जन आकाश
नेपालमा आन्दोलन वेला वेलामा हुने गरेको छ । ति आन्दोलनहरुले जनतालाई सास्ती दिन र रामेको ठाउमा स्यामे, स्यामेको ठाउमा रामे देशको महत्वपुर्ण पदीय कुर्सीमा पुग्नवाहेक अरु केही उपलब्धि हासिल भएको देखिदैन । यस्ता आन्दोलनहरु नेपालको हितमा भएका रहेनछन् विगतमा र अहिले आन्दोलन गर्ने पार्टी र तिनका नेता पनि तिनै भएको हुनाले यस्ता आन्दोलनको कुनै औचित्य नेपाली जनताले नठानेका हुन् ।
आन्दोलन गरेर सरकारमा रहेको सत्ताधारी शक्तिले राजिनामा नदिए वा नछोडे पृथ्वि नै पल्टाईदिने जस्तै गरी भाषण गर्दै आन्दोलन गर्न जनतालाई उत्तार्ने र जनताको समस्या आजको भोलि छु मन्तर गरेर सावधान गर्ने जस्ता अपत्यारिला कुरा गरेर आश्वसन बाड्ने र तिनै सत्तामा पुग्ने र पुनः विगतको सरकारले गरेको काम जतिको पनि कुनै पार्टीको नेताहरु सरकारमा जादा काम गरेको देखिएका छैनन् ।बरु परिवर्तनको नाममा बिगार्दै–बिगार्दै लगेकाछन् । त्यसैले जनताले विश्वास गर्ने आधार नबनेको हो ।
राणा साशन बिरुद्ध गरेका आन्दोलनले राणा साशनको अन्त्य गरेको भएपनि राणाले भन्दा देश र जनताको हितमा कुनैपनि पार्टीको सरकारमा प्रगति भएको देखिदैन एउटा महेन्द्रकालीन साशन वाहेक नेपालका आन्दोलनहरु ठुला देशका पक्ष र विपक्षमा शक्ति प्रदर्शन गर्ने परिचालनका रुपमा मात्र देखा परेका देखिन्छन् ।
२००७ साल भारतीय लवीमा त्रिपक्षिय दिल्ली सम्झौतवाट परिवर्तन भएको मानिन्छ । त्यसैगरी २०४६ साल भारतीय सहयोगमा नै जनआन्दोलन भएको देखिन्छ । त्यो आन्दोलन गराउन केही भारतीय नेताहरु नेपालमा आयर गणेशमानको च्याक्सीवारीवाट र बिराटनगरको कोइराला निवासवाट भारतीय नेताहरुले हामरे आन्दोलन आगे बढे हे नही रोकिङगे जस्ता नारावाट शुरु भएको नेपालका आन्दोलन तिनै आन्दोलनमा सहभागी भएको नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (हालको एमाले) जसको जन्म नै भारतमा भएको थियो । त्यो अस्थिरता नेपालका ल्यायर त्यतिनै वेला भारतले नेपालको भुमिहरु माहाकालीको शारदा ब्यारेज,पुर्णगिरी बाध, टनकपुर धमाधम बनाएको थियो यो माथिका लाईन पढिसकेपछि आन्दोलन कसका लागि भएको रहेछ भन्ने प्रष्ट हुन्छ । नेपाललाई कमजोर बनायर भारतीय स्वार्थ पुरा गर्न गरिएको आन्दोन रहेछ भन्ने देखिन्छ । अझ यसलाई छोटोमा महाकाली खाने भारतको दाउमा आएको परिवर्तन मान्न सकिन्छ ।
यिनै आन्दोलनहरु पछि नेपाल र भारतवीचमा भएका सम्झौताले नेपालको सर्वभौमसत्ता तथा प्राकृतिक स्वतन्त्रता गुमाएको अवस्था छ । कोशी सम्झौता २०११ साल, गण्डक सम्झौता २०१६ एकीकृत महाकाली सम्झौता २०५३ साल असोज ३ गते गरेर नेपालको राष्ट्रिय हितबिरुद्धको कार्य गर्नेहरु नै आजसम्म देशका प्रमुख पदहरुमा बसेका छन् ।
तिनै मानिसहरु पार्टीका प्रमुख, सरकारमा आलोपालो मिलायर वा शक्ति केन्द्रहरुको स्वार्थ नमिल्दा बेरोजगार नेपालीहरुलाई हुलहुज्जत जम्मा गरी केही दिनका लागि भाडामा प्रयोग गरेर आन्दोलन गर्ने र पालैपालो विदेशी स्वार्थमा काम गर्ने नेताहरु देशको साशन चलाई रहेकाछन् । आन्दोलन तिनैले गरिरहेका छन् । यो नेपाल देश र नेपाली जनताको हितमा देखिदैन । विगतमा भारतको स्वार्थ पुर्ति गर्न मात्र देखिएका दलहरु आजको दिनमा आइपुग्दा नेपालको परराष्ट्र कुटनीति असफल जस्तै भएर शक्ति केन्द्र चीन र अमेरिका क्षेत्रिय शक्तिहरु भारत, ईरोपियन युनियनको समेत प्रयोग राजनीतिक दलहरु भएका हुन थालेका छन् ।
यस्ता प्रयोगवादी राजनीतिक पार्टीहरुले गरेको आन्दोलन कीमार्थ नेपाल देश र नेपाली जनताको लागि हुनै सक्दैन । नेपाल देशको पक्षमा यि माथिका उल्लेखित पार्टीले काम गरेको भए राणाकालीन साशन व्यवस्थामा स्थापना भएका राम्रा उद्योगहरु सञ्चालनमा राखेर ठुलो स्केलमा नेपालको आर्थिक बृद्धि गरेका हुने थिए । तर उनिहरुले ति उद्योगहरु नीजिकरण गरेर स्वहा बनाए, राणा साशकहरुले बनाएका कलेज, स्कुल, हस्पिटल, बैक, सरकारी भवनहरु राम्रोसँग मर्मत समेत गर्न सकेनान् । अन्तराष्ट्रिय कुटनीतिक सम्बन्ध प्रगाढ बनाउन सकेनन् । उल्टै बिगार्दै लगे, देश र जनताको पक्षमा यि माथि उल्लेख गरेका पार्टी, नेताहरुले आन्दोलन गरेको भए देशले साच्चै काचुली नै फेरको हुनेथियो । तर अवस्था त्यस्तो छैन । दिनानु दिन नेपाल परनिर्भर हुदै गएको छ । बिदेशीहरुको युद्धभुमिमा देश परिणत हुन लागिरहेको छ । काम गर्ने मेहेनती नेपालीहरुलाई बानी बिगारेर आन्दोलन गर्ने राजनीतिको नाममा बेतुकका गफ चुटेर दिनभरी बस्ने अरुका कुरा काट्ने आफु सिन्को नभाच्ने बातावरण बनाई राजनीतिक पार्टीहरुले व्यक्ति विशेषलाई नेता बनाउन प्रयोग गर्ने जनता पनि प्रयोगवादी जनता भएका छन् ।
यस्ता प्रयोगवादी आन्दोलनमा जनताले सहभागी भएर पार्टी नाममा नेताहरुलाई सघाउनु देश र जनताको हित विपरित हुने देखिदै गएको छ ।
आन्दोलनले देशमा भएका कुरिति,थिति हटाएर असल साशनको शुरुवात गर्नुपर्ने हो । तर नेपालमा विगतमा भएका र वर्तमानमा भएका आन्दोलन नेपालमा अराजक सृर्जना गरी कुनै कार्टेलिङ गर्ने काला ब्यापारीलाई सामान भवाव देखाएर फाइदा पु¥याउन वा शक्ति केन्द्र राष्ट्रहरुको स्वार्थ पुरा गर्न, नेपालमा अस्थिरता देखाएर नेपालको प्रकृतिक सुन्दताको प्रचार रोकी टुरिज्म क्षेत्रलाई सिथिल बनाउन, नेपाललाई यस्तै यस्तै के के बाहनामा अस्थिरतामा फसाउन पाए सधैभरी आफ्नो अनुकुल चलाउन शक्ति केन्द्रहरुलाई समेत सजिलो हुने भएको हुनाले र नेपालमा ठुला स्केलका उद्योग, कलकारखाना, व्यापार फस्टाएमा भारत–चीन दुवैलाई व्यापारमा असर पुग्ने देखेर नै होला नेपालको प्रचु्रर विकास गर्न आउन खोज्ने असल नेतृत्वहरुले अवसर नपाउने असल व्यक्तिहरुले गरेका आन्दोलन देशका पक्षमा भएका आन्दोलन कुत्सित ढंगवाट दवाउने काम भइराखेकै छन् ।
देशको पक्षमा हुने आन्दोलन उठ्न सकेको छैन । वास्तविक नेपाली जनताको परिवर्तन भएको छैन । तर विदेशी आडमा हुने आन्दोन धेरै भईसकेका छन् । यस्तै भईरहन्छन् । संख्या धेरै देखिन्छन् । अन्ततः देशको पक्षमा हुदैनन् ।
त्यसैले देशको पक्षमा हुने पत्यारिलो आधार भएको देशभक्तहरुको देशपक्षिय आन्दोलन देशले खोजेको छ । नकि त्यो विदेशीको पक्षमा देशको असमान सन्धि गर्नेहरुले आफुले सरकारमा स्वार्थ पुर्ति गर्न नपाएको झोकमा गर्ने आन्दोलन र विदेशी शक्तिको स्वार्थको निम्ति गरिन लागेको आन्दोलनले देशको हितमा काम गर्छ भन्ने विश्वास विगतमा नै गुमाई सकेका छन् ।
त्यसकारण नेपाली जनताहरुले कुन आन्दोलन कुन पार्टी देशको लागि छ भनेर गहिरो गरी सोचेर मात्र पार्टीहरुले गरेका कार्यक्रममा देशको हितमा पत्यारिलो आधार रहेछ भने मात्र लाग्नु उचित होला कि ?
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend