logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्रज्ञिक क्षत्रमा बजेट कम भएको मन्त्री आलेकोः भनाई


  • जन आकाश
  • शुक्रबार, असार १० २०७९

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोश’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोग कर्ताहरुलाई सहज र सजिलो भएको बताएका छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानले नेपाली बृहत शब्दकोशको मोबाइल एप निर्माण सार्वजानिक कार्यक्रमा उक्त कुरा बतएका हुन् ।



उनले मितिः २०७९ असार ९ गते आयोजित नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ६४ वार्षि उत्सवको अवसरमा विशिष्ट अतिथिकोको बोल्दै मन्त्री आलेले ‘नेपाली बृहत् शब्दकोश’को मोबाइल एप निर्माण तथा ‘तस्बिरमा नेपाल’ जस्तो कृति प्रकाशन भएपछि स्वदेशी र विदेशी सबै नागरिकलाई नेपाल देखाउन र नेपाल चिनाउन सजिलो भएको बताएका छन् ।

उनले भने, ‘नेपाली बृहत् शब्दकोश’को मोबाइल एप निर्माण तथा ‘तस्बिरमा नेपाल’ जस्तो कृति प्रकाशन नेपाल देखाउन र चिनाउन सहज भएको छ, यो एक दमै राम्रो काम हो ।”महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्राज्ञिक सपना र तत्कालीन राजा महेन्द्रको भाषा, साहित्य र कलाप्रतिको सद्भावका कारण बिसं २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६४ वर्षको यात्रामा थुप्रै साहित्य विकासका काम गर्न सहफल भएको भन्दै मन्त्री आलेले प्रसङसा गरेका थिए ।

प्राज्ञिक संस्थाको संरक्षक समेत रहेका मन्त्री आलेले नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना कालदेखि हालसम्म भएका प्राज्ञिक गतिविधिहरुका बारेमा बिगतमा थोरबहुत जानकारी भए पनि पछिल्ला केही वर्षहरुमा यस प्रतिष्ठानले गरेका कामहरूका बारेमा नजिकैबाट हेर्ने, बुुझ्ने र सहकार्य गर्ने मौका पाएको भन्दै खुशी समेत व्यक्त गरेका थिए । भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यक्षेत्रअन्तर्गत पर्ने तथा यस प्रतिष्ठानले आफ्ना ११ वटा विभागका माध्यमबाट विभिन्न गोष्ठी, अनुसन्धान र प्रकाशनका क्षेत्रमा उल्लेखनीय कामहरु गर्दै आएको कुराको स्मरण गर्नु हुँदै मन्त्री आलेले उक्त कार्यमा लाग्नु हुने सबैलाई धन्यवाद समेत दिएका थिए ।

उनले थप्दै भनेः भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता कार्यक्षेत्र बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानका लागि बजेट न्यून रहेको भन्दै गुनासो समेत व्यक्त गरेका थिए ।

“भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रको कार्यक्षेत्र भएको संस्थामा बजेट न्यून हुन दुःखको कुरो, यस प्रतिष्ठानमा प्रयाप्त मात्रमा बजेट विनियोजन गर्नु पर्छ ।” कोभिडको महामारीमा देश आतङ्कित भएका बेलामा पनि आफ्ना कामहरूलाई नरोकी अनुसन्धान र प्रकाशनका क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्ने यस प्रष्तिठानको सबैले उच्च मुल्याङकन गर्नु पर्ने मन्त्री आलेको भनाइ थियो

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend