जन आकाश
विनोद कार्की ।
रामेछाप । सल्ला , ठिउँढे , धुपीका काठले बारेर चिटिक्कै पारिएका बार्दली । फराकिला आँगन र कठबार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरि खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आँखैमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली ।
अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटर गाडी आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको रामेछापको गर्जाङ गाउ पछिल्लो समय बसाइसराइका कारण उजाडिँदै जान थालेको छ ।
एक दशक अघिसम्म बाक्लो बस्ती भएका गाउँ बसाइसराइका कारण पातलिँदै गएका छन् । बितेको एक दशक यताको अवस्था भने पूरै फेरिएको छ । रामेछापको गार्जाङ , चाके , चुचुरे धौले , वालुवा लगायतका क्षेत्रबाट सबैभन्दा बढी बसाइसराइ भएको छ ।
कतिपय स्थानमा त गाउँमा केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकी समेत नपाइने अवस्था सिर्जना भएको छ । गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने मानिस छैन। ।
गाउँमा विकासले बिस्तारै गति लिँदै गरे पनि बसाइ सर्नेको सङ्ख्यामा भने कमी आउन सकेको छैन । गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकी समेत नभएको बसाइ सरेर जाने क्रमले गाउँमा विकास निर्माणको काम गर्न समेत समस्या हुने गरेको गोकुल गंगा गाउँपालिका वडा न.२ चाकेमा बस्दै आउनु भएको पदम बाहादुर कार्कीले बताउनु भयो रामेछापका ब्यतिmहरु प्रायः काठमाडौमा रोजागारीको लागी र कतिपय तराईमा उब्जनी हुने ठाउँमा बसाइ सर्ने गरेका छन् ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै काठमाडौमा आउन थालेपछि रामेछापका गाउँघर सुनसान बन्दै गएको हो ।
स्वास्थ्य, शिक्षा, रोजगारलगायतको कारण बसाइ सर्ने क्रम बढेकोले गउँघर सुनसान बन्दै गएको गोकुल गंगा गाउँपालिका वाडा न. २ बस्ने पदम बाहादुर कार्कीले बताउनुभयो । ‘मौसम, हावापानीको हिसाबले बस्नलाई त यतै ठिक हो नि तर के गर्ने बिरामी भयो काठमाडौ आउनु पर्ने, छोराछोरी पढाउन सहर पस्नु पर्ने, सुविधा सम्पन्न अस्पताल छैन, राम्रो शिक्षा दिने स्कुल कलेज छैन ,अनि बसाइ नसरेर पनि त भएन– उहाँको भनाइ छ ।
गाउँघरको बढ्दो बसाइसराइले गाउँघर खालि बन्दै गएका छन् । पातलो बस्तीले सुरक्षा चुनौती बढ्दै गएको छ ।
प्रायः युवाहरु वैदेशिक रोजगारीमा जाने र पैसा कमाए सपरिवार शहर लेर जाने क्र्रम बढ्दो छ ।। कतिपयले गाउँमा भएको घर, खेतबारी बेचेर शहर पसेका छन् भने केहीले खेतबारी बाँझै छोडेर शहर पसेका छन् । आमाबुवा पनि छोराछोरीकै साथ लागेर शहर जाने क्रम बढ्दो छ । गाउँका खेतीयोग्य भू–भाग जङ्गलमा परिणत हुँदै गएका छन् ।
अहिले रामेछाप जिल्ला बाहिर मात्र नभई जिल्लाभित्रै पनि गाउँ छोडेर बजार क्षेत्रमा बसाइ सर्ने क्रम बढ्दो छ । २०७८ सालमा भएको जन गणना पनि रामेछाप सवैभन्दा बढी बसाई सराई गरेर जाने जिल्लामा परेको छ । भने जनसँख्या सवैभन्दा कम हुने जिल्लामा परेको छ । यो निक्कै चिन्ताको बिषय हो ।
स्थानीयको बसाइसराइ रोक्नेतर्फ कसैको चासो देखिँदैन । गाउँमा सम्भावनाका अवसर पनि नहुने होइन तर स्थानीय निकायहरुले काम गर्ने तरिका र अवसर तत्कालै दिन सन्दा मानिसहरु पलायन भईरहेका छन् “गाउँमा सोचेजस्तो विकास भएको छैन । पखुरा बजारेर खेती गर्ने छोराछोरी विदेश र राजधानी केन्द्रीयत भएपछि उब्जनी हुने वारीहरु जङगलमा परिणत भएका छन् । जङ्गली जनावरको संख्या ह्वात्तै बढेको छ । तिनै आतङ्क रोक्न कसैले पहल गरेका छैनन् । गाउँमा असल मानिसले मेहनत गरेर प्रगति गरेको देखेमा कुरा काट्ने र पहिला देखि ठगेर खान पल्केका अवसरवादीहरुको बाहुल्यता नै छ । “सहरको तुलनामा गाउँमा विकास हुन धेरै समय लाग्ने र मेहनतको फलको ग्यारेण्टी नदेखेर नै मानिसहरु शहर पसेका छन् । सम्बन्धित निकायहरुले वेलैमा ध्यान दिएर स्वर्गजस्तो सुन्दर रामेछापलाई जोगाउन सवैको पहल आवश्यक छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend