logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्री कृषि आधुनिकीकरण रामेछापको ¥याली र अन्र्तक्रिया


  • जन आकाश
  • आइतबार, असार १९ २०७९

 



रामेछाप । रामेछाप जिल्ला प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मन्थलीले ा रामेछाप नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुलाई सचेतना गराउने उदेश्यले रामेछाप नगरपालिकाको वाडन ८ मा बिहान ९ बजेवाट १० बजेसम्म ¥याली गरेर सोही ¥यालीलाई नगरपालिकाको कार्यलयमा विसर्जन गरी, अन्तरक्रिया गरेको थियो। जुनारमा लाग्ने विभिन्न रोगहरु फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोकथाम तथा नियन्त्रणका बारे जुनार कृषक तथा सरोकारवालासँग मितिः २०७९ असार १८ गते उक्त अन्र्तरक्रिया गरेको हो ।

कार्यक्रमरामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षता र जिल्ला समन्वय समिती रामेछापका प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम अगाडी बढेको थियो ।

रामेछाप जिल्लालाई चिनाउने फल जुनारमा केहि वर्ष अघि रोग, किराले सताएको भएपनि अहिले रोग किरा नियन्त्रणमा आएको कृषकहरुले बताएका छन । उक्त छलफल कार्यक्रममा प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ मन्थली रामेछापका प्रमुख थिर लाल गैरेले जुनारमा लाग्ने विभिन्न रोगहरु फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोगको रोकथाम तथा नियन्त्रणका बारेमा कृषकहरुलाई जानकारी गराएको थिए ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती रामेछापका प्रमुख चिना खड्का कार्कीले रामेछापको जुनारले पछिल्लो समय राम्रो बजार पाएको बताउनुभयो । जिल्लामा उत्पादन भएको जुनार र जुनारको जुस कोसेलीको रुपमा धेरैले लैजाने गरेको उनको भनाई थियो ।

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले जुनारको पहिचान बोकेको रामेछाप नगरपालिकामा कृषकहरुलाई जुनार खेती तर्फ अग्रसर गराउन विभिन्न कार्यक्रमहरु सन्चालन हुँदै आएको बताए । उनले व्यवसायिक रुपमा जुनार खेती गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्दै आउको र नगरपालिकाले थप सहयोग गर्ने बताए ।

उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमार कार्की,वडा नं ६ का वडाअध्यक्ष राजेश तामाङ,रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे,कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख निर्मला गुरुङ,पत्रकार महासंघका रामेछापका अध्यक्ष बद्रि नयाँघरे लगायतले आफ्नो भनाई राखेका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend