logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मन्त्री आलेद्धारा विभिन्न पूर्वाधार निर्माण आयोजनाको शिलान्यास


  • जन आकाश
  • आइतबार, असार १२ २०७९

 



काठमाडौ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले डोटीको जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् । उक्त आयोजनाको एक कार्यक्रमकाबीच मन्त्री आलेले शिलान्यास गरेका हुन् ।

क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजना अन्तरगत रु नौँ करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा होमस्टे, छहरा झरना स्थलमा शिव जीको मुर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने सडक निर्माण, छहरा झरना जाने सडक स्तरोन्नति, सेल्फी प्वाइन्ट लगाएतका पुर्वाधार एकीकृत रुपमा निर्माण गरिने बताइएको छ ।

उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री आलेले स्थानीय जनताले आफ्नो ठाउँ कस्तो बनाउने भनेर चासो र चिन्ता लिन आग्रह गर्दै बजेट व्यवस्था गर्ने जिम्मेवारी आफ्नो रहने प्रतिवद्धता ब्यक्त गरेका थिए । छिटफुट रुपमा पर्यटकको रोजाइ र गन्तव्य बनेको भए पनि कोरोना कहरले थन्किएको र थलिएको समयमा गत वर्ष मात्रै छहरा झरनामा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिएका थिए ।

धार्मिक तथा पर्यटकीय क्षेत्र छहरा झरना हेर्न विशेष गरेर कैलाली, कञ्चनपुर, सहित पुर्वी नेपालका जिल्लाहरु र छिमेकी मूलुक भारतबाट समेत पर्यटक आउने गरेका स्थानीयवासी शंकर रावलले जानकारी कार्यक्रममा नै जानकारी दिएका थिए ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेको पहलमा डोटीको बडीकेदार, शैलेश्वरी लगायत खप्तड–मानसरोबर सम्मको विकासका लागि र देशका थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रमा आलेको ठुलो योगदान रहेको पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कार्यक्रममा अभिब्यक्ति दिएका थिए ।

आयोजना शिलान्यास कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी डोटीका अध्यक्ष दीर्घराज बोगटी, जोरायल गाउपालिका–२ का वडाअध्यक्ष वीरबहादुर दर्लामी, विभिन्न सरोकारवालाहरु, पत्रकार लगाएतको सहभागीता रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका प्रेस सल्लाकारले पठाएको नोटमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend