जन आकाश
पुस्तकचर्चा
तेजप्रकाश बानियाँ
साहित्यकार मुकुन्द न्यौपानेको जन्मवि सं २००३ कार्तिक महिनाको २३ गते काठमाडौंको लाजिम्पाटमा भएको हो । माता मन यौपाने र पिता शिवप्रसाद न्यौपानेका एकमात्र सुपुत्रको रूपमा जन्मनु भएका मुकुन्दको बाल्यकाल माता पिताकासाथ बित्यो । उहाँले कखरा घरैबाट शुरू गर्नुभयो । उहाँलाई साहित्य लेखनमा बाल्यकाल देखिनै रुचि थियो । त्यस बखत अहिलेको जस्तो जताततै विद्यालयको व्यवस्था नभएको हुदा विभिन्न विद्यालय हुँदै नन्दी रात्री पाठशाला नक्सालबाट एसएलसी उतिर्णं गर्नुभयो । त्यसैताक ‘विलाप’ शीर्षकको कविता लेखेर नयाँ सन्देस साप्ताहिकमा प्रकाशित भएको थियो ।
एसएलसी पछि आय आर्जनका लागि गरिने अनेकौं उपायहरू मध्य जागिर रोज्नुभयो तर दुर्भाग्यवस निबृत्ति भरण कहीेबाट पनि हुन सकेन । तर एउटा खाटी कुरा के छ भने, जुनसुकै विभाग वा निकायमा जागिरमा व्यस्तताका वाबजुद पनि साहित्य लेखने कामलाई निरन्तरता दिइनै रहनुभयो । कतैबाट साहित्यिक कार्यक्रमको निमन्त्रणा आयो कि आप्mनो सिर्जना साथ उक्त कार्यक्रममा सहभागी हुन पुग्नु हुन्छ ।

सादा जीवन उच्च विचारका धनी, न्यौपानेले विभिन्न ठाउँमा नोकरी गर्दा पनि साहित्यलाई सोखको विषय बनाएर लेखने काम छोड्नु भएन । अगाडि बढिनै रहनुभयो । एक त साहित्य साधनलाई उमेरले नछेकने,त्यसमा पनि उहाँको उमेरले ७६ वसन्तपार गरी सक्दा पनि जोस, जाँगर र हौसला कुनै कमी आएको छैन । समयलाई असाध्य महत्व दिने न्यौपानेले साहित्य लेखन र घर व्यवहारको अलावा समाज सेवामा पनि यत्तिकै योगदान पु¥याउनु भएको छ । समाज सेवामा आजीवन सदस्य, कोषाध्यक्ष, विशिष्ट सदस्य, साधारण सदस्य आदि गरी १३ गोटा सामाजिक सस्थाहरूमा संलग्न हुनुहुन्छ ।
यसैगरी कृतिहरू प्रकाशन तर्पm उहाँले २०६८ सालदेखि हालसम्म निम्न बमोजिम शीर्षकका ९ थान पुस्तकहरू प्रकाशित गरीसक्नु भएकोछ ।
१,भाव (कविता सङ्ग्रह–२०६८)
२,चेतना (आध्यात्मिक सङ्ग्रह–२०६९)
३,खण्डितस्वप्न (कविता सङ्ग्रह–२०७०)
४,ईश्वर छैन (कविता सङ्ग्रह–२०७४)
५,मनको आँखा (हाइकु सङ्ग्रह–२०७५)
६,यो कस्तो प्रेम (लघुकथा सङ्ग्रह–२०७६)
७,सेवा नै धर्म हो (लेख कविता सङ्ग्रह–२०७६)
८,सगुन (हाइकु सङ्ग्रह–२०७८)
९, केहीकथा केही लघुकथा (कथा सङ्ग्रह–२०७७)
साहित्यका निकै विधामा कलम चल्ने मुकुन्द न्यौपाने को “ईश्वर छैन”शीर्षकको कविता सङ्ग्रह मेरो हातमा छ । बाहिर कभर हेर्दैमा रहर लाग्दो, पुस्तकको साइज सानो देखिए पनि हुनुपर्ने विषयवस्तु पेचिला र सटीकछन् । पुस्तकको कभर पल्टाउने वित्तिकै नेपाल प्रज्ञा—प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूले लेखीदिनु भएको शुभकामना र कमला रिसाल ‘ज्योति’ले लेखीदिनु भएकाृे समाजको सजीव चित्र ले पुस्तकको गरिमा अझ बढेको छ ।
अन्तर्वस्तुको बारेमा भत्रुपर्दा यस पुस्तकमा ५७ गोटा गद्य कविताहरू समाविष्ट छन् । कविताङरू एक से एक स्तरीय छन् । कवितामार्पmत लेखकले समाजलाई केही दिनखोज्नु भएको छ । विकाश र प्रगतिको लागि घचघच्याइ रहनुभएको छ । सरकारका खराव कामप्रति खवरदारी र राम्रा कामप्रति प्रशंसा र धन्यवाद भन्नु भएको छ । देशकोे कानून र फितलो कार्यान्वयन, वर्तमान राजनीति र खिचातानी, होडबाजी को मौकामा, बिदेशिको बढदो चलखेल देखेर वाक्क हुनुहुन्छ ।
७६ वसन्तपार गरेको जीवनले नेपालले आपैmं गरेको प्रगति बाहेक, देशको अरू निस्वार्थ भावको प्रगतिकुनै क्षैत्रमा पनि देखिएको छैन । यति हुदापनि नेताहरुमा चेतना आएको छैन । दलगत व्यक्तिगत स्वार्थभन्दा माथी उठेर देशको हितमा कामगर्ने तर्पm कोही देखिदैन ।
अन्त्यमा यो कविता सङ्ग्रह, लेखकले देशको वर्तमान सामाजिक परिवेशलाई मध्यनजर राखी, यो पुस्तक लेख्नुभएको छ । कविताहरू गद्यात्मक र सरल भएकोले सबै उमेरका लागि पठनीय छन् । लेखकको साहित्यिक भविश्य उज्वल छ । मुकुन्द न्यौपानेको साहित्यले शिखर चुम्ने आशाकासाथ आजलाई यत्ति ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend