logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तीज कार्यक्रम भव्य


  • जन आकाश
  • बुधबार, भाद्र १५ २०७९

 



काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महिला बिभागले तीज कार्यक्रम आयोजना गरी भव्य तरिकाले मनाएको छ । कार्यक्रमका सभापति महिला विभाग अध्यक्ष लक्ष्मी खड्काले गरेकी थिइन भने प्रमुख अथिति विष्णु कार्कि रहेकी थिइन, विशेष अतिथि कल्पना दाहाल, लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए । भने बिभिन्न संघ, संस्था तथा महासंघका सदस्य, पदाधिकारीहरुलाई आमन्त्रण गरी तीज मनाइएको नेपाल राष्ट्रिय व्यवसायी महासंघकी कार्यलय सचीव बिनिता गौतमले जानकारी दिएकी हुन् ।

गौतमकै अनुसार बरिष्ठ महिला प्रतीनीधीहरूको उपस्थितिमा तिज विशेष कार्यक्रम २०७९ भव्य र सव्य भएको र कार्यक्रममा नेपाली मौलिक गीतहरुमा सदभावपुर्ण सामुहिक नाचगान गरी मनोरञ्जन समेत गरिएको उल्लेख छ ।

उक्त कार्यक्रमको अवसरमा बिभिन्न सघं संस्थामा आबद्ध महीला तथा दिदि बहीनीहरूलाई बधाई तथा सम्मान पत्रले समेत सम्मान गरिएको थियो ।

सम्पूर्ण दिदीबहिनीहरुमा महिला सशक्तीकरण र हरेक प्रकारका महिला हिंसा विरुद्धको अभियानमा लाग्न प्रेरणा मिलोस भन्दै हरीतालीका तीज २०७९ को शूभकामना आदान प्रदान गरेका थिए ।

त्यस कार्यक्रमको सञ्चालन सभापति आफैले सञ्चालन गरेकी थिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend