logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मन्त्रीले गरे फजुल खर्च कटौती, निगम डुबाउनेहरुलाइ कहिले होला कारवाही


  • जन आकाश
  • बिहिबार, असार ९ २०७९

काठमाडौ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा अनाआश्यक २१ जनाको जम्बो टोली ईन्डोनेसिया जान लागेका थिय यतिधेरै पदाधिकारी त्यहा जादा निगमलाई व्यायभार पर्ने भनेर संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले १५ जना पदाधिकारीलाई कटौती गरिदिएका छन् । बाकी ६ जना मात्र ईन्डोनेसिया जान पाउने भएका छन् ।



१७ दिनको लागि १५ जना कर्मचारी कटौती गरेर २१ जनावाट ६ जनामात्र पठाउदा निगमलाई ३५ लाँख जोगिने मन्त्रालयका प्रेस सल्लाकारद्धारा जारी गरेको नोटमा उल्लेख गरेर पठाएका छन् ।

मन्त्री आले र निगमका अध्यक्ष युवराज अधिकारी बीचमा विवाद भएर केही दिन अगाडी भिडियो सार्वाजानिक भएको थियो । उक्त भिडियो सार्वजानिक भएपछि बिभिन्न प¥यटन तथा संस्कृति मन्त्रालय सम्बन्घ राख्ने उधोगी, व्यवसायहरुले मन्त्री आलेका प्रबृतिप्रति बिज्ञप्ति जारी गरेर बिरोध समेत गरेका थिए । त्यसैको बेलुका मन्त्री आलेले निगमका अध्यक्ष युवाराज अधिकारीलाई निलम्बन गर्न सचीवलाई निर्देशन दिएका थिए । सचीवले लगेको प्रस्ताव पास गरेर अहिले निगमका अध्यक्ष युवाराज अधिकारीलाई निलम्बन गरिसकिएको छ ।

निगमको वाइडबडी विमान अन्नपुर्ण (A330, 9N–ALY) जहाज नियमित सि–चेक जाँचका लागि आज इन्डोनेसियाको जार्कता पठाइदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पुर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ ।

स्मरणरहोस नेपाल बायु सेवा निगम जहिले घाटामा भन्ने समाचार लेख्दा लेख्दा समाचार लेख्ने पत्रकारहरुनै निरासाको सिकार हुन थालिसकेका छन् । जवकी कसैले पैशा नतिरी जाहाज चढ्दैनन् । यही नेपाल वायु सेवा निगम र थाइल्याण्डको थाई एयरवेज एकैदिन ब्यवसायिक उडान शुरु गरेको इतिहास छ । तर आज थाई एयरवेज सँग २०० वोइङ मात्रै छन् । थाई एयरवेज नाफामा छ । नेपालको एयरवेज घाटामा अस्त व्यस्त अवस्थामा छ ।

बहुदल आएपछि नेपालमा जुन मन्त्री संस्कृति तथा प¥यटन मन्त्री बन्छ उसले आफ्ना कार्यकर्ताहरुलाई विदेश सयर गराउने, निगममा क्षमता नभएकाहरुलाई अनाआवश्यक करारमा भर्ति गराउने त्यही मन्त्री सरकारवाट आउट हुने वित्तिक्कै त्यही मन्त्रीले नियुक्त गर्न लगायका कर्मचारीलाई नजायज माग राखेर आन्दोलन गर्न लगाउने पछि स्थाई गराउने ,अर्को मन्त्रीले त्यसै गर्ने चलन र उडानमा लपरवाही गर्ने ताकी नेपालको बायुसेवा यात्रुले प्रयोग नगरुण भनेर सजिलै दिने सुविधालाई पनि त्यहाका कर्मचारीले दुखः दिने, निगमका लागि आवश्यक विमानका सामान खरिदमा कमिशन खेलमा आवश्यक भन्दा बढी खरिद गर्ने कतिसम्म भने विमानको स्ट्रा चक्का हराएर अर्को देशतिर भेटिने समस्या नेपाल वायुसेवा निगममा हुदै आएको छ । अनुदानमा आएका आन्तारिक उडानमा गरिरहेका चिनिया जाहाज नेपालको आकाशमा नउडोस भनेर अन्तराष्ट्रिय चलखेल हुने ।

यस्ता हजारौ बिकृति नेपाल वायु सेवा निगमको आन्तरिक समस्या छन् भने अन्तराष्ट्रिय चलखेलले पनि वेला वेलामा समस्या पार्ने गर्छ । नेपालले बाबुराम भट्टराईको पालमा दुइवटा एयर वस किन्न लाग्दा फ्रन्समा बन्ने र फ्रान्सको एयसवस नकिनोस भन्ने अमेरिकन एयरलाईन्सको कुटनीतिक चालमा नेपालका संसद भइसकेकाहरु लेखा समितिको नाममा जानेर वा कमिशनको लोभमा फसेर विरोध गरी त्यतिवेलाका निगमका महाप्रवन्धक सुगतरत्न कंशकारलाई अख्तियार आयोगमा मुद्दा दायर गरेर नेपालले टुरिज्म बर्ष मनाउने योजना तुहायका थिए ।

तर पछि अख्तियार दुरुपयोग अनुसंन्धानमा परेको मुद्दामा भ्रष्टाचार गरेको प्रमाण पुगेको थियन र एयरवस नेपालले ५ बर्ष पछि मात्र किन्न पायो त्यो पाचबर्षसम्म निगमलाई पारेको क्षति न ति विरोध गर्ने लेखा समिति नत त्यो छानविनका लागि लामो समय लगाउने अख्तियार दुरुपयोग अनुसंन्धान दुवै निकायले व्यहोरेनन् र देशले पाँच बर्षमा प्राप्त गर्नुपर्ने आम्दानी गुमायो । नेपाल आउन चाहाने हजारौ पर्याटक नेपाल आउनवाट बञ्चित भए । अर्थ बिहिन आधार विहिन जसलाई जे मन लाग्यो त्यसको विरोध गरिहाल्ने र बषौबर्ष त्यसैमा अल्झायर देशका महत्वपुर्ण क्षेत्रमा कायापलट गर्न सकिने क्षेत्रमा अवरोध गर्ने चलन नेपालमा रहदै आएको छ । गल्ती गर्नेलाई कारवाही गर्दै गर्नुपर्छ तर काम रोक्नुहुदैन भन्ने पाठ नेपालीहरुले कहिले सिक्लान् !

वायु सेवा निगमको त्यो रोग अहिले अन्तराष्ट्रिय दोस्रो विमानस्थल निजगढमा बन्न लागेको एयरपोर्टमा सरेको छ । यस्ता राष्ट्रविरोधी कार्यहरुलाई वेलैमा को को सदनमा सडकमा जा जा छन् तिनिहरुलाई जनताले चिन्न सक्नुपर्छ । उदाउदै गरेका नेतृत्व र सदनमा सरकारमा गयर देशको यस्ता भित्री ष¥यन्त्रहरु तोड्न राष्ट्रिय–अन्तराष्ट्रिय दरिलो योजना बनायर नेपालको वायु सेवा निगम घाटामा मात्र भन्ने होइन । कुनै दिन यस्तो आवस नेपाल वायु सेवा निगम विश्वको सवैभन्दा नाफामा भन्ने समाचार बनाउन पायर निरासा भएका समाचार लेखन गर्ने पत्रकारहरुमा समेत उत्साह भरियोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend