logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

काँग्रेसबाट निर्वाचित धादिङका स्थानीय तहका जनप्रतिनिधिहरुलाई तुम्लिङटारमा प्रशिक्षित हुदै


  • जन आकाश
  • शनिबार, असार ४ २०७९

 



धादिङ । आजवाट धादिङ जिल्लामा २०७९ सालमा निर्वाचित भएका नेपाली कांग्रेसका जन प्रतिनिधिहलाई प्रशिक्षण दिदै छ । धादिङको टुमलिङटारस्थित सिद्धार्थ होटलमा आज विहानैवाट प्रशिक्षण दिन थालियको छ ।

कांग्रेसले आफ्ना नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षका लागि लागि स्थानीय सरकार संचालन र स्थानीय स्तरमा योजना तर्जुमा तथा नीतिनिर्माण सम्बन्धि कार्यशाला गोष्ठी संचालन गरी प्रशिक्षण दिएको हो ।

उक्त कार्यशाला गोष्ठीमा स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरि १२ जना जनप्रतिनिधिहरूलाई सहभागी हुने नेपाली काँग्रेस धादिङका सहसचिव नवराज तिमल्सेनाको भनाई आएको छ ।

उक्त कार्यशालामा सहजीकरणको लागि नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोखरेल, केन्द्रिय सदस्य दिलमान पाख्रीन, बागमती प्रदेश योजना आयोगको सदस्य राजु नेपाल र नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल आउने भएका छन् ।

प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको प्रशिक्षण पछि धादिङ कांग्रेसले वडा अध्यक्ष र कार्यपालिका सदस्यको लागि पनि यस्तै कार्यक्रम संचालन गर्ने जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend