जन आकाश
काठमाडौ । नेपालमा विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनको लागि पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता वनाई सार्वजनिक गरिएको छ।विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो आचारसंहिता सार्वजनिक उदघाटन गरी सार्वजानिक गरेका छन् ।
कार्यक्रममा मन्त्री सहित सञ्चार तथा सूचना मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल विज्ञापन संघ नेपालका अध्यक्ष सोम धिताल, मिडिया सोसाईटीका महासचिव मदन लम्साल, नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेल, बरिष्ठ पत्रकार बबिता बस्नेत, सञ्चारीका समुह नेपालका अध्यक्ष बिमला तुम्खेवाले समेतको उपस्थितिमा सञ्चारमन्त्री कार्कीले उक्त आचार संहिता सार्वजनिक गरेका थिए।
सरोकारवालाहरुले लामो समयदेखि माग गर्दै आएको उक्त आचारसंहिता विज्ञापन बोर्डको गठन पछि सरोकारवाला र विज्ञसँग छलफल र अन्तरक्रिया पश्चात विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ग) बमोजिम निर्माण गरी कार्यान्वयनमा ल्याईएको हो। आचारसंहिताले विज्ञापन बजारमा देखिएका अपारदर्शी तथा अस्वस्थ्य प्रतिष्पर्धा लगायतका विकृति तथा विसंगतिलाई कम गरी विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउने तथा उपभोक्तालाई गुणस्तस्तरीय वस्तु तथा सेवा प्राप्तिमा सुनिश्चितता प्रदान गर्ने विश्वास लिएको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले सार्वजानिका कार्यक्रममा सम्बोधनको क्रममा बताएका थिए ।
विज्ञापन आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाई विज्ञापन व्यवसायलाई मर्यादित बनाउने विश्वास बोर्डले लिएको छ। आचारसंहितामा विज्ञापन गर्न हुने र नहुने विषयवस्तुका सम्बन्धमा स्पष्ट रुपमा उल्लेख गरेको छ। यहि असार १९ गते सार्वजनिक गरिएको आचार संहितमा उपभोक्ताको हक हितको संरक्षण, महिला, वालवालिका तथा पिछडिएका बर्गको हितको संरक्षण जस्ता विषयवस्तुहरु समेटिएका छन्। विज्ञापनको उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणमा संलग्नर व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहिता केन्द्रीत छ। विज्ञापन उत्पादन गर्दा मौलिक सृजनालाई प्राथमिकता दिने, स्वदेशी कला र सँस्कृतिलाई प्रोत्साहन गर्ने व्यवस्था समेत गरिएको छ। अरुको नक्कल गर्न नहुने लगायतका विषयमा आचारसंहितमा विशेष व्यवस्था गरिएको छ।
आचारसंहिताका बिषयबस्तुहरु सामाजिक मर्यादा कायम गर्न, महिला तथा वालवालिको विज्ञापनमा दुरुपयोग हुनबाट रोक्न,उपभोक्ताको हितको संरक्षण गर्न, स्वच्छ प्रतिष्पर्धात्मक वातावरण सृजना गर्न परिलक्षित छन्। आचारसंहितामा स्थलगत तथा डिजिटल माध्यमबाट हुने विज्ञापनको उत्पादन, वितरण तथा प्रकाशन वा प्रसारण गर्दा अपनाउनु पर्ने आचारणका बिषयमा स्पष्ट व्यवस्था गरिएको छ।
आचारसंहिताले विज्ञापन उत्पादनमा मौलिक, सृजनशिल र व्यवसायिक हुनुपर्ने कुरामा जोड दिएको छ। त्यसैगरी विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक र प्रामाणिक हुनु पर्ने, भ्रमपुर्ण र दोहोरो अर्थ लाग्ने विज्ञापन गर्नु गराउन नहुने, विज्ञापनदाताको परिचय स्पष्ट खुल्नु पर्ने तथा विज्ञापनमा उल्लेख भएको गुणस्तर र मात्रा बजारमा वितरित वस्तु तथा सेवामा अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था समेत गरिएको उल्लेख छ।
विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण गर्दा विज्ञापन बोर्डमा सूचीकृत सञ्चाररमाध्यममा मात्र गर्नुपर्ने, स्वदेशी सञ्चाारमाध्यमलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । विज्ञापनदाताले विज्ञापन एजेन्सी परिवर्तन गर्दा पुरानो एजेन्सीको वक्यौता चुक्ता गर्नुपर्ने, सम्भव भएसम्म प्रदेश तथा स्थानीय तहका विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा प्रादेशिक तथा स्थानीय सञ्चारमाध्यमलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था समेत आचारसंहितामा उल्लेख छ।
विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा तोकिएको स्थान, समयमा गर्नुपर्ने, विज्ञापन प्रकाशन भएको पत्रिकाको अंक कसैलाई लाभ वा हानि पुर्याउने नियतले बजारमा जान रोक्ने जस्ता दुष्कर्म कदापि गर्न नहुने जस्ता व्यवस्था आचारसंहिताले गरेको छ। प्रकाशित वा प्रसारित नै नभएको विज्ञापन प्रकाशन तथा प्रसारण भएको भनी भुक्तानी माग गर्ने, विज्ञापन प्रकाशन वा प्रसारणको अनुरोध वेगर नै विज्ञापन प्रकाशित गरी भुक्तानी माग गर्ने लगायतका जबरजस्ती गर्ने क्रियाकलाप गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ।
विज्ञापनलाई समाचारको रुपमा र समाचारलाई विज्ञापनको रुपमा प्रकाशन तथा प्रसारण गर्न नपाउने व्यवस्था आचारसंहितामा गरिएको छ। सामाजिक सञ्जामलमा विज्ञापन गर्दा सामाजिक संजालले नियामक निकायबाट अनुमति लिनुपर्ने व्यवस्था आचारसंहितामा गरिएको उल्लेख छ।
विज्ञापन बजार अपारदर्शी भएको गुनासो आईरहेको वेला विज्ञापनको आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने अपेक्षा बोर्डले गरेको छ। त्यसका लागि सञ्चोरमाध्यमले आफ्नो दर सार्वजनिक गर्नुपर्ने र त्यसमा दिने छुटसम्म खुलाउनु पर्ने, सार्वजनिक गरिएको दररेटमा घटि वा वढी गरी कारोवार गर्न नपाईने, विज्ञापन एजेन्सीले सञ्चापरमाध्यमले तोकेकै दररेटमा कारोवार गर्नुपर्ने, सरकारी निकायले सञ्चाआरमाध्यमको बीलको प्रतिलिपि हेरेर मात्र उक्त बीलमा एजेन्सी कमिशन दिनुपर्ने भए एजेन्सी कमिशन समेत खुलाएर बनाएको बीलमा मात्र भुक्तानी गर्नुपर्ने, विज्ञापन करोवार गर्दा त्रिपक्षीय सम्झौताको आधारमा गर्नुपर्ने जस्ता व्यवस्था गरिएको छ। सञ्चार माध्यमले दररेट निर्धारण गर्दा आफ्नो प्रभाव, पहुँच र लोकप्रियताको आधारमा मात्र गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको उल्लेख छ।
विज्ञापन बजारलाई पारदर्शी बनाउन विज्ञापन बोर्डमा सूचीकृत सञ्चारमाध्यममा मात्र कारोवार गर्नुपर्ने, बोर्डमा सूचीकृत एजेन्सीसँग मात्र कारोवार गर्न सकिने व्यवस्था आचारसंहिताले उललेख गरेको छ।
विज्ञापनको आचारसंहिताले भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन विज्ञापनदाताले विज्ञापन एजेन्सीलाई ३० दिन भित्र भुक्तानी दिनुपर्ने, एजेन्सीले सञ्चा्रमाध्यमलाई ६० दिन भित्र भुक्तानी गर्नुपर्ने व्यवस्था समेत गरेको छ। तोकिएको समयमा भुक्तानी प्राप्त नभए बोर्डमा उजुरी दिन सकिने र बोर्डले भुक्तानी समयमा नगर्ने विज्ञापनदाता तथा एजेन्सीलाई कालोसूचीमा राखि अन्य सञ्चातरमाध्यममा समेत कारोबार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ।
विज्ञापनदाताले आफुले चाहेको सञ्चामरमाध्यममा विज्ञापन गर्न पाउनु पर्ने, एउटा सञ्चा्र माध्यममा विज्ञापन गरेको आधारमा आफ्नो सञ्चाारमाध्यममा विज्ञापन गर्न दवाव दिन नहुने लगायतको व्यवस्था गरी सञ्चार माध्यम चयनको हक विज्ञापनदातामा रहने व्यवस्था समेत आचारसंहिताले उल्लेख गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend