logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

एमबीबीएसमा ११० सिट थपिए, चिकित्सक उत्पादन बढाउने कि विदेश पलायन रोक्ने


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं । सरकारले यस वर्ष एमबीबीएस अध्ययनका लागि ११० सिट थप गरेको छ। चिकित्सा शिक्षा आयोगको असोज ३० गते बसेको २८औँ बैठकले एमबीबीएसतर्फ कुल २ हजार ७४५ सिट निर्धारण गरेको हो। तर, चिकित्सक उत्पादन बढाउने सरकारी निर्णयसँगै उत्पादित जनशक्तिलाई देशमै टिकाउने र चिकित्सा शिक्षाको गुणस्तर कायम राख्ने विषयमा बहस सुरु भएको छ।



प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले ८४ वटा शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरेको छ। गत वर्षको तुलनामा यस वर्ष चिकित्सा शिक्षातर्फ ४१८ सिट थपिएका छन्।

आयोगले बीएससी नर्सिङमा २१० र बीएनएसमा ९८ सिट थप गरेको छ। यस वर्षदेखि कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पनि एमबीबीएस अध्ययन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend