक कार्यको खर्चबढेको छ तर उद्देस्य भने बदलिएको छैन्। जिबनमा जति नै कुकर्म गरे पनि भगबानको नाम लिए पछि सबै पाप कटिन्छ भन्ने भ्रम दिने केहीस्वार्थी धर्मका गुरु र पन्डितहरुले गर्दा पनि यस्तो होडबाजी बढ्दै गएको हुन सक्छ। तर जिबित बाबु आमा सङ्ग त्यसरी कुरो मिल्दैन।उनीहरु यो संसारबाट बिदा भए पछि बल्ल आफुले चाहे जस्तो उनिहरुको तस्बिर घरका भित्तामा राख्न पाहिन्छ, आफुले चाहेको अनुसारदान गर्न पाहिन्छ। हाम्रो धर्म संस्कारले पनि माता पिताको सेवा कसरी गर्ने र गरेमा कस्तो पुन्य मिल्छ भनेर राम्रो संग बताएको छैन।त्यसैले जिउँदो माता पिताको अनुहार पनि हेर्न नचाहनेहरु पनि मृत्यु पस्चात काज किरिया र श्राध्द गर्न जसरी नि आइपुग्छन। पुरेत, छिमेकी, नातागोता र साथीभाइ पनि यि संस्कार पूर्ण रुपमा पालना गराउन र भए नभएको निर्क्योल गर्न हरहमेसा चनाखो भएर लागेका हुन्छन। उनीहरुले आफ्नो धर्म र दाइत्व यसरी निभाउछन। जिउँदो हुँदा तिनका बृद्द मातापिताले स्याहार सुसार पाए पाएनन, तिनको हालखबर बुझ्ने चासो कसैलाई हुदैन्। किनकि त्यो उनिहरुको धर्म र दाइत्व दुबैमा पर्दैन।
हामीलाई बाबुले जिबन दिए। आमाले बडो कस्ट सहेर नौ महिना गर्भमा राखिन। प्रसब पिडामा पनि हासेर जन्म दिइन र बर्षौ आफ्नो छाती चुसाएर हुर्काइन। दुबैले आफ्नो ज्यान भन्दा प्यारो गरेर स्याहार सुसार गरे, शिक्षा दिए र एउटा मान्छे बनाए हामीलाई। त्यतिमात्र कहाँ होर आफुले पसिना चुहाएर कमाएको सम्पतीको हकदार पनि बनाए। बिध्यालय, महाबिध्यालयका गुरुहरु कसैले नैतिक, कसैले ब्यबहारिक त कसैले ब्यबसाहिक ज्ञान दिए र एउटा सबल ब्यक्ति बनाए। ति दाजु भाइ , दिदी बहिनी, काका काकी छिमेकीहरुबाट नि केही त पायौ होला, केही त सिक्यौ होला नि हामीले।
अनि खै त तिनको सम्झना ? खै त तिनको जय जय ? खै त तिनको पुजा ? खै त तिनकोको लागि बहस ? खै त तिनको लागि बर्त ? खै ततिनको लागि जुलुस र नारा अनि खोइ तिनको भक्ति हामीले गरेको ? यिनीहरु सबै कतै न कतै भगबानकै रुपमा हाम्रो जिबनमा साथ दिनआइपुगेका हुन्छन। त्यसैले सबैको जय जय गरौ सबैको भलो हुने र मानब कल्याण हुने भजन गरौ। यो नै हाम्रो धर्म र दाइत्व हो। गिताले नि यही सन्देश दिन्छ।
डा. कार्कीद्धारा लिखित मानव धर्म र दाइत्व शिषकको लेखमा केही अङस पहिला छुटेको हुनाले पुर्ण प्रकाशित गरिएको छ । सं
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend